बेलकोटगढीमा १८१ घरको सामूहिक जमरा

नुवाकोट । विगतको परम्परालाई निरन्तरता दिँदै नुवाकोटको बेलकोटगढीस्थित निरञ्जना भगवती मन्दिरमा यस वर्ष पनि सामूहिक जमरा राखिएको छ । यो वर्ष १ सय ८१ परिवारले मन्दिर नजिकै रहेको कोटघरमा सामूहिक जमरा राखेका हुन् ।

पृथ्वीनारायण शाहको पालादेखि मन्दिरमा सामूहिक जमरा राख्ने चलन चलिआएको स्थानीयहरुको विश्वास रही आएको छ । र्पथ्वीनारायण शाहले निरञ्जना भगवतीलगायतका शक्तिपीठहरुको आर्शिवाद लिएर नुवाकोट एकीकरण अभियान सफल पारेको भन्ने विश्वासमा यहाँ सोही बेलादेखि जमरा राख्ने र खुशीयाली बाड्ने गरिएको मन्दिरका पुरोहित नारायणप्रसाद पौडेलले बताए ।

बेलकोटगढी नपा–१० (बेलकोटगढी) मा रहेको यो वर्ष मन्दिरमा गाउँका ११ दलित परिवारले जमरा राखेका छन् । ‘मन्दिरमा दलित र गैर दलितले एकसाथ जमरारा राख्ने चलन राजा पृथ्वीनारायण शाहको पालादेखिकै हो’ मन्दिरका उपासे मानबहादुर रानाले भने– ‘देशमा हुने गरेका ठूला ठूला संकटको बेलामा पनि यहाँ पुजा र जमरा रोकिएको छैन ।’ निरञ्जना भगवति गढी क्षेत्र विकास संरक्षण समितिका पूर्व अध्यक्ष कालीबहादुर तिवारी पनि आफू जान्ने हुँदादेखि अहिलेसम्म मन्दिरको दशैं पुजा नरोकिएको बताए । दशैं पुजा रोक्नु हुन्न, यदि रोकिएमा गाउँमा अनिष्ट हुने र विपत्ति आइपर्ने भन्ने बुढापाकाको भनाई अनुसार नै दशैं पुजा अहिलेसम्म नरोकिएको उनले बताए । यो मीन्दरमा काठमाडौं हनुमानढोकाको वैद्धिक विधि अनुसार नै पुजा सञ्चालन हुँदै आएको छ । हनुमान ढोकाको पुजा विधि विशेष खालको हुने गरेको बुढापाकाहरुको भनाई छ ।

वढादशैंमा काठमाडौं हनुमानढोकाको बैद्धिक विधि अनुसार यहाँ दश दिनसम्म नियमिति पुजा हुँदै आएको छ । मन्दिरमा सामूहिक जमरा राख्ने र कोतघरको पुजा काठमाडौंको हनुमान ढोकाको जस्तै विधि अनुसार गर्ने गरिएको स्थानीयहरुको दावी रहेको छ । स्थानीयबासीहरुले पहिले पहिले प्रसादको रुपमा जमरा राख्ने गरिएकोमा पछि विकसिक हुँदै जाँदा सामूहिक रुपमा राख्ने गरिएको बताउँछन् ।

सामूहिक जमराले गाउँमा सद्भाव र भातृत्वको विकास गरेको स्थानीयहरु बताउँछन् । मन्दिरमा पुजारी र पुरोहित स्थानीय पौडेल समुदायका रहेका छन् भने उपासे भनिने कर्ता भने रानामगर समुदायका छन् ।

पृथ्वीनारायण शाहले नुवाकोट विजयी पश्चात विजयत्सवको लागि आफूहरुसँगै आएका पौडेललाई पुजारी र जयन्त रानाका खलकलाई मन्दिरको उपासे राखेका थिए । पुजा सञ्चालनको लागि गुठी जग्गाको व्यवस्था गरेको भएपनि अहिले कतिपय ती गुठी जग्गा दर्ता भइसकेको बेलकोटगढी नपा वडा नं. १० का वडा अध्यक्ष प्रलादप्रसाद थपलियाले बताए । मन्दिरको नाममा ३ सय ९१ रोपनी जग्गा गुठी रहेपनि सो जग्गाबाट मन्दिरको पुजा सञ्चालनमा सहयोग नपुगेकोले ६ वर्षदेखखि स्थानीय तहको सहयोगमा पुजा सञ्चालन हुँदै आएको छ ।

मन्दिरको पुजा सञ्चालनको लागि पुरातत्व विभागले समेत विगतका वर्षहरुका अनुदान दिँदै आएकोमा केही वर्षदेखि अनुदान कटौती गरिदिएको र मन्दिर निर्माणमा पनि विभागले आलटाल गरिरहेको उपासे मानबहादुर रानाले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 94 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

रुपन्देहीमा सत्ता गठबन्धनको क्लिन स्विप, गृहमन्त्रीलाई बोहराले हराए

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९