सरकारबाट उपेक्षित दाँत तथा मुखको उपचार

हाँस्न र बोल्नसमेत सङ्कोच भएको भन्दै ज्येष्ठ नागरिकलाई निःशुल्क दाँत उपहार भन्दै विभिन्न पालिकाहरूले नीति तथा कार्यक्रम चलाए । काभ्रेको पाँचखाल नगरपालिका र ताप्लेजुङको पाथीभरा गाउँपालिका यस्ता केही प्रतिनिधि पालिका हुन् । गत वर्ष पनि विभागले दाँतको महत्व बुझाउँदै अति दुर्गमका वञ्चित ज्येष्ठ नागरिकलाई लक्षित गर्दै दुई शिविर सम्पन्न गरेको छ र १० हजार बढीमा जनचेतना तथा ३ सय बढीलाई कृत्रिम दाँत उपहार दिएको छ । जनचेतनाका कार्यक्रमहरू त्यति प्रभावकारी र पहँुचमा पुग्न सकेका छैनन् र बिरामी बढिरहेका छन् ।

विश्व स्वास्थ्य संगठनको ७४औं महासभामा मुख स्वास्थ्यसम्बन्धी ऐतिहासिक सङ्कल्प पारित गरेको छ । सङ्कल्पमा सदस्य राष्ट्रहरूलाई मुखका रोग र अन्य नसर्ने रोगहरूका कारक तŒवहरू जस्तैः चिनीको उच्च प्रयोग, सुर्तीजन्य पदार्थको उपयोग, मध्यपानलाई कम गर्नतिर लाग्न अनुरोध गरेको छ । त्यस्तै, स्वास्थ्यकर्मीहरूको क्षमता अभिवृद्धिमा ध्यान दिन, परम्परागत उपचारात्मक पद्धतिभन्दा रोकथामका उपायहरू अवलम्बन गर्न पैरवी गरेको छ । परिवार, काम गर्ने ठाउँ, विद्यालयजस्ता स्थानहरूमा मुख स्वास्थ्य प्रवद्र्धन गर्न जोड दिन, प्राथमिक स्वास्थ्य उपचार केन्द्रहरूसम्म मुख स्वास्थ्यको उपचार समयमै सम्पूर्ण रूपमा गर्न समतामूलक रूपमा व्यवस्था गर्न पनि अनुरोध गरेको छ ।

स्वास्थ्य क्षेत्रमा क्रान्ति नै ल्याएका आधारभूत अस्पतालमा दाँतको उपचार सेवा अटाउन सकेको छैन
दाँतको समस्याले मुख खोल्न नसक्ने, पिनास हुने, ट्युमर हुने, क्यान्सर हुने तथा दन्त अपांगता वा थोते भएको देखिन्छ


रोग र प्रकोपता

विश्व स्वास्थ्य संगठनले जारी गरेको अन्तर्राष्ट्रिय विज्ञप्तिअनुसार विश्वका ६.८ अर्ब जनसंख्यामध्ये ६ अर्ब दाँतको रोगबाट पीडित छन् । विश्वका अधिकांश मुलुकमा विशेषगरी स्कुल जाने उमेरका बालबालिका ९० प्रतिशत दन्तरोगी छन् । गाउँघरमा गिजासम्बन्धी रोग, त्यसपछि दाँत खिइने रोग, प्रमुख रूपा देखापर्छ भने सहरबजारमा दाँत किराले खाने त्यसपछि मुखमा नराम्रा खैरा, सेता वा राता दाग, धब्बा र पत्र पर्छन् ।

तर, दन्त स्वास्थ्यका प्रमुख रोगहरूको कुरा गर्नुपर्दा दन्त सड्न, दन्त हर्षा, पाइरिया, दाँत सिरिङ सिरिङ गर्ने, सास गन्हाउने, गिजाबाट रगत आउने, बेरंगी दाँत, नमिलेका दाँत, मुखमा घाउ खटिरा र मुखमा विभिन्न रंग तथा प्रकारका दाग, धब्बा वा पत्र देखा पर्नुका साथै यी सामान्य रोगबाट उत्पन्न भएका जटिलता गाला वा चिउ“डो सुन्निएको, मुख खोल्न नसकेको, पिनास भएको, ट्युमर भएको, क्यान्सर भएको तथा दन्त अपांग वा थोते भएको पनि त्यतिकै भेटिन्छन् । प्रकोपको कुरा गर्दा दन्त सड्नको उपचार एकैपटक गर्न खोजियो भने अहिलेको नेपालको वार्षिक बजेटको १० गुणा लाग्न सक्ने अनुमान छ ।
महत्व

