शहरमा जुम्ली स्याउ

जुम्ला । बाँके कोहलपुर चौराहाको ३४ डिग्रि तापमानमा जुम्लाको स्याउ किन्नेहरुको भिड छ । कुनै बेला कर्णालीबाट हेलिकोप्टर चढेर नेपालगञ्ज झर्ने जुम्ली स्याउ अचेल कर्णाली राजमार्ग हुदै ट्रक चढेर नेपालगञ्ज पुग्छ ।

जुम्लामा किसानको बारीमा प्रतिकिलो ५० रुपैँयामा पाइने स्याउ नेपालगञ्जसम्म पुग्दा प्रतिकिलो १५० रुपैँया पुगेको छ । जुम्लाको तातोपानी ६ का मुन बहादुर विष्ट जुम्ली स्याउ विगत तीन वर्ष देखी जुम्ली उत्पादन कोहलपुर बसेर बेचिरहेका छन् । मुन बहादुर भन्छन्,‘यहाँ जुम्ली स्याउ, फापर, सिमि, आलु, ओखर, मार्सी चामल जस्ता कृषिजन्य उत्पादनको विशेष महत्व छ, जुम्ली अर्गानिक स्याउ भर्खरै पुगेको छ ।’ कर्णालीको राजधानी सुर्खेतमा पनि जुम्ली स्याउकै चर्चा छ । यता जुम्ला पातारासी गाउँपालिकाको साविक डिल्लीचौर गा.वि.स.मा पहिलो पटक स्याउ खेती गरेमन शुसिल बुढा बारीमा फलेको रसिलो स्याउ हेरेर दंग छन् । उनको बगैंचामा स्याउ टिप्ने सुरसार हुदैछ । उनको बगैंचामा रोयल, रेड, गोल्डेन डेलिसियस जातका स्याउ लटरम्म फलेका छन् । हेर्दै लोभलाग्ने यहि बगैंचाबाट हुने कमाईले परिवार पाल्न सहज भएको बताए ।

जुम्लामा १६ हजार स्याउ बगैंचा छन् । एउटा बगैंचामा न्युनतम २५ देखी ५ हजार विरुवा छन् । तीज तथा दशैं जस्ता पर्वको रौनक र जुम्ली स्याउ परिपक्क हुने समयको संयोग जुर्ने गर्छ, जसले जुम्ली स्याउ लोकप्रिय हुन मद्धत गरेको छ


जुम्ला यतिबेला स्याउमय भएको छ । भदौ महिना लागेसँगै किसानहरु स्याउ टिप्न व्यस्त छन् । व्यापारीहरु गाउँगाउँ पुगिरहेका छन् । जुम्लाको स्याउ काठमाण्डौं, नेपालगञ्ज, सुर्खेत लगाएतका ठुला शहरमा पुगिरहेको छ । थरिथरिका स्याउ लटरम्म फलेका बगैंचा रित्तिदै छन्, भने किसानका मुहारमा खुसियाली भरिदै छ । जुम्लाका आठै पालिकामा स्याउ फल्छ । त्यसो त जुम्ला स्याउ खेतीका हिसावले प्रख्यात छ । जिल्ला अर्गानिक घोषणा भएकोले ठुला शहरमा जुम्ली स्याउ लगायतका कृषि उत्पादनको विशेष महत्व छ । किसान स्याउ खेतीमा हौसिएका छन् । तिला गाउँपालिकाका लाल प्रसाद भट्टराईको प्रत्येक वर्ष स्याउबाट आम्दानी बढिरहेको बताए ।

यो वर्ष व्यापारीले बगैंचामै प्रतिकिलो ५० रुपैँयामा खरिद गरिहेका छन् । व्यवस्थित कोल्डस्टोर नभएकोले वर्षभरि जुम्लाको स्याउ खान भने मुस्किल छ । प्राय किसानहरुले घरमा बालुवामा स्याउ स्टोर गरिहेका छन् । पानी छम्केर बालुवामा राखिएको स्याउ ५ महिना सम्म तन्दुरुस्त रहने तिला ४ का स्थानीय ज्वारीलाल भट्टराईले जानकारी दिए । केहि वर्ष यता जुम्लामा इटालीयन फुजी स्याउ खेती भइरहेको छ । स्थानीय जातको स्याउ भन्दा झण्डै तेब्बर मुल्यमा विक्रि हुने यो जातको स्याउ रोपेको पहिलो वर्षमै फल्छ । विरुवा भने विदेशबाट आयात गर्नु पर्छ । चार हजार हेक्टर जमिनमा ११ सय फुजी स्याउ रोपेका युवा शरोज शाही रोगकिरा व्यवस्थापन देखि मल सिँचाईको बढि आवश्यकता पर्ने बताउछन् । स्थानीय रेड, रोयल र गोल्डेन स्याउ भन्दा फुजी स्याउ खेतीमा बढि दुख हुने उनले बताए । ‘स्यानीय स्याउ रोपेको पाँच वर्षमा फल्छ, विरुवा बलिया् पनि हुन्छ, तर फुजी स्याउ रोपेकै वर्ष फल्छ, यसलाई टेको दिनुपर्छ ।’ उनले भने ।

कृषि विकास कार्यलय जुम्लाका अनुसार यो वर्ष ४ हजार २ सय ५० हेक्टरमा स्याउ खेती गरिएको छ । गत वर्ष १२ हजार मेट्रिक टन स्याउ उत्पादन भएको थियो । यो वर्ष उत्पादन बढ्ने अपेक्षा गरिएको कृषि विकास कार्यलय जुम्लाका प्रमुख गणेश अधिकारीले बताए । स्याउ खेतीमा लागनी पनि बढिरहेको छ । स्थानीय व्यापारी देउऋषि चौंलागाईले एक करोड लगानीमा कोल्डस्टोर सञ्चालनमा ल्याएका छन् । यो वर्षबाट जुम्ला पुगेका पर्यटकले बार्है महिना जुम्ली स्याउ खान पाउनेछन् । जुम्लामा १६ हजार स्याउ बगैंचा छन् । एउटा बगैंचामा न्युनतम २५ देखी ५ हजार विरुवा छन् । तीज तथा दशैं जस्ता पर्वको रौनक र जुम्ली स्याउ परिपक्क हुने समयको संयोग जुर्ने गर्छ, जसले जुम्ली स्याउ लोकप्रिय हुन मद्धत गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 234 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बिपी राजमार्ग आजदेखि सञ्चालनमा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
तिलोत्तमामा गठबन्धनको प्रतिबद्धतापत्र : भ्यू टावर नबनाउने