सुर्यमुखी साना किसान कृषि सहकारी संस्थाको वार्षिक समीक्षा गोष्ठी सम्पन्न

काठमाडौं । सूर्यमुखी साना किसान कृषि सहकारी संस्था लिमिटेड, मेलम्ची–१, सिन्धुपाल्चोकको को बार्षिक समीक्षा गोष्ठी नगर उपप्रमुख उमा प्रधानको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । सहकारी सस्थाका अध्यक्ष मित्रलाल चौलागाँईको अध्यक्षतामा शुरू भएको सो गोष्ठीमा मेलम्ची नगरपालिका वडा नं. १,२ र ३ का वडाअध्यक्षहरू क्रमशः कृष्णमुरारी चौलागाई, नगेन्द्र प्रसाद खतिवडा र कुमारप्रसाद बञ्जारा, नगर कार्यपालिकाका सदस्यहरु, वडा सदस्यहरु, पुर्व जनप्रतिनिधिहरु, लेखा समितिका संयोजक लक्ष्मण श्रेष्ठ लगायत विविध उपसमितिका पदाधिकारीहरु, राजनीतिक दलका प्रतिनिधिहरु, अन्य सहकारी संस्थाका प्रतिनिधिहरु, शेयरधनीको उपस्थिति थियो ।

बर्षभरि भएका कार्यक्रमहरूको सम्बन्धमा समुदायलाई जानकारी दिने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको सुर्यमुखीका अध्यक्ष मित्रलाल चौलागाईले जानकारी दिए । आगामि दिनमा सहकारी कसरी चल्ने, सहकारीले समुदायको हितमा कसरी कामहरू गर्ने भन्ने बिषयमा शेयर सदस्यहरू, कार्यसमिति सदस्यहरू लगायतका वीचमा छलफल भएको थियो ।

‘विगतमा यसको अवस्था कस्तो थियो? हाल सहकारी कस्तो अवस्थामा चलेको छ? स्थानिय तहसंग कसरी सहकार्य गरेर अघि बढ्ने भन्ने बिषयमा गोष्ठी भएको थियो । सहकारीले बागमती प्रदेशको कृषि कर्जा ३ प्रतिशत, जिविकोपार्जन कर्जा ५ प्रतिशत, युवा स्वरोजगार कर्जा ८ प्रतिशत, दूध कर्जा ९ प्रतिशतको ल्याएर कृषकहरुमा कृषि तथा पशुपालनमा लगानी गरिरहेको छ ।

विभिन्न निकाय सरकारी तथा वित्तीय निकायहरु सँग् सहकार्य गरि शेयर धनिसदस्यहरुका लागि सहुलियत कर्जा उपलब्ध गराईएको छ । सो सहकारी संस्थाबाट शेयर धनी किसानहरूले कर्जा लिएर राम्रो ब्यबसाय चलाईरहेको यस सहकारी संस्थाले नगदेवाली, फलफुल खेती, तरकारी खेतीमा लगानी गर्ने उद्देश्य रहेको छ ।

सदस्यको शेयर बचत, साधारण सभा कसरी गर्ने, सञ्चालकको काम कर्तब्य र अधिकार लगायतका कुराहरू ३५ बुँदे निर्देशन उपर उक्त कार्यक्रममा प्रस्तुत गरिएको थियो । यस्ता अभिमुखिकरण कार्यक्रमहरूले उच्च सुसासन कायम गर्न सहयोग पुग्ने र उद्यमीहरुले पेशा व्यवसायका लागि आवश्यक ऋण पाइरहेकोले स्वरोजगार सृजना भएको कुरा कार्यक्रमका अतिथि कृष्ण जंग रायमाझीले बताए ।

