Monday, July 26, 2021
Homeप्रदेशअध्यक्षको राजीनामा माग गदै, नवदुर्गा सामुदायिक वनको भवनमा ताला

अध्यक्षको राजीनामा माग गदै, नवदुर्गा सामुदायिक वनको भवनमा ताला

,
sharethis

तुलसीपुर।  वन समुहका अध्यक्षको राजीनामाको माग गर्दै उपभोक्ताहरुले नवदुर्गा सामुदायिक वन समुहको भवनमा ताला लगाएका छन् ।
उपभोक्ता समितिले सामुदायिक वनको कार्ययोजना र विधान विपरित आफुखुशी वन पैदावार वितरण गरेको भन्दै आक्रोशित भएका उपभोक्ताले अध्यक्षसहित सबै कार्यसमितिले राजीनामा नदिएसम्म आफुहरुको आन्दोलन नरोकिने बताएका छन् ।

सामुदायिक वनको ‘क’ पल्टको १७ हेक्टर क्षेत्रफलमा झाडीसफाई गर्दा निस्कीएका बलाबली र दाउरा बितरणमा एकरुपता नभएपछि विवाद उत्पन्न भएको हो ।
उपभोक्ता भन्दा बाहिरकालाई दाउरा दिएको, उपभोक्तालाई २/४ भारी दाउरा दिएर आफुहरुले एक/एक ट्याक्टरमा लगेको, अनियमित वितरण प्रणालकिो विरोध गर्दा उल्टै अध्यक्षले धम्की दिएको उनिहरुको आरोप छ ।
समितिले वनकट्टा, खर्चवा, तुलसीपुरका केहि होटेल र डुम्रीगाउँमा नेताको घरमा समेत ट्याक्टरबाट दाउरा पु¥याएको उपभोक्ता पार्ववती टमटाले बताइन ।

कच्चि घर भएका उपभोक्तालाई डाँडाभाटामा काम लाग्ने बलाबली दिनुका सट्टा पक्की घर भएका समितिले नै आफै बलाबली लगेर उपभोक्तालाई मसिना र छोटा काठदाउरा दिएको टमटाको आरोप छ ।
‘बाहिरको मान्छेले वन संरक्षण गर्छकी उपभोक्ताले ?’ प्रश्न गर्दै उपभोक्ता लक्ष्मी परियारले भनिन–‘मनलाग्दी गर्नेलाई कारबाही गर्नैपर्छ ।’

जथाभावी काम नगर्न भन्दै अनुरोध गर्दा अध्यक्षले प्रहरी र जिल्ला वनमा गएर मुद्दा हालेर देखाउन धम्की दिएको उभपोक्ता बालकुमारी भण्डारीले गुनोसो गरिन् ।

२३ सदस्य समिति गठन

आन्दोलित उपभोक्ताले दिलबहादुर रोकायको संयोजकतत्वमा २३ सदस्य संघर्ष समिति समेत गठन गरेको छ । संघर्ष समितिले पहिलो सर्तका रुपमा अध्यक्षको राजीनामापछि मात्रै सामुदायिक भवनमा लागेको ताला खोल्ने र त्यसपछि वार्तामा वस्ने अडान अघि सारेको छ । उपभोक्ताले बुधबारदेखि वन समूहको कार्यालय घेराउ गर्दै समितिलाई खोज्न थालेपछि समितिको भागाभाग भएको रोकायले बताए ।

यसैविच प्रहरीले पनि संभावित घटना हुन नदिन बुधबारदेखिनै सुरक्षा दिन थालेको छ । आक्रोशित उपभोक्ताले बेलुवा प्रहरी चौंकीबाट खटेको प्रहरीलाई समेत कार्यसमितिको पक्षपोषण गरेको भन्दै ¥याख¥याखति पारेका थिए ।
यता नव दुर्गा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष केशव सापकोटोले दाउरा वितरणमा केहि तलमाथि भएको हुनसक्ने भन्दै उपभोक्तालाई विभेद नगरेको बताए ।

वन समितिले उपभोक्ता भन्दा बाहिर दाउरा नदिएको बताउदै अध्यक्ष सापकोटाले उपभोक्तालाई दिएको दाउरा बाहिर पुगेको हुन सक्ने आसंका गरे । ‘मैले रसिद काटेर दाउरा लगेको छु ’ अध्यक्ष सापकोटाले भने–‘ आफनै परिवार भित्रका २÷४ जनाको लग्दा अलि धैरै देखिएको हो ।’
अध्यक्ष सापकोटाको अध्यक्षतामा गएको माघ २१ गते सामुदायिक वन समूहको नयाँ नेतृत्व चयन भएको थियो ।

(Visited 105 times, 1 visits today)
Loading comments...

आजको समाचार

जसपा विवादः महन्थको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले महन्थ ठाकुर पक्षले दिएको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । पार्टीभित्रको विवाद निरुपणका लागि निर्वाचन आयोगले थालेको ‘हेडकाउन्ट’...

कमजोर नबनून् राजनीतिक दलहरू !

नेपालको संविधान २०७२ को प्रस्तावनामामुलुकले ‘जनताको प्रतिष्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली’अँगाल्ने कुरा उल्लेख गरिएको छ । बहुदलीय प्रतिष्पर्धात्मक राज्य व्यवस्थामा आवधिक निर्वाचनको महŒवपूर्ण भूमिका...

जसपा आधिकारिकता विवादको टुंगो आज

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) आधिकारिताबारे निर्वाचन आयोगले आज (सोमबार) निर्णय गर्दै छ । आयोगको निर्णय आउन निश्चित भएसँगै जसपा अध्यक्षद्वय उपेन्द्र यादव...

को हुन नवनियुक्त स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा उमेश श्रेष्ठ नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीेले श्रेष्ठलाई आइतबार राज्यमन्त्रीमा नियुक्त गरेकी...

साताका लोकप्रिय समाचार

प्रदेश लोकसेवा आयोगका चुनौतीहरू

सार्वजनिक प्रशासनमा योग्य कर्मचारीको निष्पक्ष छनोटको भूमिका गहन र अहं रहेको हुन्छ । सरकारी निकायमा कर्मचारी भर्ना मनोमानीढंग (स्पोइल सिस्टम, लुटतन्त्र)मा र विधिसम्मत गरी...

नेपालको कृषि क्षेत्रमा नयाँ प्रयोग : अब धानखेतीभित्रै हाँसको बथान

काठमाडौं । राष्ट्रिय खाद्य बैंक लिमिटेडले नेपालमै पहिलोपटक व्यावसायिक रूपमा ‘राइस डक फार्मिङ’को सुरुवात गरेको छ । यो फार्मिङ भनेको धानको खेतीभित्र लोकल हाँसको उत्पादन...

महिला टिमको बन्द प्रशिक्षण सुरु

काठमाडौं । एएफसी महिला एसियन कप–२०२२ छनोटका लागि नेपाली राष्ट्रिय महिला फुटबल टिमको प्रारम्भिक बन्द प्रशिक्षण सुरु भएको छ । अखिल नेपाल फुटबल संघ...

फेरि निषेधाज्ञा होला त ?

काठमाडौं । देशभर कोरोना संक्रमणदर स्थिर हुँदा पुनः संक्रमणदर घटाउन बन्दाबन्दी हुन सक्ने आँकलन थालिएको छ । अहिले नेपालमा संक्रमणदर १९.३ प्रतिशत रहेको छ...

४७ करोडको गोलभेंडा आयात

  काठमाडौं । गत आर्थिक वर्ष २०७७/७८ मा मुलुकको आयात –निर्यात दुवै बढेको छ । गएको वर्षमा झन्डै साढे १५ खर्बको वस्तु तथा सेवा आयात...

ट्रेन्डिङ

भारतसँग सीमा जोडिएका ५ नाका बन्द, पाँचमा हेल्थ डेस्क

बैतडी । कोभिड–१९ को सङ्क्रमण भित्रिन नदिन भारतसँग सीमा जोडिएका यहाँका पाँच नाका बन्द गरिएका छन् । पञ्चेश्वर, शिवनाथ गाउँपालिका र दशरथचन्द नगरपालिकाका विभिन्न...

धर्मले रोकेन यी अभिनेता र अभिनेत्रीको विवाह

मुम्बई । यतिबेला भारतको राजधानी दिल्लीमा साम्प्रदायिक दंगा फैलिरहेको छ । यो दंगालाई रोक्न र सहिष्णुताका लागि जताततैबाट पहल भइरहेको छ । यसैक्रममा...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 191 times, 1 visits today)