बलियो गठबन्धन: रणनीतिमा विपक्षी दल

काठमाडौं । आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा चुनावी गठबन्धन तथा सिट बाँडफाँट’bout नेपाल कम्युनिस्ट पार्टी (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)बीच आज छलफल हुँदै छ ।

छलफलका लागि दुवै पार्टीका तर्फबाट वार्ता टोलीसमेत गठन गरिएको छ । टोलीले आगामी निर्वाचनमा चुनावी गठबन्धन र सिट बाँडफाँट टुंगो लगाउनेछ । काठमाडौंमा हुने छलफलका लागि स्थान र समय गोप्य राखिएको छ । दुवै वार्ता टोलीले आफूलाई छलफल हुने स्थान र समय’bout थाहा नभएको जनाएका छन् ।

एमाले–लोसपा चुनावी तालमेल र सिट बाँडफाँटबारे छलफल आज

लोसपा कार्यकारिणी समिति सदस्य एवं वार्ता टोली सदस्य लक्ष्मणलाल कर्णले आज चुनावी गठबन्धन र सिट बाँडफाँट’bout छलफल हुने जानकारी दिए । पार्टीले दिएको जिम्मेवारीअनुसार निर्वाचनकेन्द्रित विषयमा छलफल हुने उनको कथन छ ।

‘स्थान र समय अहिले तय भइसकेको छैन, हामीबीच औपचारिक रूपमा हुने छलफल पहिलो हो । चुनावी गठबन्धन र सिट बाँडफाँट प्रारम्भिक छलफल हुन्छ, बाँकी कुरा त छलफलमा बसेपछि त्यही हुन्छ,’ कर्णले राजधानीसँग भने ।

एमाले उपाध्यक्ष एवं वार्ता टोली संयोजक विष्णु पौडेल सोमबार रातिसम्म भैरहवामा छन् । उनी मंगलबार बिहानसम्ममा काठमाडौं आउने बताइएको छ । पार्टीले छलफलका लागि जिम्मेवारी दिएको र मंगलबार छलफलमा बस्ने उनी बताउँछन् । एमाले र लोसपाबीच चुनावी गठबन्धन र सिट बाँडफाँट’bout छलफल हुने उपाध्यक्ष पौडेलले बताए ।

यस्तो छ, वार्ताटोली
लोसपाले वरिष्ठ नेता राजेन्द्र महतोको संयोजकत्वमा ६ सदस्यीय वार्ता टोली गठन गरेको छ । जसमा वरिष्ठ नेता शरतसिंह भण्डारी, अनिलकुमार झा, सर्वेन्द्रनाथ शुक्ल, लक्ष्मणलाल कर्ण र जितेन्द्र सोनल छन् ।

उता, एमालेले पनि उपाध्यक्ष पौडेलको नेतृत्वमा वार्ता टोली गठन गरेको छ । तर, सदस्यको नाम सार्वजनिक गरिएको छैन ।

सत्तारूढ पाँच दलीय गठबन्धनले हालै सम्पन्न स्थानीय तह निर्वाचनमा तालमेल गरेको थियो । आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा समेत चुनावी गठबन्धन गर्ने निश्चित भएपछि एमाले पनि विपक्षी दलको गठबन्धन बनाउनेतर्फ लागेको हो ।

यसअघि, एमाले अध्यक्ष केपी शर्मा ओली आफैंले विपक्षी दलका प्रमुखसँग छलफल गरिसकेका छन् । सिट बाँडफाँटका लागि एमालेले वार्ता टोली बनाएर औपचारिक छलफल अगाडि बढाएको हो ।

एमालेले लोसपासँगै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल), जनता प्रगतिशील पार्टी नेपाल (जप्रपा), जनमत पार्टी, तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)सहितका दलसँग चुनावी गठबन्धन बनाउने आन्तरिक गृहकार्यमा जुटेको छ ।

सत्तारूढ नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल (जसपा) र राष्ट्रिय जनमोर्चाको पाँच दलीय गठबन्धन छ । पाँच दलीय गठबन्धन अहिले सिट बाँडफाँट आन्तरिक छलफलमा रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 334 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बाराकी चेलीलाई बेश्यालय लैजान खोज्ने पक्राउ

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
आचारसंहिता उल्लंघन गरे उम्मेदवारी नै रद्द : आयोग