अञ्जनको त्यो ह्याट्रिक

तस्बिर: सत्यन श्रेष्ठ/राजधानी
दिल तामाङ

‘धेरैपछि फेरि राष्ट्रिय झन्डा छातीमा लगाएर खेल्न पाएँ, करिअरको पहिलो ह्याट्रिक र जितसहित राष्ट्रिय टोलीमा पुनरागमन गर्न पाए“, एकदम खुसी छु,’ गएको मंगलबार बंगलादेशविरुद्धको ‘अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल’मा ३–१ को जितसँगै अञ्जन विष्ट ‘पोस्ट म्याच कन्फ्रेन्स’मा यसो भन्दै थिए ।

नेपाली फुटबल बेला–बेला विभिन्न काण्डका कारण तातिन्छ । म्याच फिक्सिङ, डिस्को र पछिल्लोपटक प्रशिक्षकसँग ‘होस्टेल कि होटेल ?’ विषयमा खेलाडी–प्रशिक्षक विवाद हुँदा नेपाली फुटबल मैदानबाहिर तातिएको थियो ।

तर, जे–जस्ता काण्डमा मुछिए पनि विष्टले कहिल्यै हार खाएनन् । र, राष्ट्रिय टोलीमा फर्कंदा ‘ह्याट्रिक हिरो’ भए । कुवेती प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले ‘एसियन कप’ छनोट तयारीमा रहेका १० खेलाडीलाई टिमबाटै निकालेका थिए । त्यसमा खेलाडीप्रति समर्थन जनाएका नियमित कप्तान किरण चेम्जोङ पनि थपिए ।

विवादास्पद प्रशिक्षक अल्मुताइरी ‘बिदामा रहेको’ भन्दै अखिल नेपाल संघ (एन्फा)ले बंगलादेशविरुद्ध एक ‘मैत्रीपूर्ण खेल’का लागि प्रदीप हुमागाईंलाई अमेरिकाबाट झिकाएर ‘मुख्य कार्यवाहक प्रशिक्षक’को जिम्मेवारी प्रदान गरियो । त्यसपछि उनले अल्मुताइरीबाट निष्कासित ११ खेलाडीलाई टिममा फिर्ता बोलाए ।

निकालिएका ११ मध्ये ९ खेलाडीलाई प्रशिक्षक हुमागाईंले झन्डै ८ हजारभन्दा बढी दर्शकसामु पहिलो रोजाइमा मैदानमा उतारे । अल्मुताइरीले बनाएको युवा टोलीले गत जेठमा सम्पन्न ‘एसियन कप छनोट’मा खराब नतिजा बेहोरे पनि सामाजिक सञ्जालमा फुटबलप्रेमी र अल्मुताइरीका समर्थक ‘सिनियर खेलाडी’विरुद्ध खनिए ।

त्यसैले, ‘सिनियर खेलाडी’का लागि पनि मैत्रीपूर्ण खेल एक किसिमले ‘प्रतिष्ठाको लडाइँ’ भनौं वा फरवार्ड अञ्जनसँगै अन्य ११ खेलाडीका लागि यो खेल महŒवपूर्ण थियो । उनीहरूलाई यो खेलमा जित निकालेर राष्ट्रिय टोलीका लागि योग्य रहेको संकेत दिनु थियो । भयो पनि त्यस्तै ।

जोसिलो र गज्जब प्रदर्शनले प्रशिक्षक अब्दुल्लाह र खेलाडी विषयमा चुइ“क्क नबोलेको तत्कालीन एन्फा नेतृत्वलाई गतिलो जवाफ मिल्यो ।

यसकारण हुन सक्छ, ह्याट्रिक पूरा गरेका अञ्जन भावुक मुद्रामा भन्दै थिए, ‘यो एउटा गेम मात्र थिएन । धेरैपछि राष्ट्रिय झन्डा छातीमा लगाएर खेल्ने अवसर पनि पाए“ । जबदेखि खेल्न थालेँ, त्यही बेलादेखि सधैं नेपालका लागि खेलिरहने लक्ष्य छ । जुन जोस पहिले थियो, त्यो आज पनि छ ।’

अञ्जनको शब्दमा ‘खेलमा तलमाथि हुन सक्छ †’ विगतका घटनाले पाठ सिक्ने मौका पाएको अनुभव छ । ‘अब जस्तो अवस्थामा पनि देशका लागि खेल्न सक्छु, विगतको घटना सम्झन चाहँदिन,’ उनले भने, ‘यो जित र ह्याट्रिकलाई शब्दमा वर्णन गर्न सक्दिन“ । यस्तै कुराले पाठ सिकाउने रहेछ । मेरो भावना सबैसामु राख्ने अवसर पाए“ ।’

‘त्यो ह्याट्रिक’ अनि जित नेपाली फुटबल समर्थक र सारा नेपालीलाई विजय दशमीको शुभकामना समर्पण गर्छन्, अञ्जन । उनको ह्याट्रिकसँगै नेपालले बंगलादेशविरुद्ध अपराजित यात्रा पा“च खेलसम्म पु¥याउँदै २०२२ फेब्रुअरीयता पहिलो जित निकालेको छ ।

पहिलो ह्याट्रिक
बिनाकारण राष्ट्रिय टिमबाट फालिएपछि ‘इख’ पालेका अञ्जनले पुनरागमनको पहिलो खेलमै दमदार ह्याट्रिक गर्दै ‘अझै राष्ट्रिय टोलीका लागि योग्य रहेको’ प्रमाणित मात्रै गरेनन् । राष्ट्रिय टोलीबाट ह्याट्रिक गर्ने छ्रैटौं खेलाडीसमेत बनेका छन् । यसअघि, यो उपलब्धि गणेश थापा, नरेश जोशी, निराजन रायमाझी, भरत खवास र नवयुग श्रेष्ठले गरेका थिए ।

