इतिहासमा पहिलो पटक जनताको प्रत्यक्ष संलग्नतामा लेखिएको संविधान : सुनिता डंगोल

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले नेपाली जनताको लामो र बलिदानीपूर्ण संघर्षपछि संविधान जारी भएको बताएकी छिन् ।

आठौं संविधान दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै उनले नेपालको इतिहासमा पहिलो पटक नेपाली जनताको प्रत्यक्ष संलग्नतामा नेपालीका लागि लेखिएको संविधान जारी भएको बताएकी छिन् । ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको यहि दिनको सम्झना र सम्मानमा आज हामी संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइरहेका छौँ ।’ डंगोलद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ‘संविधान दिवस तथा राष्ट्रिय दिवस, २०७९ का अवसरमा सम्पूर्ण महानगरवासी र आम नेपालीमा शुभकामना व्यक्त गर्दछु ।’ मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि विभिन्न आन्दोलनका क्रममा जीवनको आहुति दिनुहुने ज्ञात–अज्ञात सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गरेकी छिन् उनले ।

वर्तमान संविधानले केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्न महत्वपूर्ण भूमिका खेल्न सकेको छ भन्दै उनले जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गर्न पनि यो संविधानले ओजस्वी भूमिका खेलेको उल्लेख गरेकी छिन् ।

‘म संविधान दिवसकै अवसरमा काठमाडौँ महानगरवासीमा संविधानले सुनिश्चित गरेका मौलिक अधिकारको कार्यान्वयनका लागि अपिल गर्न चाहन्छु ।’ जारी विज्ञप्तीमा उल्लेख छ ‘राज्यबाट प्राप्त हुने सेवा र सुविधामा सबै नागरिकको समान पहुँच स्थापितमा पनि जोड दिन चाहन्छु ।’

संविधान दिवसको अवसरमा काठमाडौँ महानगरवासीका विकास र समृद्धिका सपनाले सार्थकता प्राप्त गर्न सकोस् भन्दै उनले संविधान दिवसकै अवसरमा जनप्रतिनिधिको हैसियतले महानगरवासीले देखेको विकास समृद्धिको सपनामा हातेमालो गर्दै अघि बढ्ने प्रण पनि व्यक्त गर्न चाहेको उल्लेख गरेकी छिन् ।

प्रतिनिधिसभा तथा प्रदेशसभाको दोस्रो निर्वाचनको सन्दर्भमा निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सक्रियतापूर्वक सहभागी भई आफ्नो मताधिकारको सदुपयोग गर्न पनि काठमाडौँ महानगरवासी सबै मतदाताहरूमा उनले अपिल गरेकी छिन् ।

तपाइको प्रतिक्रिया
(Visited 515 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

१२ औं वार्षिकोत्सव  शाक्यमुनि किर्ति बिहारमा सम्पन्न

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भरतपुर महानगर प्रमुखमा कांग्रेसका २५ जनाकाे दावी, उपप्रमुखमा २४ जनाकाे नाम दर्ता