छाङरु र तिंकरमा दसैंका लागि हेलिकोप्टरमार्फत खाद्यान्न ढुवानी हुने


दार्चुला । व्यास गाउँपालिका–१ को छाङरु र तिंकर गाउँमा दसैंका लागि हेलिकोप्टरमार्फत ४ सय क्वीन्टल चामलसहित खाद्यान्न ढुवानी हुने भएको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले तिंकरमा १ सय ६० र छाङरुमा २ सय ४० क्वीन्टल चामल ढुवानीका लागि बोलपत्र आह्वान गरेको छ ।
खाद्य व्यवस्था शाखा कार्यालय दार्चुलादेखि तिंकर र छाङरुसम्म हेलिकोप्टरबाट खाद्यवस्तु ढुवानीका लागि हेलिकोप्टर कम्पनी वा कार्गो एजेन्सीले गोप्य सिलबन्दी पेस गर्न भनेको छ । स्वीकृत हेलिकोप्टर कम्पनी वा कार्गो एजेन्सीले १४ असोजमा कम्पनीसँग सम्झौता गर्नुपर्ने छ ।
महिनामा एकपटक हेलिकोप्टरमार्फत खाद्यान्न ढुवानी गर्न माग

व्यासँ गाउँपालिका उपाध्यक्ष विनोदसिंह कुँवरले शनिबार दोस्रो जिल्ला सभामा बोल्दै यातायातका साधनबाट विकट रहेको व्याँसमा काठमाण्डौबाट मात्रै राष्ट्रियताको कुरा गरेर नहुने भएकाले राष्ट्रियताको आभास गराउन सबै वडामा महिनाको एकचोटी हेलिकोप्टरमार्फत खाद्यान्न ढुवानीको व्यवस्थापन गर्न जिल्ला सभाले नेपाल सरकारसंग माग गर्नुपर्ने विषय उठान गरेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 74 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

रुपन्देही १ बाट एमालेका छविलाल विश्वकर्मा निर्वाचित, घनश्याम भूसाल पराजित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९