नेपाली काँग्रेस सच्चिएर जानुपर्छ : अब्दुल सतार

सर्लाही । नेपाली काँग्रेसका केन्द्रीय सदस्य अब्दुल सतारले नेपाली काँग्रेस सच्चेर जानुपर्ने बताएका छन् । नेता सतारले केन्द्रीय पदाधिकारीहरुले समानुपातिकमा बसेर गाउँका कार्यकर्ताको मनोवल घटाउन नहुने बताए । केन्द्रिय पदाधिकारीहरु समानुपातिक नबसेर प्रत्यक्ष चुनाव लडी गाउँका कार्यकर्ताको मनोबल बढाउन केन्द्रिय नेता सतारले सुझाव समेत दिए ।

उनले नेपाली काँग्रेसको नेतृत्वमा जारी भएको संविधान अझै पूर्णरुपमा कार्यान्वयन हुन नसकेको अवस्थामा रहेको बताए । संविधान जारी भएपछि नागरिकमा जागेको उत्साह केपी ओली नेतृत्वको सरकारले संसद विघटन गरेर संविधानप्रतिको विश्वास घटाएका बताए ।

केपी ओलीपछि कांग्रेस सभापति देउवाको नेतृत्वमा बनेको गठबन्धन सरकारले संविधान कार्यान्वयनका निमित्त बनाउनुपर्ने कानूनहरु पनि बनाउन नसकेको उनकाे भनाई थियाे । कानून बन्न नसक्नुमा कोभिड महामारी र वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचन नै भएको बताए ।

अब हुने संघ र प्रदेश सभा निर्वाचनबाट काँग्रेस देशकै पहिलो पार्टी हुने र काँग्रेसकै नेतृत्वमा बन्ने सरकारले जनतालाई सबै अधिकार दिने उनले दावी गरे । संविधानमा रहेका कमीकमजोरीलाई काँग्रेस नेतृत्वकै सरकारले सच्याउने पनि बताए ।

तपाइको प्रतिक्रिया
(Visited 293 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

सिद्धबाबा सुरुङमार्ग ‘ब्रेक थ्रु’को अन्तिम तयारी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पोखराको मेयर बन्न २३ जनाको मनोनयन