आर्सनल शीर्ष स्थानमा फर्कियो

लन्डन । ब्रोटफोर्डलाई ३-० ले पराजित गर्दै आर्सनल इङ्लिस प्रिमियर लिगको शीर्ष स्थानमा फर्किएको छ । आइतबार ब्रोन्टफोर्डमाथि सहज जित निकाल्दै आसर्नलले शीर्ष स्थानका लागि म्यानचेस्टर सिटी र टोटनहमसँग एक अंकको अग्रता बनाएको हो ।

पहिलोमा हाफमा विलियन सलिबा र ग्याब्रियल जिजसको गोलबाट आर्सनलले खेलमा पकड बनाएको थियो । सलिबाले १७औं मिनेटमा आर्सनललाई अग्रता दिलाएका थिए । २८औं मिनेटमा जिजसले अग्रता दोब्बर पारे । ४९औं मिनेटमा फावियो भियराले आर्सनलका लागि तेस्रो गोल गरे ।

जितसँगै सात खेलबाट १८ अंक जोडेको आर्सनले तालिकाको शीर्ष स्थानमा उक्लियो । यता, आर्सनलसँग पराजित ब्रोन्टफोर्ड नौ अंकसहित नवौं स्थानमा छ ।

मड्रिड डर्वीमा रियलको जित
एट्लेटिको मड्रिडलाई २–१ ले पराजित गर्दै रियल म्याड्रिड स्पेनिस ला लिगाको शीर्षस्थानमा फर्किएको छ । मड्रिड डर्वीको जितमा रियलको लागि रोड्रिगो र फेडे भाल्भेर्डेले गोल गरे । घरेलु टोलीका मारियो हर्माेसोले एक गोल फर्काए । खेलको अन्त्यतिर मारियो हार्मोसले रातो कार्ड बेहोर्दा एट्लेटिको १० खेलाडीमा समेटिन भयो ।

लगातार छैटौं जित निकालेको रियल ६ खेलबाट १८ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । रियलले बार्सिलोनालाई २ अंकले पछि पार्‍यो । पराजित एट्लेटिको १० अंक जोडेर सातौं स्थानमा छ ।

इन्टर मिलानको खराब लय कायम
इटालियन सिरी ‘ए’ मा युडिनेससँग ३–१ ले पराजित हुँदा इन्टर मिलानले तेस्रो हार बेहोरेको छ । लिगअन्तर्गत आइतबार राति हारसँगै इन्टरले तालिकाको शीर्ष स्थानमा उक्लिने सुनौलो अवसर गुमायो । घरेलु मैदानमा निकोलो बरेलाले गरेको गोलबाट युडिनेसले अग्रता लिएको थियो । तर, २२औं मिनेटमा मिलान स्क्रिनियरबाट आत्मघाती गोल भएपछि इन्टर बराबरीमा फर्कियो ।

जितसँगै सता खेलबाट १६ अंक जोडेको युडिनेस दोस्रो स्थानमा उक्लिएको छ । यता समान खेलबाट १२ अंक जोडेको इन्टर तालिकाको सातौं स्थानमा छ । शनिबारै भएको अर्को खेलमा युभेन्ट्स समेत पराजित भयो । युभेन्ट्स मोन्जासँग १–० ले स्तब्ध बन्यो ।

पिएसजीको जितमा मेस्सीको निर्णायक गोल
स्टार खेलाडी लियोनेल मेस्सीको निर्णायक गोलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा लियोनलाई १-० ले पराजित गरेको छ । आइतबार राति लियोनको मैदानमा पाँचौ मिनेटमा मेस्सीको गोलबाट पिएसजीले अग्रता बनाएको थियो । अर्का स्टार खेलाडी नेयमारले बक्स भित्रबाट दिएको पासलाई मेस्सीले उत्कृष्ट गोल गरेका थिए ।

८ खेलबाट २२ अंक जोडेको पिएसजी शीर्ष स्थानमा छ । पराजित लियोन १३ अंक जोडेर छैटौं स्थानमा छ । तर, अन्तिम पाँच मिनेट सम्हालिन नसक्दा इन्टरले महत्वपूर्ण तीन अंक गुमायो । ८५औं मिनेटमा जाका विजोलले युडिनेसलाई पुनः अग्रता दिलाए । यस्तै, इन्जुरी समयमा टोलगे अर्सलानले गोल गरेपछि युडिनेसले ३–१ को जित निश्चित गर्यो ।

तपाइको प्रतिक्रिया
(Visited 251 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सुदूरपश्चिमको सत्ताले नाउपामा रडाको, रन्जिता पक्षका दुई सांसद पनि दुई तिर !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
नयाँ जनप्रतिनिधिका फरकफरक वाचा