Friday, April 23, 2021
Home खेल अन्तरकलेज फुटबलको उपाधि निहारिकालाई

अन्तरकलेज फुटबलको उपाधि निहारिकालाई

,

मोरङ  । विराटनगरमा जारी २१ वर्षमुनिको अन्तर कलेज लिगकम नकआउट फुटबल प्रतियोगिताको उपाधि विराटनगरकै निहारिका कलेजले जितेको छ ।

बिहिबार सम्पन्न फाइनल खेलमा ग्रिनल्याण्ड कलेजलाई ३–१ को गोल अन्तरले पराजित गर्दै निहारिकाले उपाधि जितेको हो । जितसँगै उसले नगद १ लाख ११ हजार रुपैयाँका साथमा शिल्ड र प्रमाणपत्र प्राप्त गरेको छ । उपबिजेता बनेको ग्रिनल्याण्डले भने नगद ७५ हजार रुपैयाँसहित शिल्ड र प्रमाणपत्र पायो ।

प्रतिष्पर्धात्मक खेलमा निहारिकाले पाएको अवसरलाई सहि सदुपयोग गर्दै उपाधि चुम्न सफल भयो भने पाएका अवसरलाई गुमाउँदा ग्रिनल्याण्डले उपविजेतामा चित्त बुझाउनु प¥यो ।

खेलको ११ औं मिनेटमा निहारिकाका पृथ्वी चौधरीले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । खेलको ६३ औं मिनेटमा निहारिकाका रविन राईले गोल थपे । लगत्तै पुनः रविन राईले गोल थप्दै गोल संख्या बढाए । ७२ औं मिनेटमा ग्रिनल्याण्डका लागि एकमात्र सान्त्वना गोल सञ्जय धिमालले गरे । खेलको म्यान अफ द म्याच निहारिकाका सूर्य थापा घोषित भए । उनले नगद ३ हजार १ सय रुपैयाँ प्राप्त गरे ।

प्रतियोगिताको व्यक्तिगत पुरस्कार तर्फ सर्वोत्कृष्ट खेलाडी निहारिकाका रविन राईले नगद १५ हजार रुपैयाँका साथ १ वर्षको ५ लाख रुपैयाँको बिमा, उत्कृष्ट गोलरक्षक निहारिकाका प्रमोजय चौधरीले नगद १० हजारका साथमा २ लाख ५० हजार रुपैयाँको १ वर्षका लागि बिमा प्राप्त गरेका छन् । उत्कृष्ट डिफेन्स निहारिकाका झमक मगर र उत्कृष्ट मिडफिल्ड ग्रिनल्याण्डका मनिष थापाले जनही नगद १० हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगितामा अनुशासित टिमको पुरस्कार पथरीको रेडस्टार माविले प्राप्त गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली, एन्फाका सह–महासचिव वसन्त अर्याल, विराट गोल्डकप ट्रष्टका अध्यक्ष सन्तोष बानियाँ, क्लबका अध्यक्ष रोहित कोइरालालगायतले खेलाडीलाई पुरस्कार प्रदान गरे ।

प्रतियोगितामा मुख्य सहयोगी संस्था विराटनगर महानगरपालिका र सानिमा इन्स्योरेन्स, न्यूरो अस्पताल र बैंकतर्फ सप्तकोसी बैंकको सहयोग रहेको थियो । प्रतियोगितामा विराटनगरका ग्रिनल्याण्ड, निहारिका, हिमालय दर्शन, कान्तिपुर, कोसी मल्टिपल, पथरीको रेडस्टार मावि, रंगेलीको जनप्रिय मावि र दुहबीको महेन्द्र मेमोरियल एकेडेमीको सहभागिता रहेको थियो । ८ गते सम्पन्न गर्ने भनिएको प्रतियोगिता कोरोना भाइरसको कारण देखाउँदै दुई दिन अघि बिहिबार नै सम्पन्न गर्नुपरेको आयोजक क्लवका अध्यक्ष रोहित कोइरालाले बताए ।

(Visited 57 times, 1 visits today)
Loading comments...

