केन्यासँग नेपाल पराजित

काठमाडौं । केन्याले नेपाललाई पाँच टी २० आई सिरिजको दोस्रो टी २० आईमा १८ रनले पराजित गरेको छ । नेपालले यसअघि भएको पहिलो स्पर्धामा जित निकाल्न सफल भएको भए पनि दोस्रो खेलमा पराजित हुँदै पाँच टी २० को आई सिरिज १–१ को बराबरी भएको छ । पहिलो खेलमा भने नेपालले केन्यालाई ५ विकेटले हराएको थियो । जसका कारण पनि दोस्रो खेलमा नेपालले जित्ने अपेक्षा गरिएको थियो ।

शुक्रबार नैरोबीस्थित जिमखाना क्लब ग्राउन्डमा भएको खेलमा केन्याले पहिलो ब्याटिङ गरेको थियो । केन्याले नेपाललाई १ सय ३३ रनको लक्ष्य दिएको थियो । नेपाल १९ ओभरमा सबै विकेट गुमाउँदै १ सय १४ रनमा समेटिएको थियो । नेपालका लागि आरिफ सेखले सर्वाधिक रन जोडे । उनले २१ बलमा २ चौका र १ छक्काको मद्दतमा २५ रन जोडे ।

नेपालको ब्याटिङ चल्न सकेन । रोहितकुमार पौडेल र आदिल अन्सारीले २०÷२० रनको योगदान गरे । पवन सर्राफ १९ रनमा आउट भए । ओपनर सर्राफले २६ बल खेले । उनले ३ चौका प्रहार गरेका थिए । ओपनर आसिफ सेख भने ५ रनमा आउट भए । ज्ञानेन्द्र मल्ल १ रनमा आउट भएका थिए । उनले ४ बलको सामना गरेका थिए । सोमपाद कामीले २, कप्तान सन्दीप लामिछानेले ७, दिपेन्द्रसिंह ऐरीले ३ र अलराउन्डर करण केसीले ६ रन जोडे ।

केन्याका इमानयुल बुन्डी, लुकास ओलुओच र भिरज पटेलले समान २ विकेट लिए । इगुइन ओचिइङ र नेहेमियाले समान १ विकेट लिए ।

पहिले ब्याटिङ गरेको केन्याका लागि राकेप पटेलले सर्वाधिक ३५ रन जोडे । निहिमी अडिहिम्बोले २९, इरफान करिमले २२ र सचिन भुदियाले १४ रन बनाएका थिए । त्यसबाहेक अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । कप्तान सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले समान ३ विकेट लिएका थिए ।

केन्या र नेपालबीचको खेल तालिका
तेस्रो टी २० आई खेल– भदौ १२ (अगस्ट २८)
चौथो टी २० आई खेल– भदौ १३ ( अगष्ट २९)
पाँचौं टि२० आई खेल – भदौ १४ (अगस्ट ३०)

तीन एकदिवसीय अभ्यास खेल
पहिलो खेल– भदौ १७ (सप्टेम्बर २)
दोस्रो खेल– भदौ १८ (सप्टेम्बर ३)
तेस्रो खेल– भदौ २० (सप्टेम्बर ५)

तपाइको प्रतिक्रिया
(Visited 300 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
बुटवल उपमहानगरपालिका : एमालेलाई विरासतको चिन्ता, कांग्रेस किल्ला तोड्ने दाउमा