साफ यू-१७ मा आज नेपालले भारतको सामना गर्ने

काठमाडौं । साफ यु-१७ च्याम्पियनसिपअन्तर्गत समूहको दोस्रो तथा अन्तिम खेलमा भारत र नेपाल प्रतिस्पर्धा गर्दैछन् । एक खेलअघि नै दुवै टिम सेमिफाइनल पुगिसकेका छन् । खेल जित्ने टिम समूह ‘बी’ को विजेता हुनेछ । श्रीलंकाको कोलम्बोस्थित रेसकोर्स अन्तर्राष्ट्रिय स्टेडियममा हुने खेल नेपाली समयअनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ ।

समूह ‘बी’ मा रहेको नेपालले आफ्नो पहिलो खेलमा भुटानलाई २–१ ले निराश पार्दै एक खेलअगावै सेमिफाइनलमा स्थान बनाएको थियो ।

भारतको पनि एक खेलमा तीन अंक छ भने नेपालको पनि समान खेलमा तीन अंक छ । बराबरीको नतिजाले भने भारत समूह विजेता बन्नेछ । त्यसैले समूह विजेता बन्न नेपालका लागि जितको विकल्प छैन । नेपालसँगै भारत सेमिफाइनलमा बंगलादेशविरुद्धको भिडन्त टार्न चाहन्छन् ।

पहिलो खेलमा भारतसँग ३–० ले पराजित भुटान लगातारको दोस्रो हारपछि भने प्रतियोगिताबाट बाहिरिसकेको छ । समूह ‘ए’ बाट बंगलादेशले दुई खेलमा शतप्रतिशत नतिजा निकाल्दै समूह विजेताको रुपमा अन्तिम चारमा स्थान बनाइसकेको छ ।

समूह ‘ए’ को पहिलो खेलमा आयोजक श्रीलंकामाथि सहज जित निकालेको बंगलादेशले दोस्रो खेलमा माल्दिभ्सलाई फराकिलो अन्तरले हराएको थियो ।शुक्रबार नै श्रीलंका र माल्दिभ्सबीच खेल हुनेछ । जुन खेलले समूह ‘एु को उपविजेताको रुपमा सेमिफाइनल प्रवेश गर्ने टोलीको टुंगो लगाउने छ । नेपालसँगै भारत सेमिफाइनलमा बंगलादेशविरुद्धको भिडन्त टार्न चाहन्छन् ।

सन् २०१३, २०१७ र २०१९ मा गरी तीनपटक प्रतियोगिताको फाइनल प्रवेश गरे पनि नेपालको उपाधि लक्ष्यमा तीनैपटक भारत बाधक बन्दै आएको छ ।

सन् २०११ मा साफ यु–१६ को पहिलो संस्करण भएको थियो । नेपाल सेमिफाइनमा भारतसँग पेनाल्टी सुटआउटमा ४–२ ले निराश भयो । सन् २०१३ को संस्करणमा भने नेपाल फाइनमा भारतसँग १–० ले निराश भयो । सन् २०१५ मा सम्पन्न साफ च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल भारतसँग १–० ले हारेको थियो ।

सन् २०१७ मा यु–१५ को उमेर समूहमा सम्पन्न प्रतियोगिताको फाइनलमा पनि नेपाल भारतसँग २–१ ले पराजित भएको थियो । सन् २०१८ र २०१९ को संस्करण पनि यु–१५ को उमेर समूहमा सम्पन्न भएको थियो । जसमध्ये सन् २०१८ मा भने नेपाल सेमिफाइनलमा पाकिस्तानसँग निराश भयो । सन् २०१९ को फाइनलमा भने नेपाल भारतसँग ७–० को फराकिलो अन्तरले पराजित भएको थियो ।

यु–१५ र यु–१६ को उमेर समूहमा हुँदै आएको प्रतियोगिता सातौ संस्करणमा आएर यु–१७ को उमेर समूहमा हुन लागेको हो ।

तपाइको प्रतिक्रिया
(Visited 164 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
काठमाडाैंकाे मेयरमा बालेन साह, उपमेयरमा सुनिता डंगाेल निर्वाचित