आजको समाचार

वास्तविक राष्ट्रसेवक कहिले पाइएला ?

कुनै पनि देशको राजनीतिक नेतृत्व तथा सरकारलाई सफल तथा असफल बनाउने प्रमुख भूमिका नै राष्ट्रसेवकका रूपमा रहेका कर्मचारीतन्त्रमा निर्भर रहन्छ । त्यसैले पनि कर्मचारीतन्त्रलाई...

कस्तुपको सिलौटोमा कुलेन्द्र, रामजी, ज्योति र प्रीति

काठमाडौं । कलेन्द्र बिक, रामजी खाँड, ज्योति मगर र प्रीति आले आफैंमा गायक गायिका हुन् । तर, यतिबेला लोकदोहोरीका यी चार हस्ती एउटा लोकदोहोरी...

राष्ट्रिय सभा सदस्य उपनिर्वाचन ६ जेठमा

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभातर्फ रिक्त एक सदस्यको पदमा ६ जेठमा उपनिर्वाचन गर्ने भएको छ । आयोगको सिफारिसमा सरकारले उपनिर्वाचनको मिति तोकेपछि आयोगले...

नेपाली विद्यार्थीको भविष्यसित खेलबाड

उत्तरी छिमेकी चीनको विभिन्न विश्वविद्यालयमा अध्ययनरत १ सय ५० भन्दा बढी नेपाली विद्यार्थी चिनियाँ सरकारको नेपालीप्रतिको भेदभावपूर्ण एवं दुराशययुक्त नीतिका कारण अन्धकारमय जीवनको सामना...

भारतमा कोरोना : अहिलेसम्मकै धेरै, एकै दिन ३ लाख ३२ हजार सङ्क्रमित

एजेन्सी । भारतमा कोरोना भाइरसको संक्रमण झनै तीब्र बनेको देखिएको छ । यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले दिएका समाचारहरुमा यो संक्रमणका कारण यहाँ मृत्यु हुने...

साताका लोकप्रिय समाचार

मिस तामाङ वल्डको आयोजना

काठमाडौं । काठमाडौंको साधना कला केन्द्रले विगत डेढ दशकदेखि तामाङ समुदायका युवतीको प्रतिभा प्रस्तुतिका लागि मिस तामाङ कार्यक्रम आयोजना गर्दै आएको थियो । यो वर्षबाट...

प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा देखापरेका विभिन्न समस्यालाई सामूहिक रूपमा समाधान गर्ने उद्देश्यले सर्वदलीय बैठक आह्वान गरेका छन् । प्रधानमन्त्री ओलीले आज...

संसद अधिवेशन अन्त्य गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौं । सरकारले संसदको हिउँदे अधिवेशन अन्त्यको सिफारिस गरेको छ । आज सोमबार बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले अधिवेशन अन्त्यको सिफारिस गर्ने निर्णय गरेको हो...

म्यान्मारको जुन्ता सरकारले २३ हजार बन्दीलाई रिहा गर्ने

एजेन्सी । म्यानमारको जुन्ता सरकारले बन्दीगृहमा रहेका २३ हजारभन्दा बढी बन्दीहरुलाई रिहा गर्ने तयारी गरेको छ । देशभरका विभिन्न बन्दीगृहमा रहेका मध्ये कुल २३...

प्रधानाध्यापक र लेखापाल निष्कासित, विद्यार्थी आन्दोलनमा उत्रिए

इटहरी । इटहरी १९ मा रहेको शहीद स्मृति आवासीय माध्यमिक विद्यालयमा भएको अनियमितता बाहिरिने डरले स्कुलका प्रधानाध्यापक र लेखापाललाई विद्यालय व्यवस्थापन समितिले पदबाट निष्कासन...

ट्रेन्डिङ

कोरोना संकट सामनातर्फको यात्रा

मानव इतिहास र सभ्यताको विकासमा सदैव प्रकृति र मानवको अनवरत युद्ध जारी छ । आज फेरि उही प्रकृतिको अर्को विनाशकारी स्वरूप भाइरसविरुद्ध महायुद्धमा हामी...

