६ सय ८१ कैदीको सजाय मिनाहा, २१ जनालाई सजाय माफी

काठमाडौं । आठौं संविधान दिवसका अवसरमा ६ सय ८१ कैदीको कैद सजाय मिनाहा गरिएको छ । मन्त्रिपरिषद्को सिफारिस अुनसार राष्ट्रपति विद्यादेवी भण्डारीले कैद सजाय भुक्तान गरेका र असल चालचलन भएका संलग्न सूची बमोजिमका पासाङ शेर्पा समेतका २०३ जना र इन्द्रकुमार लिम्बुसमेतका ४७८ गरी ६८१ कैदीहरूको भुक्तान हुन बाँकी कैद सजाय आजबाट लागू हुने गरी माफीमिनाहा गरेकी हुन् ।

संविधानको धारा २७६, फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७, फौजदारी कसूर (कैदकट्टा) नियमावली, २०७६ को नियम ३ तथा सर्वोच्च अदालतको आदेशहरूसमेतका आधारमा तोकिएको कैद मिनाहा गरिएको राष्ट्रपतिले जनाएको छ ।

त्यस्तै, २१ जनालाई सजाय माफी दिइएको छ । महेन्द्रप्रसाद कानुसमेतका २१ जनालाई कैद सजाय माफी दिइएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 443 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

१२ औं वार्षिकोत्सव  शाक्यमुनि किर्ति बिहारमा सम्पन्न

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मनोनयनको पहिलो दिनः साढे ११ हजारको उम्मेदवारी