कमेडियन हिमेश पन्त राजेन्द्र पाण्डेकाे क्षेत्रमा चुनाव लड्ने

काठमाडौं । कमेडी च्याम्पियन हिमेश पन्तले धादिङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाको चुनाव लड्ने भएका छन् ।

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले उक्त निर्वाचन क्षेत्रबाट प्रत्यक्षतर्फको उम्मेदवारका सिफारिस गरेको हो । उनको घर सोही निर्वाचन क्षेत्रमा पर्छ ।

पार्टीको धादिङ जिल्ला समितिले केन्द्रमा सिफारिस गरेपछि पन्त उम्मेदवार बनेका हुन् । मंसिर ४ गते संसदीय निर्वाचन हुँदैछ । टीभी रियालिटी शो कमेडी च्याम्पियनका विजेता समेत रहेका पन्त अभिनित फिल्म वर एण्ड वधु प्रदर्शनको तयारीमा छ ।

धादिङ क्षेत्र नम्बर १ बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेकाे चुनावी क्षेत्र हाे भने माअाेवादीका सालिग्राम जमरकट्टेलकाे पनि साेही क्षेत्रमा पर्दछ अघिल्लाे निर्वाचनमा एमालेका भुमी त्रिपाठी निर्वाचित भएका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 112 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

ओली–प्रचण्ड टेलिफोनपछि दलीय समीकरण फेरिने संकेत

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९