डेंगुबाट गायिका सुष्मिता राईकाे निधन

खोटाङ । खोटाङकी उदीयमान गायिका सुष्मिता राईको डेंगु संक्रमणका कारण निधन भएको छ । डेंगुको संक्रमणपछि काठ्माडौं पाटन अस्पताल भर्ना गरिएकी गायिका राईको उपचारका क्रममा बुधबार निधन भएको हो ।

हलेसी तुवाचुङ नगरपालिका-५ दुर्छिमकी गायिका राईलाई मिर्गौला, कलेजो र फोक्सोमा समेत संक्रमण देखिएको थियो । लाइभ भिडियोमार्फत निको हुनका लागि प्रार्थना गरिदिन आग्रह गरेको केही घन्टापछि सुष्मिताको निधन भएको हो ।

जन्मेको ६ वर्षमै दृष्टि गुमाएकी गायिका राई खोटाङबाट काठमाडौं पुगेर सांगीतिक क्षेत्रमा भविष्य बनाउन संघर्षरत थिइन् । छोटो समयमै दर्शक स्राेताको मन जित्न सफल गायिका राईले राजेशपायल राईलगायतसँग गीत गाइसकेकी थिइन् । सुष्मिताले लोकप्रिय गायिका अन्जु पन्तको समेत मन जितेकी थिइन् । सांगीतिक क्षेत्रमा जिल्लामै संघर्ष गरेकी उनी एसइई उत्तीर्णपछि काठमाडौं पुगेकी थिइन् ।

तपाइको प्रतिक्रिया
(Visited 283 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

रुपन्देहीमा सत्ता गठबन्धनको क्लिन स्विप, गृहमन्त्रीलाई बोहराले हराए

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९