अमेरिकाको चेतावनीले चिनियाँ अर्थव्यवस्था प्रभावित

बेइजिङ । कोरोना भाइरस (कोभिड–१९) का कारण एक महिनाभन्दा बढी समयदेखि बन्द रहेका चिनियाँ कलकारखाना पुनः खोल्न चीनले तयारी गरेपनि संयुक्त राज्य अमेरिकाका संक्राक्रामक रोग नियन्त्रण निकायले दिएको नयाँ चेतावनीले अन्यौलता बढाएको छ ।

अमेरिकी चेतावनीले खासगरी माइक्रोचिप्स र त्यसका लागि आवश्यक अरु सामानको आपूर्तिमा बाधा पु¥याउन सक्नेछ । चीनको सत्तारुढ चिनियाँ कम्युनिस्ट पार्टीले कोरोनाभाइरसमा विजय हासिल गरेपनि विश्वकै दोस्रो ठूलो चिनियाँ अर्थतन्त्रलाई पुनर्जीवित तुल्याउने प्रयासमा अझै केही दिन ढिलाई हुने खतरा देखिएको छ ।

पश्चिमा देशले उद्योग बन्द गर्ने, मानिसको यात्रा सीमित गर्ने तथा मानिसलाई घरमै बस्न अनुरोध गरेका कारण विश्वव्यापी व्यापार गतिविधिमा दबाबको स्थिति छ । चिनियाँ उत्पादकले एप्पल, सामसुङ र अन्य ब्रान्डका मोबाइल फोनको ८० प्रतिशतभन्दा बढी चीनमै उत्पादन गर्दछन् । चीनमा विश्वमै आधाभन्दा बढी पर्सनल कम्प्युटर, ठूलो सङ्ख्यामा घरयासी विद्युतीय र अरु सामान उत्पादन हुने गर्दछ तर तिनीलाई अमेरिकामा निर्मित प्रोसेसर चिप्स र अन्य उच्च कोटिका सामान आवश्यक पर्दछ ।

यो स्पष्ट छैन, कोरोनाभाइरस नियन्त्रण गर्ने अमेरिकी प्रयासले व्यापारलाई कसरी असर गर्न सक्नेछ । हालसम्म नियन्त्रणका प्रयास मुख्यरुपमा यात्रुहरूमा लागू भएका छन्, सामानमा होइन । अमेरिकी कारखाना सीमित भएपनि सञ्चालनमा छन् । तर नेशनल फेडरेशन अफ इण्डिपेन्डेन्ट बिजनेसका अनुसार सर्भे गरिएका ३ सय कम्पनीमध्ये करिब ३९ प्रतिशतले आपूर्ति अवरोध सामना गरिरहेका छन् ।

‘अमेरिकामा दैनिक जीवनमा आउने अवरोधले निश्चय पनि चीनको उत्पादन गतिविधिमा अवरोध आउन सक्नेछ,’ फिच सोल्युसनका जोखिम विश्लेषक ड्यारेन टेले बताए । बेइजिङले मानिसको आवतजावतमा लगाएका नियन्त्रण खुकुलो बनाएको छ । शहरका सडकमा मानिसको चहलपहल बढेको छ । उद्योगहरुले आपूर्ति सञ्जाल पुनर्निर्माण गर्दैछन् । चिनियाँ उद्योगले विश्वभर अटो पार्ट्स, माइक्रोचिप्स र अन्य सामान आपूर्ति गर्ने ठूलो सञ्जाल बनाएका छन् ।

अधिकारीका अनुसार फलाम निर्माता र राज्यको स्वामित्वमा रहेका अन्य उद्योग सामान्य अवस्थामा नै फर्किसकेका छन् । तर साना, निजी कम्पनीको अवस्था निकै नाजूक छ । यी कम्पनीलाई चीनको आर्थिक इञ्जिनका रुपमा लिइन्छ । यी कम्पनीले कपडा, खेलौना र अन्य उपभोक्ता वस्तु बनाउँछन् । अधिकांश यी कम्पनी सामग्री वा कर्मचारीको अभावका कारण बन्द गरिएका थिए ।

अमेरिकी चेम्बर अफ कमर्शका अनुसार संयुक्तराज्य अमेरिका, युरोप र अन्य एसियाली देशहरूमा सामानमा १५ प्रतिशत अभाव देखिएको छ । चीनपछि संयुक्तराज्य अमेरिकाबाट हुने आपूर्ति शृंखलामा ठूलो प्रभाव परेको छ । सर्वेक्षण गरिएका २ सय ३७ कम्पनीमा आधाभन्दा बढी अमेरिकी थिए र तीन तिहाई अमेरिकी निर्माता कम्पनी थिए ।
‘धेरै कम्पनीले नियमितरूपमा जापान, दक्षिण कोरिया, इटाली र संयुक्तराज्य अमेरिकाबाट पठाइरहेका आफ्ना आवश्यक वस्तुको ठूलो सम्झौता गरेका थिए, जुन प्रकोपबाट अहिले दबाबमा छन्,’ चेम्बरको प्रतिवेदनमा उल्लेख छ ।

आईडीसीका अनुसार चिनियाँ आपूर्तिकर्तामा आएको समस्याबाट स्मार्टफोनको उत्पादनमा ठूलो असर पर्नेछ । जर्मनी, जापान र दक्षिण कोरियाले पनि माइक्रोप्रोसेसर र अन्य स्मार्टफोन कम्पोनेन्ट आपूर्ति गर्दछन्, तर सबैभन्दा उन्नत चिप उत्पादक अमेरिकी हुन् ।

चिनियाँ स्मार्टफोन उत्पादक हुवावेले स्मार्टफोन र नेटवर्क उपकरण निर्माणमा कुनै समस्या नपर्ने जनाएको छ । कार उत्पादनमा पनि अमेरिकी बजार र उद्योगमा आएको समस्याले आपूर्ति शृंखला बिगारेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 170 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पोखराको मेयरमा समाजवादी जीत नजिक