युवा नेतृत्व छनौटमा नेकपा एमाले, सुनसरीबाट कार्की सिफारिस

इटहरी । आसन्न मंसिर ४ को संघीय तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि एमालेले सुनसरीको क्षेत्र नं. ३ (क) बाट सञ्चार उद्यमी, सामा जिक अभियन्ता विष्णु (समिर) कार्कीको नाम सिफारिस भएको छ ।

त्यसो त सिनेमाको अध्ययन गरेर हिरो बन्ने सोख पालेका कार्की सानै उमेरदेखि सामाजिक अभियान अन्तर्गत युवा लक्षित एरिना टेलिभिजनमार्फत सञ्चार क्षेत्रमा हाम फालेको हुन् । उनले त्यसबेला कान्छो युवा सञ्चार उद्यमीको नामले परिचित पनि भएका हुन् ।
युवाहरुको नेतृत्व विकास, प्रतिभा प्रस्फुटनमा समेत उत्तिकै योगदान दिँदै आएका कार्की राजधानी सरोकार समाजका सहसंयोजक भएर इटहरीमा प्रदेशको राजधानी बनाउने अभियानमा पनि जुटेका हुन् ।

कार्कीले शिक्षा क्षेत्रको विकासमा उत्तिकै चनाखो हुँदै सञ्चारकै क्षेत्रबाट विभिन्न गतिविधि गर्दै आएका छन् । प्रतिभा बाकेका तर प्लेटफर्म नपाएका विभिन्न विद्यालयका नानीहरुको प्रतिभा जनमानसमा ल्याउन टेलिभिजनको स्टेज उपलब्ध गराउनेदेखि रियालिटी शोमार्फत उनीहरुको प्रतिभा प्रस्फुटनमा योगदान पु¥याएका हुन् । खेलकुदको क्षेत्रमा समेत महत्वपूर्ण योगदान दिँदै इटहरी खेलकुद फाउण्डेशनको माध्यमबाट योगदान दिँदै आएका हुन् । रात्रिकालिन क्रिकेट र फुटबल प्रतियोगिताको आयोजना गरेर सुनसरीमा छुट्टै पहिचान कायम गरेका व्यक्तित्व हुन् । सो सिफारिसमा लिलम बस्नेत र रोहित बहादुर कार्कीलाई समेत सिफारिस गरिएको संयोजक उमेश पौडेलले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 242 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यो गठबन्धन कति दिन टिक्छ भन्ने टुङ्गो छैन: अध्यक्ष नेपाल

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
दैलेखकाे आठविसमा एमालेका बडुवाल र थापा निर्वाचित