जनकपुरमा सजाइदै शक्तिपीठ


जनकपुरधाम । दशैको अवसरमा जनकपुरधामको प्रमुख शक्तिपीठहरुलाई सजाइदैछ । पूजा गरिने ठाउँहरुमा आकर्षक पण्डाल, रंगीचंगी बल्ब जडान गरिएको छ । अहिले ती मन्दिरहरुको आकर्षण नै बेग्लै भएको छ ।

राम युवा कमिटी, महावीर युवा कमिटी सहितका क्लवहरुले राजदेवी, बौधीमाइ, अमरखाना सहितका मन्दिरमा पूजागर्ने गर्छन । राम युवा कमिटीका अध्यक्ष परमेश्वर साहले ती मन्दिरको सजावटमै २० लाख भन्दा बढीको खर्च हुने गरेको छ । सजावट र पूजामा लाग्ने सम्पूर्ण खर्च स्थानीयवासीहरुले चन्दाको रुपमा दिने गर्छन् ।

जानकी र राम मन्दिरपछिको ठूलो मन्दिर राजदेवीमा दशैको बेला दर्शनार्थीहरूको दिनभरी मात्रै नभइ अबेररातीसम्म भीड लाग्ने गरेको छ । दसैंको बेला भगवती राजदेवीको निष्ठापूर्वक पूजा गर्दा मनोवाञ्छित फल प्राप्त हुने जनविश्वास छ । यस मन्दिरमा नेपाल र भारतका विभिन्न स्थानबाट पूजा गर्न श्रद्धालु भक्तजन आउने गरेको मन्दिरका महन्थ राम गिरीले बताए ।

अरू बेलाभन्दा दसैंको बेलामा राजदेवी दर्शन गर्न प्रायः सबै आउने उनको कथन छ । राजदेवीलाई केही व्यक्तिले मिथिला नरेश जनकको कुलदेवीको रूपमा यहाँ पूजा गर्ने गरिन्छ । मन्दिरको मूलद्वारमै जनकको कुलदेवी लेखिएको छ । तर, कतिले नगरकी देवी रहेको बताउँदै आएका छन् । रामायणमा जनकका कुलदेवता महादेव र कुलदेवी गौरी रहेको उल्लेख छ । संस्कृतिविद् सुनिल मल्लिकले राजदेवी पूजाको माध्यमले हजारो पर्यटक जनकपुरधाम आउने गर्छन । शक्तिपीठहरुका लागि युवा क्लवहरुले सयौ स्वयंसेवक परिचालन गर्ने गर्छन ।

तपाइको प्रतिक्रिया
(Visited 259 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

भारत–पाकिस्तानलाई हामीले नलड्न सुझाव दियौंः प्रधानमन्त्री ओली

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
दुल्लु नगरपालिकामा प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमालेका उम्मेदवार विजयी