अदितीलाई आश छ ‘बाबरी’ हेरेर माया दिने छन्


पोखरा । यो वर्षको दशैंको अबसर पारेर यही १४ असोज शुक्रबारदेखि हलमा आउन लागेको नेपाली चलचित्र ‘बाबरी’का कलाकारले दर्शकको माया पाउनेमा विश्वास गरेका छन् ।

पोखरामा आयोजित पत्रकार भेटघाटमा कलाकार धीरज मगर, अदिती बुढाथोकी र धीरज नटकरले यस्तो सदीक्षा व्यक्त गरेका हुन् । ‘इन्टुमिन्टु लण्डन’ की डेब्यु नायिका अदिती बुढाथोकीको ‘बाबरी’ दोस्रो फिल्म हो । यो फिल्ममा उनको केटाहरुसँग नडराउने तर प्रेमिल भूमिका छ । ‘बाबरी मेरा लागि दोस्रो चलचित्र हो । यसबाट धेरै अपेक्षा गरेको छु । गीत र ट्रेलर दर्शकले जसरी मन पराउनुभएको छ । आशा छ, फिल्म मन पराउनुहुनेछ,’ उनले पत्रकारसँग भनिन् ।

हाल भारत बस्दै आएकी उनी त्यहाँका केही म्युजिक भिडियोमा समेत देखिन्छिन् । अदितीलाई नेपाली चलचित्र उद्योगमा नै रम्न मन छ । अफर आएको खण्डमा भारतका चलचित्रमा समेत अभिनय गर्ने भनाइ उनको छ ।

‘बाबरी’बाटै डेब्यु कलाकार हुन्, धीरज नटकर । लामो समय भारतमा बसेका उनलाई नेपाली भाषा बोल्न समस्या छ । उनी आफैं पनि नेपाली भाषा सिक्दै गरेको सुनाए । धीरज पनि या फिल्मबाट आशावादी छन् । भन्छन्, ‘चलचित्र बाबरी तपाई हाम्रै कथा हो । जसमा मेरो भूमिकालाई समेत दर्शकले हेर्न पाउनुहुनेछ । म मेरो आमाको प्रेरणाले नै यस क्षेत्रमा प्रवेश गरेको हुँ ।’ बाबरीमा उनी प्रेमिल भूमिकामा छन् । जसमा उनको टक्कर धिरज मगरसँग हुन्छ ।

पोखराको मार्केटिङ सम्हालेका बाबरी प्रोडक्सन टिमका सुरविन वान्तवा राई बाबरी चलचित्र सफल हुनेमा विश्वस्त रहेको बताउँन् । उनले चलचित्र हङकङ, जापान, कोरिया, युके लगायतमा समेत प्रदर्शन हुने बताए ।

जसमा गणेश बुढाथोकी, पुष्पालता बुढाथोकीले लगानी गरेका हुन् । कालीप्रसाद बास्कोटा, सुजन चापागार्इं, अनमोल गुरुङको संगीत रहेको बाबरीको शिर्ष गीत अहिले अत्यन्तै रुचाइएको छ । मोरङको लेताङ, भारतको सिक्किम र काठमाडौंमा छायाकन गरिएको बाबरीलाई सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन् । चलचित्रमा उनीहरुसहित बादल भट्ट, कमलमणि नेपाल, उर्मिला बस्नेत लगायत कलाकारको अभिनय छ ।

तपाइको प्रतिक्रिया
(Visited 221 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सर्वोच्च अदालतबाट कुलमानले पाएनन् अन्तरिम आदेश

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
उदयपुरका चार गाउँपालिकामा गठबन्धनको जित (सूचीसहित)