काठमाडौंमा माओवादीको अवस्था नाजुक : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काठमाडौं उपत्यकामा पार्टीको अवस्था नाजुक रहेको बताएका छन् । 

माओवादी उपत्यका विशेष प्रदेश समितिको वैचारिक–राजनीतिक प्रशिक्षण तथा निर्वाचनसम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले काठमाडौं उपत्यकामा नाजुक अवस्था रहे पनि अन्यत्र राम्रो रहेको दाबी गरेका हुन् । 

तराई मधेशमा पार्टी र जनतालाई युनिफाइड गर्न सके माओवादीको पक्षमा जनमत आउने दाबी गरेका प्रचण्डले पहाडमा निकै राम्रो रहेको दावी गरे । 

बागमती प्रदेशमा पनि राम्रो रहे पनि काठमाडौं उपत्यकामा भने निकै नाजुक रहेको प्रचण्डले बताए । बागमतीमा कम्युनिष्ट आन्दोलनमा माओवादी पहिलो नम्बर र एमाले तेस्रो नम्बरमा रहेको बताउँदै प्रचण्डले माओवादीभन्दा अलि कति बढी बागमतीमा कांग्रेसको राम्रो रहेको बताए । 

तपाइको प्रतिक्रिया
(Visited 411 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

श्रेणीविहीन कर्मचारीहरुको जागिरको ग्यारेन्टी गर्नुपर्ने प्रभु साहको माग

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मेयरकी उम्मेदवार सिर्जना सिंहलाई प्रश्न : नेताको श्रीमती भएर सहजै टिकट पाउनुभएको हो ?