ग्यास सिलिन्डर बिस्फोट हुँदा २ बालक गम्भीर

तनहुँ । जिल्लाको आँबुखैरेनी गाउँपालिका १ सत्रसय भन्ने स्थानमा हिजो आइतबार ग्यास सिलिण्डर बिस्फोट हुँदा २ जना बालक गम्भीर घाईते भएका छन् । विस्फोटमा...

उखु किसानको पैसा नतिर्ने मिल सञ्चालकलाई ठगी मुद्दा चलाउने तयारी

काठमाडाैं ।  नेपाल प्रहरीले उखु किसानको भुक्तानी नदिने चिनी मिलका सञ्चालकलाई ठगी मुद्दा चलाउने तयारी गरेको छ । प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले भुक्तानी नदिने चिनी...

जहाँ विद्यापतिले १२ वर्ष अध्ययन गरे

जनकपुरधाम । मैथिली भाषाका महाकवि विद्यापतिले १२ वर्षसम्म बसेको ठाउँमा सौन्दर्यकरण गर्ने भएको छ । महोत्तरीको बनौली गाउँमा प्रदेश सरकारले १२ करोड रुपैयाँको लागतमा...

आजबाट विदेशमा अलपत्र नेपालीको उद्धार

काठमाडौं । लामो समयको प्रतीक्षापछि शुक्रबारदेखि विदेशमा अलपत्र परेका नेपालीको उद्धार कार्य थालिने भएको छ । विश्वभर महामारिका रूपमा फैलिएको कोरोना भाइरसको प्रभावका कारण...

अस्ट्रेलियालाई एक दिवसीय सिरिज

लन्डन । विकेटकिपर एलेक्स केरी र ग्लेन म्याक्सवेलले शतकीय इनिङ्स खेलेपछि घरेलु टोली इंग्ल्यान्डलाई तेस्रो तथा अन्तिम एक दिवसीयमा तीन विकेटको रोमाञ्चक जित निकाल्दै...

आत्तिनु र त्रसित हुनुपर्ने अवस्था छैन

  यादवप्रसाद कोइराला सचिव, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय (कोरोना भाइरस (कोभिड–१९) संक्रमणको सम्भावित जोखिमले सर्वसाधारण आतंकित र त्रसित छन् । तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव...

उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड

काठमाडौं । खाद्य प्रविधि तथा गुणनियन्त्रण विभागले गरेको नमुना परीक्षणमा उद्योगीले गुणस्तरहीन दैनिक उपभोग गर्ने पदार्थ तथा खाद्य वस्तु उत्पादन गरी बिक्री गरेर उपभोक्ताको...

दीपशिखालाई हटाएर ओली समूहले बनायो बचन सिंहलाई युवा संघको अध्यक्ष

काठमाडौं । राष्ट्रिय युवा संघ (ओली समूह)को अध्यक्षमा बचनबहादुर सिंह चयन भएका छन् । राष्ट्रिय युवा संघका संयोजक रामप्रसाद सापकोटा ‘दीपशिखा’ दाहाल नेपाल पक्षमा...

दैलेखका कोरोना संक्रमितको बाँकेमा मृत्यु

नेपालगञ्ज । बाँकेमा थप एक कोरोना सङ्क्रमितको निधन भएको छ । दैलेख नारायण नगरपालिका वडा नं ८ का ५१ वर्षीय कोरोना सङ्क्रमितको कोहलपुर शिक्षण...

जलेश्वरमा एकै दिन १७ मा कोरोना : कन्ट्याक्ट ट्रेसिङमा जोड

जलेश्वर । महोत्तरी जिल्ला सदरमुकाम जलेश्वरमा बिहीबार १७ जनामा कोरोना पोजेटिभ देखिएपछि जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले पिपरा गाउँपालिका, पिपरा स्वास्थ्यचौकीमा ५० शय्या र...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)