एकता कपुरविरुद्ध पक्राउ पुर्जी जारी

मुम्बई । भारतीय टेलिभिजन उद्योगकी ‘क्वीन’ एकता कपूर र उनकी आमा शोभा कपुरविरुद्ध वेब सिरिज ‘एक्सएक्सएक्स सिजन २’ को विषयलाई लिएर बेगूसराय न्यायालयले पक्राउ पुर्जी जारी गरेको छ ।

सन् २०२० मा यो सिरिजमा देखाइएको आपत्तिजनक दृश्यलाई लिएर बिहारको बेगूसराय कोर्टमा उजुरी दर्ता भएको थियो । सैनिकलाई अपमान गरिएको भनिएको यो मामलालाई लिएर न्यायालयले दुईविरुद्ध गिरफ्तारी वारेन्ट जारी गरेको हो ।

वेब सिरिजमा कैयौं आपत्तिजनक दृश्य देखाइएको छ । जसमा एक दृश्य सैनिककी पत्नीसँग जोडिएको छ । यही दृश्यलाई लिएर बिहारको बेगूसरायमा एकताविरुद्ध उजुरी परेको थियो । बेगूसराय कोर्टले एकता र उनकी आमा शोभालाई चेतावनी पत्र पठाउँदै अदालतमा उपस्थिति हुन आदेश दिएको थियो ।

एकताले भने यो मामलालाई लिएर आफ्नो सफाई पेश गरेकी थिइन् । उनले यो थाहा पाउनासाथ आफूले तुरुन्तै वेब सिरिजको उक्त दृश्य हटाएको बताएकी थिइन । उनले माफी पनि मागेकी थिइन् ।

यो मामलामा सैनिक संघका जिल्ला अध्यक्ष शम्भू कुमारले उजुरी दर्ता गराएका थिए । उनले भारतीय सैनिक आफैंलाई खतरामा राखेर देशको सेवा गरिरहँदा उनीहरुलाई सम्मानको दृष्टिले हेर्नुपर्नेमा सिरिजमा भारतीय सैनिक र उनकी पत्नीलाई गलत तरिकाले देखाइएको आरोप लगाएका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 248 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

रुपन्देहीमा सत्ता गठबन्धनको क्लिन स्विप, गृहमन्त्रीलाई बोहराले हराए

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९