नेपाली कलाकारको पाँचौ साकुरा नाईट ११ देशमा

काठमाडौं । करिब एक दर्जन नेपाली कलाकारलाई लिएर विश्वका ११ देशमा ‘साकुरा नाईट’ सांगीतिक कार्यक्रम आयोजना हुने भएको छ । काठमाडौंमा पत्रकार भेटघाट आयोजना गर्दै आयोजक संस्था सूर्य कर्पोरेशनले एक वर्ष मित्र ११ मुलुकमा साकुरा नाईट साँगीतिक कार्यक्रम गर्न लागेको जनाएको छ ।

यो कन्सर्ट अष्ट्रेलियाबाट सुरु हुने भएको छ । आगामी १३ डिसेम्बरबाट एक सातासम्म अष्ट्रेलियाको क्यानबेरा, सिड्नी, मेलवर्न र पर्थलगायतका शहरमा कम्तीमा ७ शोको तयारी भइरहेको अष्ट्रेलियाका लागि आयोजक संस्था डि ब्वाईज इभेन्ट्सका प्रतिनिधि गणेश मल्ल ठकुरीले पत्रकार भेटघाटका क्रममा बताए ।

अब हुने साकुरा नाईटका लागि प्रशान्त तामाङ, सन्दीप क्षेत्री, शिव परियार, मिलन अमात्य, प्रशान्त ताम्राकार, कमल खत्री, नम्रता सापकोटा, मेलिना मैनाली, नरेश भट्टराई र समिक्षा अधिकारीले आ आफ्नो प्रस्तुति दिने पनि कार्यक्रममा जानकारी गराईयो ।

आयोजक सूर्य कर्पोरेशनका अध्यक्ष बासुदेव लामिछानेले पत्रकार भेटघाटका क्रममा भने,‘यस अघि नेपाल र जापानमा चार पटकसम्म सफल आयोजना भइसकेको साकुरा नाईटलाई अब हामी ११ वटा देशमा आयोजना गर्दैछौं । अष्ट्रेलिया पछि जापान, दुबई, कोरिया, न्युजिल्याण्ड, युरोप, युके, क्यानडा, अमेरिका र नेपालमा पनि साकुरा नाईट सिजन ५ आयोजना हुँदैछ ।’ कर्पोरेशनले साकुरा नाईटमा कलाकारहरुको टिमलाई थपघट गर्दै लानेगरि सम्झौता गरिएको पनि लामिछानेले बताएका छन् ।

यस अघि डायस्पोरामा हुने सबैभन्दा प्रतिष्ठित र पपुलर नेपाली फिल्म अवार्डको रुपमा सूर्य ईनटरनेशनल अवार्ड सूर्य कर्पोरेशनले सफल आयोजना गरिसकेको कार्यक्रमका संयोजक समीर बलामीले बताए । कर्पोरेशनले २०२३ मा सूर्य ईनटरनेशनल अवार्डको तेश्रो संस्करण अमेरिकामा आयोजना गर्न लागेको समेत जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 46 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सरकार गठन गर्न एमाले र कांग्रेस गठबन्धनद्वारा छुटाछुटै कसरत

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९