मेलम्चीको दनुवार बस्तीमा खानेपानी सुविधा

काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका, वडा नं. १३, फटकशिलाका पिछडिएको दनुवार बस्तीमा खानेपानीको धारामा पानी आएपछि स्थानीय नागरिक तथा उपभोक्ता हर्षित छन् । धारामा पानी आएपछि स्थानीय उपभोक्ताहरुको मुहारमा कान्ति छाएको एक उपभोक्ताले बताए ।

अहिलेसम्म खानेपानीको व्यवस्था नभएको उक्त दनुवार बस्तीमा उपमेयर उमा प्रधानको पहलमा खानेपानीको व्यवस्था भएको हो । उपमेयर प्रधानले दनुवार बस्ती खानेपानी उपभोक्ता समितिद्वारा निर्मित खानेपानी धाराको उद्घाटन २०७९ सालको बडादशैंको घटस्थापनाको दिन गरेकी हुन् ।

उपभोक्ता समितिले स्थानीय स्तरमा अर्थपूर्ण कार्यक्रम सम्पन्न गरेको छ । उक्त योजनामा समावेश ६ वटा धाराले विपन्न दनुवार वस्तिमा रहेको १ सय २० घर धुरिका ७ सय ६८ जनालाई खानेपानी सहज भएको छ ।

पहिला यहाँ धारा नभएकोले हामी बिहान ५ बजे हिडेर पानी लिन जाने गरेका थियौं । बाटो अप्ठेरो थियो । गाउँको गोरेटो बाटो, उकाली ओरालीमा पानी बोकेर छिटो छिटो र हतारले हिड्न सकिने पनि भएन । जति हतार गरे पनि घर आइ पुग्दा बिहानको १० बज्थ्यो, विहानको मेलापात सवै छोडेर खानेपानीको मुहान सम्म पानी लिन जानु पथ्र्यो । मुहान टाढा थियो र जंगलको डरलाग्दो र अप्ठेरो बाटो पार गरेर जान हामी महिलालाई अती असजिलो थियो । सुरक्षा र अन्य कारणले पनि यो जंगलको बाटो हामीलाई गाह्रो थियो । चुनावमा भोट मााग्न आउँदा उपमेयरलाई सवै समस्या स्पष्ट बताएका थियौं , उहाँले हुन्छ, म गर्छु भन्नुभएको थियो । चुनाव सकियो । योजना हावामा गयो भन्ने लागेको थियो, तर होइन रहेछ, एक स्थानीयले भने ।

योजना कहिले कसरी माग गर्ने, निवेदन कहाँ दिने ? कसरी माग्ने हामीलाई केही थाहा थिएन । के के प्रकृया रहेछ, थाहै थिएन, हामी नपढेका मानिसहरु थाहा हुने कुरा पनि भएन । उपमेयरले नै बोलाएर हामीलाई जानकारी गराए । सबै प्रकृया अगाडि बढाउन मेलम्ची नगरपालिका वडा नं. १३ वडा अध्यक्ष श्रीराम घोरासैनी लगायतको टीमले धेरै सहयोग गर्‍यो ।

सो कार्यक्रममा नगरपालिकाका कर्मचारीहरु, प्राविधिक टिमका सदस्यहरु, वडा अध्यक्ष तथा सदस्यहरुको उपस्थिति थियो । सो कार्यक्रममा नगरपालिकाका कर्मचारीहरु, प्राविधिक टिमका सदस्यहरु, वडा अध्यक्ष तथा सदस्यहरुको उपस्थिति थियो ।

तपाइको प्रतिक्रिया
(Visited 109 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

रुपन्देही १ बाट एमालेका छविलाल विश्वकर्मा निर्वाचित, घनश्याम भूसाल पराजित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९