अञ्जन ६ वर्षपछि नेपालका लागि ह्याट्रिक गर्ने पहिलो तथा दशरथ रंगशालामा ह्याट्रिक गर्ने दोस्रो खेलाडी बने । ९ वर्षअघि भरत खवासले रंगशालामा नर्दन मारियाना आइल्यान्डविरुद्ध ६–० को जितमा ह्याट्रिक गरेका थिए ।

यति मात्रै होइन, बंगलादेशसँगको खेलबाट अञ्जनका लागि अर्काे संयोग पनि बनाएको छ । सन् २०१४ अक्टोबरमा फिलिपिन्ससँगको मैत्रीपूर्ण खेलबाट वैकल्पिक खेलाडीका रूपमा राष्ट्रिय टोलीमा ‘डेब्यु’ गरेका हेटौंडाका २४ वर्षीय अञ्जनले राष्ट्रिय टोलीबाट ५० क्याप जित्दा १० अन्तर्राष्ट्रिय गोल भ्याए ।

अब उनी नेपालबाट सर्वाधिक गोल गर्ने निराजन रायमाझी र हरि खड्काको कीर्तिमाननजिक पुगेका छन् । अञ्जनले पूर्वकप्तान अनिल गुरुङ र भरत खवासको गोल संख्यासँग बराबरी (१०) गोल गरेका छन् ।

सर्वाधिक गोलकर्ता निराजन र हरि खड्काले समान १३ गोल गरेका छन् । स्टार विमल घर्तीमगरको नाममा ९ गोल छ । जुमानु राईले ११ गोल गरेका छन् ।

‘मैले गत वर्ष साफ च्याम्पियनसिप दौरानमा भनेको थिए“, यति गोल गर्छुभन्दा पनि टिमले जिग्यो भन्न चाहन्छु । म गोलभन्दा पनि टिमको जितका लागि खेल्छु,’ अञ्जन भन्छन् ‘टिमले जित्दा एक न एक जनाले गोल गरिहाल्छ, यसमा म पनि पर्न सक्छु, कहिले मेरा साथी पनि पर्न सक्छन् । सबैभन्दा महत्वपूर्ण जित हो ।’

फुटबल करिअर सुरु गरेको क्षणबाट कहिल्यै ‘खेल्दिन“’ नभनेका उनी आपूmलाई ‘सरकारले केही गरेन भनेर स्वार्थका लागि कहिल्यै नखेलेको’ बताउ“छन् । डेब्यु गरेयता सुरुवाती २८ खेलमा गोल गर्न नसकेका अञ्जनले पछिल्ला २२ खेलमा भने १० गोल गर्दै रप्mतार बढाएका छन् ।

अञ्जनले सन् २०१९ मा भएको फिफा विश्वकप कतार २०२२ छनोटमा चाइनिज ताइपेईविरुद्धको खेलबाट पहिलो अन्तर्राष्ट्रिय गोल गरेका थिए । उनले चाइनिज ताइपेईविरुद्ध ३ गोल, बंगलादेशविरुद्ध ४, श्रीलंका, भारत र इराकविरुद्ध समान १ गोल गरेका छन् ।

अन्तर्राष्ट्रिय गोल
१० सेप्टेम्बर २०१९ मा विश्वकप छनोट २०२२ मा चाइनिज ताइपेईविरुद्ध २ गोल
२९ मे २०२१ मा मैत्रीपूर्णमा इराकविरुद्ध १ गोल
३ जुन २०२१ मा विश्वकप छनोट २०२२ मा चाइनिज ताइपेईविरुद्ध १ गोल
२ सेप्टेम्बर २०२१ मा मैत्रीपूर्णमा भारतविरुद्ध १ गोल
४ अक्टोबर २०२१ मा साफ च्याम्पियनसिपमा श्रीलंकाविरुद्ध १ गोल

१३ अक्टोबर २०२१ मा साफ च्याम्पियनसिपमा बंगलादेशविरुद्ध १ गोल

२७ सेप्टेम्बर २०२२ मा मैत्रीपूर्णमा बंगलादेशविरुद्ध ३ गोल

नेपालबाट ह्याट्रिक गर्ने खेलाडी
गणेश थापा
सन् १९८७ दोस्रो दक्षिण एसियाली खेलकुद, भारत
भुटानविरुद्ध ६–२ जितमा ह्याट्रिक

नरेश जोशी
सन् १९९९ साफ च्याम्पियनसिप, भारत
श्रीलंकाविरुद्ध ३–२ को जितमा ह्याट्रिक

निराजन रायमाझी
सन् २००१ विश्वकप छनोट, बग्दाद–अल्माटी
मकाउविरुद्ध ६–१ को जितमा ह्याट्रिक

भरत खवास
सन् २०१३ एएफसी च्यालेन्ज कप छनोट, नेपाल
नर्र्दन मारियाना आइल्यान्डविरुद्ध ६–० को जितमा ह्याट्रिक

नवयुग श्रेष्ठ
सन् २०१६ बंगबन्धु गोल्डकप, बंगलादेश
माल्दिभ्सविरुद्ध ४–१ को जितमा ह्याट्रिक

अञ्जन विष्ट
सन् २०२२ अन्तर्राष्ट्रिय मैत्रीपूर्ण, नेपाल
बंगलादेशविरुद्ध ३–१ को जितमा ह्याट्रिक

तपाइको प्रतिक्रिया
(Visited 183 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

पूर्वराजा ज्ञानेन्द्रलाई राप्रपाले पार्टी अध्यक्ष बनाए हुन्छ: सभापति देउवा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भरतपुरमा गठबन्धनका उम्मेदवार जीत नजिक