सामाजिक चेतनामूलक अभियान जरुरी


आजको २१औं शताब्दीमा पनि विभिन्न खालका अन्धविश्वासका कारण ठूल्ठूला दुर्घटना भइरहेका छन् । नेपाली समाज आज पनि तिनै कुराले अभिशप्त छ । कहिले दाइजो नल्याएको, कहिले बोक्सी भएको, कहिले चुडैल भएको, कहिले प्रेत बनेको, कहिले पितृ खुसी नभएको भन्दै महिलामाथि निरन्तर अत्याचार हुँदै आएको छ । नेपालमा निकै अल्पसंख्यकका रूपमा रहने माझी समुदायको कुटपिटबाट ५५ वर्षीय बिबी माझीको ज्यान गएपछि यस घटनाले सबैलाई स्तब्ध बनाएको छ । खाँडादेवी गाउँपालिका–३ भिरपानी सित्खामा आइतबार भेला भएका माझी समुदायले कुटेर माझी महिलाको हत्या गरे । यसले सबैको आङ नै सिरिंग गराउँछ । यति मात्र होइन, घटनास्थलबाट उद्धार गरी मन्थलीस्थित तामाकोसी अस्पतालमा उपचाररत मृतक बिबीकी आमा ७० वर्षीया सुनमाया माझीको अवस्था अहिले पनि निकै गम्भीर छ । घटनापछि प्रहरीले सात महिलासहित २३ जनालाई पक्राउ गरे पनि यस्ता अकल्पनीय घटनाले किन ठाउँ पाइरहेका छन्, बुभ्mन गाह्रो भएको छ । आजको युग विज्ञान र प्रविधिका कारण युग पारदर्शी र वैज्ञानिक हुँदै गए पनि ‘आपूmहरूले मृतकलाई कुटपिट नगरेको र पितृ खुसी नभएका कारण पितृले नै आएर कुटपिट गरी मारेको’ बयान दिने माझी समुदाय अहिले पनि कुन युगमा छ ? निकै चिन्ताको विषय बनेको छ ।

सोह्र श्राद्ध माझी समुदायका लागि सबैभन्दा ठूलो पितृमोक्षको पर्व मानिन्छ । ‘पितृ तार्ने’ सबैभन्दा ठूलो पर्व भएकाले माझी संस्कारअनुसार सोह्र श्राद्धमा दिवंगत पितृलाई नदीको घाटमा गएर बोलाउने चलन छ । पितृ बोलाउँदा ‘शरीरमा पितृ आउने’, त्यो बेला ‘काम छुट्ने’ र परिवारका कुनै ‘एक सदस्यको शरीरमा पस्ने गर्छन्’ भन्ने विश्वास यो समुदायमा रहिआएको छ । मन पराउने परिवार सदस्यको शरीरमा पितृ पस्ने विश्वास रहेको हुँदा नकाम्ने व्यक्तिमाथि कुटपिट गर्दा यस्तो घटना घट्न गएको देखिन्छ । यो घोर अन्धविश्वासको कुरा हो । पितृ पनि महिलाले नै खुसी पार्नुपर्ने भन्ने कुरा त ‘पूर्वाग्रहपूर्ण’ देखिन्छ पनि । यदि, यसैलाई विश्वास गर्ने हो भने जन्मका हिसाबले महिलाका पितृ माइततिरका हुन्छन् । घरका पितृसँग जिउँदो हुँदा खटपट भएको र पूर्वाग्रह रहेको पनि हुनसक्छ । यसैलाई पुरषहरूले इबीका रूपमा लिने र बदलाको भावना पोख्ने गरेको पनि हुन सक्छ । आखिर पितृ आउने भन्ने कुरा त विश्वासको कुरा पनि होइन । फेरि, पितृ एउटाले बोलाएर अर्काको जिउमा आउने भन्ने पनि हुँदैन । यो मनोभावना र मनोविज्ञानको कुरा पनि हो ।

संस्कार आफ्नाे होला । संस्कृतिका कुरा पनि आप्mनै होलान् । तर, हिंसा र कुकृत्य कसैका लागि पनि पाच्य र अनुकरणीय हुँदैन । अज्ञानताले आखिर कसैको सेवा र भलो गर्दैन पनि । त्यसैले, मृतक बिबी माझी र उनकी आमा सुनमाया माझीले न्याय पाउनु पर्छ । आखिर माझी धामीहरू बिबी र उनकी आमा बसिरहेको घरमा पुगेर उनीहरू बसिरहेका बेला कामेको बहानामा कुटपिट गरेर मारेका छन् । यो त सरासर अन्याय हो । काम्ने र पितृ आङमा आउने कुरालाई पीडितहरूमाथि आक्रमणको अस्त्र बनाएको जस्तो पनि देखिन्छ । जे भए पनि अब पीडितले न्याय पाउनु पर्छ । यसका साथै, सामाजिक चेतना विकासका लागि जनचेतनामूलक कार्यक्रम निरन्तर लगिनु जरुरी छ । किनकि, नेपाली समाजमा यस्ता घटना निरन्तर घटिरहेका छन् । यस्ता घट्ना हुन नदिनु सबैको दायित्व हो ।

तपाइको प्रतिक्रिया
(Visited 50 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सरकार गठन गर्न एमाले र कांग्रेस गठबन्धनद्वारा छुटाछुटै कसरत

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९