दाँतको मुख्य कार्य भोजनलाई चपाएर, टुक्राएर पचाउन योग्य बनाउने भनिए पनि रोगी दाँतले राम्ररी चपाउन नसकेका कारण भोजन पच्न गाह्रो भई त्यसको प्रभाव सोझै स्वास्थ्यमा पर्छ । विकारयुक्त दाँत तथा गिजाप्रति लापरबाही गरिँदा विकार सिधै पेटमा पुगेर रगतमा मिसिन्छ । शरीरमा विभिन्न रोगहरू कोलिसिस्टाइटिस, जोर्नी र हड्डीका विभिन्न रोग, रक्तचाप, रक्तअल्पता, फोक्सोको रोग, झाडापखाला वा कब्जियत, पेट र गला सुन्निने, पेटको अल्सर, आ“खाको रोग, ब्लाडर, मिर्गाैला, फोक्सो, मुटु र दिमागजस्ताका रोग, सब एक्युट ब्याक्टेरियल इन्डोकार्डाटिस, हर्ट एटेक, हृदयाघात, मस्तिष्कघात तथा मधुमेह हुन सक्छ । गर्भवती महिलामा यस्ता भए यसको सोझो प्रभाव गर्भस्थ शिशु तथा प्रसव समय र प्रक्रियामा पर्छ ।

मुख एक सानो अंग भए पनि मानव अस्तित्वका लागि मुखले ज्यादै महŒवपूर्ण भूमिका निर्वाह गर्छ । साथै, शरीरको कुनै पनि अंग प्रत्यंग, कोषलाई आवश्यक पर्ने पौष्टिक तत्व, खाना वा नास्ताका रूपमा मुखबाट नै लिइने भएकोले नै मुखलाई शरीरको प्रवेशद्वार भन्ने गरिन्छ । मुखको समस्याको उचित निदान र उपचारले शरीरका अन्य प्रणालीका रोग, स्वास्थ्यलाई समेत निदान, निराकरण र उपचार हुने गर्छ ।
समयमै ध्यान नदिँदा दाँत तथा मुखका सामान्य रोगहरू तथा समस्याले पनि धेरै जटिलता उत्पन्न गरी अंगभंग हुनुका साथै मृत्युवरण गर्नुपर्ने पनि हुन सक्छ । जति समय ढिलो भयो, त्यति नै उपचारको प्रक्रिया लामो हुने, जटिल हुने, निर्मूल गर्न नसकिने हुनुका साथै महँगो पनि पर्न जान्छ ।

मुख स्वास्थ्य नीति

पहिलो मुख स्वास्थ्य नीति २०६० मा फोकल प्वाइन्ट स्थापना, नेपाल दन्तचिकित्सक संघको सहयोगमा नियमित मुख स्वास्थ्य सर्भे, नुन र दन्तमञ्जनमा फलोराइड, डेन्टल काउन्सिल बनाउने, डेन्टल सर्जन राख्ने, प्राथमिक स्वास्थ्य कार्यकतालाई तालिम र विद्यालय पाठयक्रममा समावेश गर्दै मुख स्वास्थ्य प्रर्वद्धन गर्ने थियो । हाल नेपालमा वार्षिक करिब ६५० स्नातक दन्त चिकित्सकहरू देश र विदेशवाट उत्पादन भइरहेका छन् । उच्च शिक्षा अध्ययन संस्थानहरूबाट करिब ६० जनाले दन्त चिकित्साका विभिन्न क्षेत्रहरूमा स्नातकोत्तर शिक्षा हासिल गर्छन् ।

सोबाहेक प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम केन्द्रबाट सञ्चालित संस्थाहरूबाट दन्त सहायकहरू तयार हुन्छन् । दन्त चिकित्सासम्बन्धी जनशक्ति बढ्दै गए पनि देशभित्रको वितरण असन्तुलित छ । धेरैजसो नेपालीहरूका लागि मुखसम्बन्धी रोगको उपचार महँगो पर्ने गरेको छ । आधारभूत स्वास्थ्य सेवा बिमामा मुख स्वास्थ्य बिमाको कुनै पनि व्यवस्था नरहेको अवस्था छ ।

