बेलायतमा सोल अफ द कमाण्डो

लन्डन । बेलायतमा खेलाडी राजकुमार राई अभिनित फिल्म ‘सोल अफ द कमाण्डो’ को प्रिमियर शो बेलायतमा हुने भएको छ । निमार्ण पक्षका अनुसार यही शनिबार बेलायतको अल्डसर्टस्थित प्रिसेन्स हलमा प्रिमियर शो हुन लागेकोे हो । फिल्मको पहिलो प्रिमियरपछि बेलायतकै विभिन्न मुख्य शहरहरुमा यसको प्रदर्शन गरिनेछ ।

त्यसै गरी २५ सेप्टेम्बरमा क्यानाडामा यस फिल्मको प्रदर्शन गरिनेछ । नेपालमा यो फिल्म सन् २०२३ मा मात्र प्रदर्शन हुनेछ । नेपालका विभिन्न स्थानका साथै विदेशी भूमिमा समेत छायांकन गरिएको चलचित्र एक्सन जनारामा निर्माण गरिएको छ ।

युवराज राई (वीरबहादुर) द्वारा निर्देशित यो फिल्म रवि थापा, धन लिम्बु र मिलन राईले निर्माण गरेका हुन । एक आर्मी संघर्षलाई फिल्मको कथावस्तु बनाइएको छ । फिल्मको प्रस्तुकर्ता विजया राई हुन् ।

फिल्ममा राजकुमार राई, कमला खापुङ लिम्बु, सेसुका राई, रवि थापा, मिलन राई, शिशिर वाङदेल, रुपेश झा, नरेन खडका, सर्मिला लिम्बु, सीमा राई, नरेन लिम्बु र पुर्ण लिम्बुले अभिनय गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 300 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

गाजा सम्झौता कायम रहने विषयमा ट्रम्प ‘विश्वस्त छैनन्’

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
रत्ननगर नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी