चेपाङ समुदायले मनाए न्वागी पर्व

चुरे/ मकवानपुर । चेपाङ समुदायले महान पर्वको रुपमा मनाउँदै आइएको न्वागी पर्व मनाइएको छ । चेपाङ समुदायको प्रमुख धार्मिक पर्वको रुपमा मनाइने छोनाम अर्थात न्वाँगी पर्व हरेक वर्ष भदौ २२ गते पर्दछ ।

आफ्नो जातीय पहिचान बोकेको यो पर्वमा सार्वजनिक बिदाको माग गर्दै आएका चेपाङ समुदायको आवाजलाई सम्मान गर्दै बागमती प्रदेश सरकारले बुधबार सार्जनिक बिदा दिएको थियो । बागमती प्रदेशको ३ जिल्लामा मात्रै लागु हुने गरी पहिलो पटक प्रदेश सरकारले बिदा दिएको हो । बिदा पाएको प्रति चेपाङ संघले खुसी प्रकट गरेको छ ।

नेपाल चेपाङ संघको माग अनुसार प्रदेश सरकारको मन्त्रिपरिषदले २०७८ चैत ९ गते प्रदेशको चेपाङ बाहुल्यता रहेको मकवानपुर, चितवन र धादिङमा प्रत्येक वर्षको भदौ २२ गते सार्वजनिक विदा दिने निर्णय गरेको थियो । यि ३ जिल्लामा सार्वजनिक बिदा दिइएको थियो ।

विगतको वर्षहरुमा झै चेपाङ संघले बुधबार चितवनमा सामूहिक रुपमा न्वाँगी पर्व मनाए । तत्कालीन संविधानसभाका सदस्य एवं नेपाल चेपाङ संघका पूर्वअध्यक्ष गोविन्दराम चेपाङले पर्व भव्य रुपमा मनाएको प्रतिक्रिया दिए । विगत ७ वर्षदेखि चेपाङ समुदायले चेपाङ संघको पहलमा सामूहिक रुपमा न्वाँगी मनाउँदै आएका छन् ।

प्रकृतिक पूजक चेपाङहरूले आफ्नो धर्म परिवर्तन गर्न थालेपछि न्वाँगी पर्व मनाउने क्रम क्रमशः लोप हुँदै गएकोले सामुहिक रुपमा पर्व मनाउँदै महत्वका विषयमा चर्चा गर्ने गरिएको छ । चेपाङ समुदायमा पितृलाई नचढाई र पूजा नगरी नयाँ फलफुल र अन्नपात खान हुँदैन भन्ने धार्मिक मान्यता छ । न्वाँगी पर्वका दिन घैया धानको चामल, पिँडालु, निबुवालगायत अन्न तथा फलफुल भूमि र पितृलाई चढाउने गरिन्छ ।

सामूहिक रुपमा भोजन गरेर, रातभर रमाइलो गरेर जागा बस्ने गरिन्छ । लोपोन्मुख चेपाङ जातिले भीरपाखाबाट कन्दमुल र फलफूलहरु संकलन गरेर छाक टार्ने गरेको भएपनि यस दिन मिठो खाने र रमाउने गरेको प्रदेश साँसद सन्त चेपाङले बताए । चेपाङहरूले नयाँ अन्न खाने दिनलाई छोनाम भन्ने पनि गर्छन् । छोनाम पर्व चेपाङ जातिको जीवनशैली र संस्कृतिसँग जोडिएको साँसद चेपाङले बताए । यस पर्वलाई चेपाङ समुदायले आफ्नो मौलिक भासामा “छोनाम” भन्छन् भने खस नेपाली भासामा न्वाँगी भनिन्छ ।

बागमती प्रदेशमा ६३ हजारको हाराहारीमा चेपाङको जनसंख्या रहेको छ । बागमती प्रदेश बाहेक गोरखालगायतको जिल्लाहरुमा पनि चेपाङको बसोबास रहेको छ । चेपाङ समुदायलाई संघीय सरकारले लोपोन्मुख प्रजातिको रुपमा सुचिकृत गरी सामाजिक सुरक्षाको व्यवस्था गर्दै आएको छ ।
आपसी भातृत्व र मित्रताको पर्वको रुपमा समेत लिइने पर्वमा चेपाङहरुले छरछिमेकी, नाताकुटुम्ब निम्तो गरेर सामूहिक भोज खाने, नाचगान गर्ने र सुखदुःख साट्ने गर्छन् । सांस्कृतिक रूपमा चेपाङ चेपुवामा परेको बताउँदै आएता पनि न्वागीपर्व विशेष महत्वका साथ मनाइएको मकवानपुरका चेपाङ अगुवा तथा पूर्व साभासद् पूर्व गोविन्दराम चेपाङले बताए ।

गाउँघरमा न्वागीका दिन चेपाङ झाँक्री (पान्दे) हरुले रातभर ढ्याङग्रो ठोकेर पितृ खुसी पार्ने गर्छन् । यो दिन न्वागी फलाक्ने झाँक्रीहरुका अलावा अन्य मानिसहरु भने सांस्कृतिक नाच र गीतहरु प्रस्तुत गर्ने गर्दछन् । यो दिन उनीहरुले कुखुराका बली समेत दिने गर्छन् । दिउँसोदेखि विशेष पूजा सुरु हुने र रातभर झाक्री (पान्दे) द्वारा पितृ पुजा रातभरि विहीबार बारना’ गरेर चाड समापन गरिदै छ ।

तपाइको प्रतिक्रिया
(Visited 446 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
रौतहटको दुर्गा भगवती गाउपालिकाको प्रमुखमा माओवादीका सिंह बिजयी