‘सुपर डान्सर नेपाल’ मा बलिउड अभिनेता गोविन्दा

काठमाडौं । बलिउड अभिनेता गोविन्दा र उनकी पत्नी सुनिता अहुजा नेपाल आएका छन् । नेपाली रियालिटी शो ‘सुपर डान्सर नेपाल’ को ग्राण्ड प्रिमियरमा अतिथिको रूपमा सहभागी हुन उनीहरू नेपाल आएका हुन् ।

गत आइतबार राजधानीमा ’मिट एण्ड ग्रिट विथ गोविन्दा’ कार्यक्रम आयोजना गरी शोको आगामी योजना’bout जानकारी दिइएको थियो । उक्त कार्यक्रममा गोविन्दा र उनकी पत्नी सुनिताले शोलाई लिएर उत्साहित रहेको बताए ।

’नेपालको उत्कृष्ट शोमा उपस्थित हुन पाउँदा एकदमै खुसी छु । नेपाली ज्वाइँको उपमा पाउँदा म सधैं गर्व महसुस गर्छु,’ उनले भने ।त्यस्तै, सुनिताले पनि आफू नेपाली नारीको रूपमा परिचित हुन पाउँदा गर्व महसुस गर्ने बताइन् ।

भूषण दाहालले निर्देशन गरेको उक्त एपिसोड यसै साता प्रसारण हुनेछ । कान्तिपुर टेलिभिजन एचडी र ओएसआर रियालिटी युट्युबमार्फत् यो शो हरेक हप्ता बिहीबार र शुक्रबार प्रसारण भइरहेको छ ।

चारदेखि १४ वर्ष उमेर समूहका बालबालिकाबीच प्रतिस्पर्धा हुने यो रियालिटी शोको निर्णायकमा कलाकार भुवन केसी, जसिता गुरूङ र सुरेन्द्र राई छन् ।

तपाइको प्रतिक्रिया
(Visited 345 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सुदूरपश्चिममा एकीकृत समाजवादीलाई मुख्यमन्त्री !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
रोल्पामा चार पार्टीबीचको झडपमा कांग्रेस उम्मेदवार घाइते