पोखरामा मनाइयो विश्व पर्यटन दिवस

पोखरा । ४३ औं विश्व पर्यटन दिवस अवसरमा पर्यटकीय सहर पोखरामा मंगलबार विविध कार्यक्रम गरिएको छ । पर्यटक स्वागतदेखि मिनी सडक महोत्सव एवं अन्तर्राष्ट्रिय विमानस्थल अवलोकनर र अन्तरक्रिया भयो ।

बिहान पोखरा विमानस्थलमा पहिलो उडानमार्फत् तथा स्थलमार्गबाट आउने पर्यटकलाई पर्यटन बसपार्कमा पञ्चेबाजागाजाका साथ स्वागत सत्कार गरिएको छ ।

पोखरामा पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय गण्डकी प्रदेश, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश र पोखरा पर्यटन परिषदको संयुक्त आयोजनामा भएको गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठ, पर्यटन वोर्ड गण्डकी प्रदेशका प्रमुख काशीराज भण्डारी र पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले पर्यटकलाई खादा र प्रमाणपत्रसहित सम्मान गरेका थिए ।

पोखरा पर्यटन परिषद अध्यक्ष पोमनारायण श्रेष्ठका अनुसार विमानबाट पहिलो ओर्लने भारतीय पर्यटक भारती पण्डे, दोस्रो स्पेनका नागरिक इर्न अर्टिज रोवियो र तेस्रो स्पेनकै जेन्से कार्कोसलाई खादा र प्रमाणपत्रसहित स्वागत गरिएको हो । उनीहरु ३ जनासहित पहिलो उडानमार्फत पोखरा भित्रने पर्यटकका लागि विभिन्न प्याकेजमा छुटको व्यवस्था गरिएको छ ।

गण्डकी प्रदेश पर्यटन मन्त्रालयले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र विश्व पर्यटन बजार विषयक अन्तरक्रिया कार्यक्रम ग¥यो । कार्यक्रममा भौतिक पूर्वाधार मन्त्री कुमार खड्काले पोखरा विमानस्थल संचालनका लागि प्रदेश सरकार लागिपरेको बताए ।

पर्यटन मन्त्री मणिभद्र शर्माले विमानस्थलका लागि आवश्यक भौतिक निर्माणको काम अन्तिम चरणमा पुगेको र निर्धारित मिति पुस १७ मै संचालन गरिने बताए । उनले भने, पोखरा विमानस्थललाई विश्वबजारमा प्रचार गर्न आवश्यक रहेकोले सोअनुसारको मार्केट आवश्यक पर्छ । त्यसका लागि मन्त्रालय लागिपरेको छ ।’

प्रदेशका शिक्षामन्त्री मेखलाल श्रेष्ठले पोखरा साहसिक खेलकुद तथा पदयात्राका लागि गन्तव्यस्थल रहेको बताए । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले विमानस्थल संचालनका लागि ल्याण्डफिल साइट स्थानान्तरण छिट्टै हुने आश्वासन दिए । उनले ल्याण्डफिल साइटकै कारण उडान नरोकिने तर्क गरे ।

यसैबीच, दिवस अवसरमा अन्तर्राष्ट्रिय एयरलायन्सहरुका कन्ट्री म्यानेजरहरुले निर्माण अन्तिम चरणमा रहेको विमानस्थलको समेत निरीक्षक गरे । निर्माण अन्तिम चरणमा पुगेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अवलोकन गर्दै अन्तर्राष्ट्रिय एयरलायन्सहरुका कन्ट्री म्यानेजरहरुले सरकारले आवश्यक पूर्वाधार निर्माण गरेमा उडान संचालन गर्न तयार रहेको समेत बताए ।

दिवस अवसरमा टान गण्डकीले हाइकिङ कार्यक्रम गरेको छ । पोखरा १३, काहुँखोलाबाट सुरु हाइकिङ भञ्ज्याङ, चिप्लेटी, महाप्रभूधाम, मणिदीप, कसेरी तय गरेको टान अध्यक्ष सुशीलराज पौडेलले बताए ।

यसैबीच, रेवान पोखराले मिनी सडक महोत्सव आयोजना गरेको छ । सो महोत्सवमा विभिन्न खानाका परिकारसहित सांस्कृतिक कार्यक्रम गरियो । सरकारले कोरोना महामारीपछि नेपालको पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्ने गरी पर्यटन क्षेत्रको विकास र विस्तार गर्न पूर्वाधार निर्माण, यस क्षेत्रका उद्योगी व्यवासायीका लागि विभिन्न राहत तथा छुट सुविधाका साथै प्रवद्र्धनात्मक कार्यक्रम अगाडि बढाएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । हालै सरकारले नेपालको पर्यटन क्षेत्र पुनरुत्थान कार्ययोजना, २०७९ ल्याएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 145 times, 1 visits today)

आजको समाचार

Ads Space Available

epaper

भर्खरै

प्रधानमन्त्री प्रचण्डलाई रवि : ‘निल्नु न ओकल्नु’

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
उम्मेदवार टुंगाे लगाउन एमालेलाई सकस