गगन थापा भन्छन्- काठमाडौं ४ बाटै चुनाव लड्छु

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफू काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ बाटै चुनाव लड्ने बताएका छन् ।

आफ्नो नामबाट कास्की क्षेत्र नम्बर १ मा आवेदन परेपछि महामन्त्री थापाले आफूले काठमाडौं क्षेत्र नम्बर ४ बाटै चुनाव लड्ने प्रस्टोक्ति दिएका हुन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कास्की क्षेत्र नम्बर १ मा पार्टीका साथीहरूले स्नेहपूर्वक चाहना राखेर प्रतिनिधि सभा सदस्य उम्मेदवारका लागि मेरो पनि नाम प्रस्तुत गर्नुभएकोमा त्यो सद्भावका लागि धन्यवाद ! मैले काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ बाट नै मेरो उम्मेदवारीको तयारी गरिरहेको छु र स्वाभाविक रूपमा म उम्मेदवार हुने यहीँबाट हो ।’

आज दिउँसो कांग्रेस कास्की १ क्षेत्रीय समितिको बैठकमा थापालाई उम्मेदवार बनाउन प्रस्ताव गरिएको हो ।


तपाइको प्रतिक्रिया
(Visited 301 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सर्वोच्च अदालतबाट कुलमानले पाएनन् अन्तरिम आदेश

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
७०५ पालिकाको मतगणना सकियो, कुन दलले कति जिते ?