सेवा र जनचेतनाको पहुँचको विस्तार गर्न नयाँ मुख स्वास्थ्य नीति २०७१ सालमा आएको छ । मुख स्वास्थ्य नीति २०७१ ले मुख स्वास्थ्यको प्रवद्र्धन तथा रोगहरूको नियन्त्रण गर्ने, मुख स्वास्थ्यसम्बन्धी सेवामा सबैको पहँुच सुनिश्चित गर्ने, निरन्तर निगरानी, अनुगमन तथा मूल्यांकन र अनुसन्धानलाई प्राथमिकता दिने, स्वास्थ्य नीति तथा प्रणालीमा मुख स्वास्थ्यलाई प्राथमिकीकरण गर्ने, मुख स्वास्थ्यको विकासका लागि अन्य क्षेत्रहरूसँग साझेदारी गर्ने र स्वास्थ्य प्रणालीको सुदृढीकरण गर्ने उद्देश्य लिएको छ ।

देशमा संघीयता आएसँगै र हरेक विद्याको नीति नबनाउने भन्ने प्रधानमन्त्री कार्यालयको निर्देशनपश्चात् नीति २०७१ लाई नै अनुसरण तथा स्वास्थ्य नीति २०७५ लाई मार्गनिर्देशन मान्दै सरकारका कामहरू भइरहेका छन् जस्तो लाग्छ । आँखा, नाक, कान, घाटी तथा मुख स्वास्थ्य शाखा उपचारात्मक सेवा महाशाखामा २०७५ साउनदेखि स्थापना भएको छ र ४ आवमा आप्mनै वार्षिक कार्यक्रम बनाएको छ ।
त्यसो त, नेपालको संविधान २०७२ को भाग ३ मा रहेको मौलिक हक र कर्तव्यमा धारा ३५ मा स्वास्थ्यसम्बन्धी हक उल्लेख छ । उपधारा १ मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिनेछैन । उपधारा ३ मा प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहु“चको हक हुनेछ । राष्ट्रिय स्वास्थ्य नीति २०७६ को बँुदा ६.१७ मा मानसिक स्वास्थ्य, मुख, आ“खा, नाक, कानलगायत अन्य विशिष्टीकृत स्वास्थ्य सेवालाई सबै तहमा विकास तथा विस्तार गरिनेछ र ६.१७.३ मा मुख स्वास्थ्य तथा दन्त सेवासम्बन्धी रोगहरूको नियन्त्रण तथा उपचार सेवालाई आधारभूत स्वास्थ्य सेवा केन्द्रलगायत सबै तहमा विकास तथा विस्तार गरिनेछ भन्ने उल्लेख छ ।

रोकथाम

रोग लागिसकेपछि रोगको उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु अति उत्तम तथा उचित हुन्छ । आत्महत्या गर्नसक्नेसम्मको दुखाइबाट मुक्त रहन, महँगो उपचारबाट राहत पाउन, मुखको रोेगका कारणबाट शरीरका प्रणालीमा लाग्नसक्ने विभिन्न रोगबाट ग्रसित नहुन प्रणालीमा भएका रोगलाई निको पार्न, साथै औषधीको आवश्यकता कम गर्नलगायत दाँत तथा मुखका अंगप्रत्यंगलाई अंगभंग हुनबाट जोगाउनका अतिरिक्त ‘स्वस्थ दाँत, स्वच्छ मुख नै स्वस्थ जीवनको आधार हो’ भन्ने उखानलाई चरितार्थ पार्न दाँत एवं मुखको सरसफाइ, खानेकुरामा नियन्त्रण र नियमित रूपमा दन्त परीक्षण गराउनुपर्छ ।

अन्तमा, दर्तावाल ४ हजार बढी दन्तचिकित्सक रहेको देशको सरकारी सेवामा ७ दर्जन पनि छैनन् भने २ हजार बढी डेन्टल हाइजिनिस्टमा ११ जना मात्र छन् । विश्व स्वास्थ्य संगठनले हरेक ७ हजार ५ सय जनसंख्यामा एक दन्त चिकित्सक रहनुपर्ने बताएको छ । स्वास्थ्यमा क्रान्ति भन्दै ल्याएको नयाँ आधारभूत ५, १० र १५ शैयाका अस्पतालमा जहाँ १५ देखि २५ हजार जनसंख्या छन्, त्यहाँ दाँतको उपचार सेवा अर्थात् डेन्टल सर्जन अटाउन सकेन । आधारभूत तथा आकस्मिक सेवाको प्याकेजमा समेत रहेको मुख स्वास्थ्य सेवा पाउन पनि नागरिक जिल्ला सदरमुकाम नै पुग्नपर्ने भएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 309 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

श्रेणीविहीन कर्मचारीहरुको जागिरको ग्यारेन्टी गर्नुपर्ने प्रभु साहको माग

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
दुई पार्टीकाे टिकट पाएपछि डोल्पाको शे फोक्सुण्डो गाउँपालिका अध्यक्ष धावा सन्दु गुरुङ निर्विराेध