काठमाडौं । गायिका सुमिता राईले आफ्नो दोश्रो गीतिसंग्रह ‘नयना’ श्रोतामाँझ ल्याएकी छिन् । उनको यो गीतिसंग्रहको काठमाडौंमा एक समारोहबीच कलाकार तथा पाइलट विजय लामा, चलचित्र बिकाश बोर्डका पुर्व अध्यक्ष राजकुमार राई, गायक उदय सोताङ, चलचित्र निर्देशक मिलन चाम्स, निर्माता ज्योतिराज राईलगायतले संयुक्त बिमोचन गरेका छन् ।
यो संग्रहमा समेटिएको गीत ‘यो पल’ को भिडियो पनि बिमोचन समारोहमा सार्वजनिक गरियो । यस गीतको शब्द तथा संगीत उदय सोताङको रहेको छ, भने कृष्ण लिम्बुको एरेञ्ज रहेको छ । यो म्युजिक भिडियोलाई चर्चित निर्देशक मिलनले निर्देशन गरेका हुन् । यो म्युजिक भिडियोमा गायिका स्वयंम सुमिता, खरुन राई र नयना राईले अभिनय रहेको छ ।
गायिका सुमितालेपनि कार्यक्रममा बोल्दै एल्बमको नाम आफ्नै छोरीको नामबाट राखेको जनाईन् । एल्बममा समावेश सबै गीतहरु पारिवारिक माया, प्रेमकै ’boutमा रहेको पनि सुमिताले बताइन् ।
निर्देशक मिलनले कार्यक्रममा बोल्दै पछिल्लो समय एकल गीति ल्याउने गरिएकोमा सुमिताले गीतिसंग्रह नै तयार पारेर ल्याउनु सुखद कुरा भएको बताए । सँग्रहका गीतहरु कर्णप्रिय भएको उनको कथन थियो ।
अभिनेता तथा पाईलट बिजय लामाले पनि सुमिताले गायनमा निकै मेहनत गरेको र मेहनत अनुसारको गीत राम्रो भएको बताए । निर्माता राजकुमार राईलगायतले सुमिताको गायनको कार्यक्रममा चर्चा गरे ।
५ गीत समावेश एल्बममा ‘यो पल’, ‘फुल झै’, ‘फिका फिका’ र सुख खुशी बोलको गीतहरु रहेका छन् । उनलाई केही गीतमा प्रमोद खरेल, रुक्मान लिम्बु र बाल गायिका मिन्छाम्मा राईले साथ दिएका छन् । एल्बममा उदय सोताङ, तारा प्रकाश लिम्बु, गंगाराज राई र खरुन राईको संगीत रहेको छ भने उदय, मुकेश राई, हेमकला किराती र कुमार इश्बोको शब्द रहेको छ ।