संविधान दिवसको अवसरमा मेयरद्वारा झन्डोत्तोलन

बारा । संविधान दिवसको अवसरमा बारामा झन्डोत्तोलन गराएको छ । कलैया उपमहानगरपालिकाको प्राङ्गणमा नगर प्रमुख विनोद साह द्वारा संविधान दिवसको अवसरमा झन्डोत्तोलन गरिएको हो ।

२०७२ साल असोज ३ गते सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको ऐतिहासिक दिनको अवसर पारी संविधान दिवस मनाएको साहले बताए । राष्ट्रिय झण्डा फहराएर राष्ट्रिय गान गाई संविधान दिवस मनाएका थिए ।

झण्डा फहराउदै नगरप्रमुख साहले नेपाल सरकारले जारी गरेको संविधानको अधिनमा रही सबले काम गर्नु पर्ने बताए । स्थानीय तहबाट प्रदान गरिने सेवा र सुविधामा सम्पूर्ण नागरिकको समान हक प्रदान गरिरहेको नगर प्रमुख साहले दावी गरेका छन् । संविधानले सबैको हकहित सुनिश्चित समेत गरेको उनले बताए।

नेपालको संविधान लागू भएको सात वर्ष पूरा भएको जनाउँदै उनले लोकतन्त्र स्थापनाको लागि आफनो ज्यानको आहुती दिएका शहिदहरुको फोटोमा अविर माला लगाई श्रद्धाञ्जली समेत दिएका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 237 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बीपी र पुष्पलालले हेरिरहेका छन् कि ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पाल्पाको रामपुरमा नेपाली काँग्रेस विजयी