मेलम्ची नगरपालिका वडा नं १ मा रहेको उक्त सहकारीबाट सिन्धु भ्यालीमा रहेका ६ वटा वडाका नागरिक लाभान्वित भएका छन । मेलम्ची नगरपालिका १ देखि ५ र १२ नं वडाका २९१३ जना मानिसहरु यस सहकारीको सदस्य बनेका छन । सहकारीको बार्षिक कारोवार १९ करोड रहेको छ । बागमती प्रदेशकै सर्वोत्कृष्ट सहकारी संस्थाको रुपमा स्थापित र विकास भएको संस्थाले जिल्लामा धेरै सहकारी संस्थाहरुको अनुशरण कार्यक्रम सञ्चानल गरि नमुना कार्य गरिरहेको संस्थाका लेखा समितिका संयोजक लक्ष्मण श्रेष्ठले बताए । उनले संस्थाका कमि कमजोरीहरु हटाएर आगामि दिनमा नेपालकै उत्कृष्ट साना किसान कृषि सहकारीमा रुपान्तरण गरिने अठोट र कार्यक्रम रहेको बताए ।

सहकारीले ऋण लगानी गरे पछि यसको सदुपयोग भएको छ कि छैन भन्ने सम्बन्धमा कडा निगरानी राख्नु पर्ने विषय तपचुली सहकारी संस्थाका अध्यक्ष विष्णु ढुंगानाले राखे । कार्यक्रममा सहभागी वडा नं. २ सुयलछापका शेयर धनी केदार सापकोटाले यस्तो वार्षिक समिक्षा गोष्ठीले सरोकारवाला र अन्य सवै पक्षको ध्यानकर्षण हुने र संस्थाको सुधार र विकासका लागि सुझाव लिने दिने प्लेटफर्मको रुपमा धेरै आवश्यक र महत्वपूर्ण हुने बताए ।

सो सहकारी बाट ऋण लिएर धेरै किसानहरूले लाभ हाँसिल गरिरहेका छन । सहकारीको ऋण सहि ब्यबस्थापन गरेर ब्यबसाय गर्न सहज हुनुका साथै बाल बच्चा पढाउन समेत सहज भएको कृषक इन्दिरा खतिवडाले बताए । सस्तो ब्याजमा सहकारी बाट कर्जा लिएर बाख्रापालन गर्नुका साथै होमस्टे समेत सञ्चालन गरेको र छोटो समयमै आधा ऋण तिरीसकेको उनले गोष्ठीमा जानकारी दिए ।

गाउँगाउँमा खुलेका सहकारीहरूले युवालक्षित तथा कृषि क्षेत्रमा लगानी गर्न सकेमा बैदेशिक रोजगारीमा जाने युवाहरूलाई गाउँमै रोक्न सकिने मेलम्ची १, भन्ज्याङ्गका विनोद धिमालले बताए । निर्वाहमुखी खेती प्रणाली गरिरहनु भएको उनले हाल व्यवसायिक पशुपालन गरिरहेका छन् । सहकारीबाट कर्जा लिएर गाई भैंसी पालन गरि मासिक ५० हजारको दूध बिक्री गरिरहेको उनले बताए ।

कार्यक्रमका प्रमुख अतिथि मेलम्ची नगर पालिकाका उपप्रमुख उमा प्रधानले सहकारी संस्थाहरुले कृषकहरुको आर्थिक अवस्था सुधारका साथ साथै सामाजिक सुधार र उन्नयन तथा ग्रामीण विकासकालागि आवश्यक महत्वपूर्ण भुमिका खेल्न सक्ने विषयमा प्रकाश पारे । उनले सहकारी मार्फत नगरपालिकाले गर्न सक्ने कामको सवालमा सहकारी संजाल निर्माण गरी आएको अवस्थामा रकम अभाव हुन नदिने र कृषि तथा पशुपालन र पर्यटन प्रवर्धनका लागि सहकारी लागि परेमा नगरपालिकाले यथेष्ट सहयोग गर्ने कुरा उल्लेख गरे ।

तपाइको प्रतिक्रिया
(Visited 747 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

पत्रकार संघको संयोजकमा वर्मा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भरतपुर महानगरमा रेनु दाहाल सात हजार मतले अगाडी