रहिनन विश्व चर्चित दक्षिण अफ्रिकाकी अभिनेत्री चार्लबी

लस एन्जलस । हलिउडमा समेत चर्चा कमाएकी दक्षिण अफ्रिकी अभिनेत्री चार्ल्बी डीनको ३२ वर्षको उमेरमा मँगलबार निधन भएको छ ।, उनले ओस्कार अवार्ड विजेता फिल्म ट्राइएंगल अफ सडनेस, टिभि शृंखला ब्ल्याक लाइटनिङ लगायत विभिन्न फिल्ममा अभिनय गरेकी छन् ।

ट्राइङ्गल अफ सडनेसमा वुडी ह्यारेल्सनसँग अभिनय गरेर विश्वभरका दर्शकको मन जित्ने अभिनेत्रीले यस वर्षको कान्स फिल्म फेस्टिभलको शीर्ष अवार्ड पाल्मे डी’ओर पनि जितेकी छन् ।

उनी डिसी कमिक्स क्यारेक्टरहरूमा आधारित ब्ल्याक लाइटनिंगमा साइनाइडको रूपमा प्रस्तुत भएकी थिईन् । यी अभिनेत्रीको मृत्यु पछि, उनका प्रतिनिधिहरूले उनको अचानक अप्रत्याशित रोगका कारण अस्पतालमा मृत्यु भएको बताएका छन् । उनको मृत्यु पीडादायी भएको उनीहरुले बताएका छन् ।

अभिनेत्री डीन लेखक र निर्देशक रुबेन ओस्टलन्डको टिभि शृंखला ट्राइङ्गल अफ सडनेसमा यायाको रूपमा प्रसिद्ध भइन्। यो कथा एक मोडल जोडीको थियो जसको प्रेमी आधा उचाइको छ ।

उनको निधनले दक्षिण अफ्रिकी फिल्म उधोग यतिबेला शोकमा छ । उनका साथी तगा चलचित्र समीक्षक रोबर्ट डेनियलले ट्वीट गर्दै उनको निधनको समाचार विश्व सिनेमा उधोगकै लागि धेरै दुखद भएको बताएका छन्, ‘ निकै उचाई चुमेकी चार्ल्बी डीन ठूलो सफलताको शिखरमा थिईन् । उनको करियर निकै माथि जाने कुराले म उत्सुक थिएँ।’ तर उनको निधनको खबरले अहिले स्तव्ध भएको उनले बताएका छन् ।

अर्को चलचित्र समीक्षक गाय लजले चार्ल्बी डीनको मृत्युलाई सिने उधोगका लागि ठूलो धक्काको रुपमा उल्लेख गर्दै लेखेका छन्, ‘उनी एक सफर र धेरै मेहनती कलाकार थिइन्, जसले डेडप्यान र अन्तर्राष्ट्रिय परिदृश्यमा नयाँ दक्षिण अफ्रिकी स्टरको रुपमा आफुलाई उभ्याएकी थिईन् ।’

तपाइको प्रतिक्रिया
(Visited 315 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

९ वैशाख २०८२

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भरतपुरमा गठबन्धनका उम्मेदवार जीत नजिक