सडक प्रगति निराशाजनक

काठमाडौं । सडक विभागद्वारा गत आर्थिक वर्षमा तय ६ वटामध्ये कुनै पनि लक्ष्य पूरा नभएको पाइएको छ । आर्थिक वर्ष २०७८÷७९ मा विभागले ६ वटा लक्ष्य राखेको थियो । ढिलासुस्ती, कमजोर तथा देखावटी अनुगमन तथा कोभिडलगायत कारण पनि ती सबै पूरा हुन नसकेको विभागको प्रस्टोक्ति छ ।

गत आवमा कुल १ हजार ८ सय किलोमिटर नयाँ सडक कालोपत्रे गर्ने लक्ष्य राखिएकोमा जम्मा ६ सय १८ किलोमिटर मात्र कालोपत्रे भएको छ । यो कुल लक्ष्यको ३४ प्रतिशत मात्र हो ।

६ वटै लक्ष्य पूरा गर्न विभाग असफल

्त्यस्तै, गत आवमा कुल ३ सय पुल निर्माण गर्ने लक्ष्य राखेकोमा २ सय ८२ निर्माण सम्पन्न गरिएको छ । यसलाई विभागले आफ्नो उल्लेखनीय प्रगति मानेको छ । तर, आवधिक मर्मत कार्यप्रगति भने सन्तोषजनक देखि“दैन ।

५ सय ५० किलोमिटर आवधिक मर्मत लक्ष्य राखिएकोमा आधा पनि काम भएको छैन । कुल २ सय ५० किलोमिटर मात्र सडक मर्मत भएको छ ।

उता, दसैंलगायत पर्वमा बाटो निर्माण तथा मर्मतसम्भार नभएको भन्दै यातायात व्यवसायी ‘समयमै यात्रुलाई गन्तव्यमा पु¥याउन नसकिने हो कि ?’ भन्ने चिन्तामा छन् । तर, विभागको प्रगति विवरण भने निराशाजनक देखिन्छ ।

ग्राभेलस्तरको सडक स्तरोन्नति योजनासमेत कमजोर छ । जसको स्तरोन्नति करिब ४२ प्रतिशत मात्र भएको छ ।

त्यस्तै, ८० प्रतिशत काम भएको माटे सडकमा कुल ३ सय ५० किलोमिटर निर्माण लक्ष्य राखिएकोमा २ सय ८० किलोमिटर मात्रै सम्पन्न भएको छ ।

विभागको विनियोजित पुँजीगततर्फको खर्च पनि कमजोर मात्रामा भएको छ । सडक विभागकै अधिकारी अघिल्लाको तुलनामा गत वर्ष न्यून काम भएको स्वीकार्छन् ।

प्रतिस्थापन विधेयक, स्थानीय तह निर्वाचन, कोभिडको असर तथा ‘कन्स्ट्रक्सन होलिडे’लगायत कारण गत आर्थिक वर्षमा ‘केही न्यून’ प्रगति भएको सडक विभागले जनाएको छ ।

सडक बाटो समयमै निर्माण तथा मर्मतसम्भार नहु“दा सर्वसाधारण प्रत्यक्ष मारमा छन् ।

तपाइको प्रतिक्रिया
(Visited 80 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सरकार गठन गर्न एमाले र कांग्रेस गठबन्धनद्वारा छुटाछुटै कसरत

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९