डा. शेर बहादुर पुनलाई अन्तर्राष्ट्रिय स्वास्थ्य सेवा पुरस्कार

काठमाडाैं । एनआरएनए नन रेसिडेण्ट नेपाली एसोसिएशनले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका आदर्श डा. शेर बहादुर पुनलाई यो बर्षको अन्तरास्ट्रिय स्वास्थ्य सेवा पुरस्कार- २०२२ प्रदान गर्ने भएकाे छ ।

एनआरएनए नन रेसिडेण्ट नेपाली एसोसिएशन क्यालिफोर्निया अमेरिकाले स्थापना गरेको यो पुरस्कार नेपालको स्वास्थ्य क्षेत्रमा योगदान पुर्याउने व्यक्तिलाई प्रदान गरिन्छ । पुरस्कृत व्यक्तित्व डा. शेर बहादुर पुनले शान्ति स्थापनार्थ क्यारेबियन मुलुक हाइटी पुगेको नेपाली सेनालाई देश छाड्न माग गर्दै स्थानीयवासीले २०६७ कार्तिकमा मिराबलै क्षेत्रस्थित संयुक्त राष्ट्र संघीय आधार क्षेत्रमा प्रदर्शन गरेकाकाे बेला डा‍ पुनले नेपाली सेनाले हैजा फैलाएको विषयलाई प्रतिवाद गरेका थिए ।

नेपाली सेनाको कारणले फैलिएको हैजाले १० हजार ७५ जनाको ज्यान गएको भन्दै त्यहाँका स्थानीयवासीले क्याम्पसम्मै आएर विरोध गरेका बेला नेपाल सरकारलगायत सेनाको पक्षमा कोही पनि नबोलिरहेका बेला डा‌ पुनको व्यक्तिगत प्रयासले नेपाली सेनाले हैजा फैलाएको विषयलाई प्रतिवाद गरिएको पत्र अमेरिकाको रोग नियन्त्रण तथा रोगथाम केन्द्र (सीडीसी) त्यसैगरी उनले अमेरिकी सोसाईटी फर माइक्रो बायलोजीमा पेश गरेका थिए ।

संयुक्त राष्ट्र संघका तत्कालिन महासचिव वान कि मुनले राष्ट्रसंघको विशेष महासभामा पेश गरेको १६ पृष्ठको प्रतिवेदनमा हाइटीको हैजाको जिम्मेवारी लिन बाध्य भएका थिए । डा. पुनको त्यो तर्कले नेपाली सेनामाथि लागेको आरोपको खण्डन मात्रै गरेन, विश्वका चर्चित अनुसन्धानकर्तालाई चुनौति दिनसक्ने नेपाली पनि छन् भन्ने सन्देश अन्तराष्ट्रिय जगतमा पुग्यो । डा. पुन त्यतिबेला हाइटीमा हैजा फैलिनुमा नेपालको दोष छैन भनेर लगातार प्रतिवाद गरेका थिए । यो पुरस्कार पुस महिनामा बिशेस समारोह आयोजना गरि प्रदान गरिने अध्यक्ष माधब मरासिनीले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 586 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सुदूरपश्चिमको सत्ताले नाउपामा रडाको, रन्जिता पक्षका दुई सांसद पनि दुई तिर !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
रत्ननगर नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी