सडक निर्माणमा लापरबाही नगर

नेपालको दुर्गम क्षेत्र मानिने कालिकोट रास्कोट नगरपालिकास्थित खड्का गाउँमा अहिले न त बाटो आएको छ, न त खेतीबाली नै पाक्न पाएका छन् । खेतीबाली गरिने खेतमा डोजर चलेपछि बालीनाली उब्जने कुरा भएन । तर, सडक नियमित चल्नुपर्नेमा त्यो पनि हुन सकेको छैन ।

नगरपालिकाका ९ वटै वडामा सडकलाई पहिलो प्राथमिकतामा राखेर सडक सञ्जाल निर्माणका लागि पाक्दै गरेको गहुँबाली फाँडेर डोजरले सडक खनियो । स्थानीय जनता विकासको द्रुततर प्रक्रिया देखेर दंग भए । तर, दुर्भाग्य ! मुखमा पर्न लागेको हिउँदे अन्न फाँडेर सडक खन्न दिए पनि स्थानीय जनताले अहिलेसम्म गाडीको अनुहार देख्न पाएका छैनन् । बरु सडक बेवारिसे अवस्थामा घामपानी खाइरहेको छ । स्थानीय क्षेत्रमा विकासको होडबाजी चलाएका स्थानीय सरकारले खहरे खोलामा बाढी आएझैं एकपटक बजेट पार्ने र त्यसलाई निरन्तरता नदिने गरिरहेका छन् । यस्तो प्रकृतिको विकासका कारण अधिकांश पालिकाको सडक विकास अलपत्र अवस्थामा छन् । यस्तो अवस्था कालिकोटले मात्र होइन, देशभरका विकट गाउँवस्तीका पालिकामा रहेका जनताले भोगिरहेका छन् ।

दीर्घकालीन रूपमा कुनै पनि योजना नबनाउने, अल्पकालीन योजनाहरू बन्ने, सुधार र मर्मतका लागि बजेटको जोहो पनि नगर्ने र सुरु गर्दा निकै हौसने र पछि त्यसलाई निरन्तरता नदिने नेपालको विकासे प्रवृत्ति निकै मौलाएको छ । बाटो निर्माण गर्दा आवश्यक मापदण्ड पनि नअपनाउने, पर्यावरण प्रभाव’bout नसोच्ने, डोजर ड्राइभर नै इन्जिनियर हुने र गाउँलेहरूको हात बित्ताको फित्ताले नाप निकाल्ने गर्दा विकास निर्माणमा हदैसम्म लापरबाही हुन गएको छ । कहीँ भिरपहरा त कहीँ खेतीयोग्य जमिनमाथि डोजर चलाइएका छन् । त्यसैले, बाटो न त मापदण्डअनुसार बनेको छ, न त दिगो हुन गएको छ । केवल देखाउन, हौस्याउन र कागजमा विकास देखाउन यसले बल पु¥याएको छ । जनताका आशा थियो– गाडी चढ्न पाएपछि महिनौं लगाएर भारी बोक्ने बाध्यताको अन्त्य हुनेछ । तर, न त बाध्यताको अन्त्य भयो, न त खेतीपाती नै मौलाउने भयो । कालिकोटे जनताका पीडा वास्तवमा सबै नेपाली जनताका साझा पीडा हुन् । यसले आशा र विश्वासमाथि ठूलो धक्का पु-याएको छ । विकास निर्माणका काममाथि आशंका गर्ने वातावरण सिर्जना गरेको छ ।

यसरी, दीर्घकालीन सोचबिना बाटो खनेपछि स्थानीय क्षेत्रमा भूक्षय र बाढी पहिरो निकै बढेर गएको छ । मूलहरू सुक्न थालिसकेका छन् । खोलाको पानी भासिएर नदी सतहमा देखा पर्न छाडेको छ । यदि, यसो मात्र हुने हो भने स्थानीयले गाडी चढ्नु र सेवा सुविधा पाउनुअघि नै आप्mना दिन जमाना गइसक्ने गुनासो गर्न थालेका छन् । कतिपयले गाउँको विकास कुर्दाकुर्दै उमेर ढल्किसकेको बताइरहेका छन् । अहिले, सडक खनिएका ठाउँमा बाघ लुक्नेगरी झारपात उम्रेर छपक्क छोपिसकेको छ । खनेको माटो र ढुंगाले भूस्खलनमा तीव्रता ल्याएको छ । गाउँगाउँमा सडक निर्माण भएका छन् तर प्रयोग र प्रयोजनमा छैनन् । सडक गाडी गुडाउन मिल्नेजस्ता छैनन् । विकास जरुरी छ तर विकास निर्माणमा गरिने लापरबाहीको अन्त्य जरुरी छ ।

तपाइको प्रतिक्रिया
(Visited 130 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

चिकित्सक दम्पतीको फाउन्डेसनमा १८ बालबालिकाको अभिभावकत्व

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गठबन्धन चाहिँदैन भन्दै पोखरामा काँग्रेसको नाराबाजी