दसैं टिकटमा सधैं सास्ती

काठमाडौं । दसैंको बेला वर्षौंदेखि भोग्दै आएको ‘टिकट सास्ती’का कारण काठमाडौं उपत्यकाबाट बाहिरिने सर्वसाधारण यसपटक पनि मारमा परेका छन् ।

दसैं मनाउन उपत्यकाबाट गाउँ हिँडेका सर्वसाधारण दोब्बर महँगोसम्म टिकट किन्न बाध्य भएका छन् । यात्रु ठगिरहेको अवस्थामा अनुगमन, सहजीकरण तथा समन्वयकोे मुख्य जिम्मेवार निकाय ट्राफिक प्रहरी, यातायात व्यवस्था विभागलगायतको भूमिका गौण देखिएको छ ।

नयाँ बसपार्क, कोटेश्वर, कलंकीलगायत स्थानमा टिकट नपाएर अलपत्र यात्रु संख्या ठूलो रहेको पाइएको छ । कतिपय दोब्बर महँगोमा टिकट किन्न बाध्य भएका छन् भने कतिपय उभिएरै यात्र गर्न बाध्य भएका छन् ।

नयाँ बसपार्कमा शनिबार भेटिएका एक यात्रुले काउन्टरमा टिकट सकिएको जनाएपछि दोब्बर महँगोमा टिकट किनेको बताए । ‘सबै टिकट बुक भइसक्यो, तपाईं रिजर्भमा जानुहुन्छ भने दोब्बर लाग्छ भनेपछि दोब्बरै महँगो हालेर नै लिएँ, दसैंमा घर जानैप¥यो,’ उनले राजधानीसँग भने ।

अनुगमन अभावमा यात्रुको बिचल्ली

यातायात व्यवसायी काठमाडौंबाट जाँदा मान्छे भएपछि फर्कंदा रित्तै आउनुपर्ने कारण आउने–जाने रकम जोडेर ‘रिजर्भ’मा लाने गरेको तर्क गर्छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ अध्यक्ष विजय स्वाँर यात्रुले सास्ती भोग्नुपरेको सत्य भएको स्वीकार्छन् । ‘यात्रुले सास्ती भोग्नुपरेको शतप्रतिशत सही हो, बाटो मर्मतसम्भार सरकारले नगरेकाले समयमा गन्तव्य पु¥याउन र ल्याउन सकिएन,’ उनले राजधानीसँग भने ।

अध्यक्ष स्वाँरका अनुसार यातायात समिति हुँदा समितिले नै १०÷१५ हजार दिएर गाडी पठाउने गरे पनि अहिले समिति नै खारेज भएपछि यात्रु समस्यामा परेका हुन् ।

दसैंका लागि सबै टिकट बुक भइसकेको जनाउँदै उनले अहिले जान चाहनेलाई लोकल गाडी व्यवस्थापन गरेर पठाउने कार्य भइरहेको जानकारी दिए ।

यात्रुले भने व्यवसायीले ‘सबै टिकट बुक भइसकेको जनाएर महँगोमा बेच्ने गरेको’ आरोप लगाएका छन् । नियमित गुड्ने गाडी पनि ‘रिजर्भ’का रूपमा राखेर महँगो भाडा असुल गरेको उनीहरूको गुनासो छ ।

यातायात व्यवस्था विभाग, यातायात व्यवसायी, प्रहरीलगायतको समन्वयमा गत १ असोजदेखि दसैंका लागि अग्रिम टिकट बुकिङ खुला गरिएको थियो । दसैंमा आज र भोलिसम्म घर फर्कनेको चाप लाग्ने गर्छ ।

सरकारले दसैंका लागि रुट पर्मिट खुला गरेको छ । सरकारी तहबाट दसैंको टिकटका लागि सहजीकरण, समन्वय तथा अनुगमनका लागि अन्य प्रभावकारी काम भने भएको पाइएको छैन ।

‘१६ लाख यात्रु बाहिरिए’
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ अध्यक्ष स्वाँरले हालसम्म १६ लाख सर्वसाधारण काठमाडौंबाट बाहिरिएको बताएका छन् । गत १ असोजदेखि अहिलेसम्म १६ लाख यात्रु बाहिरिएको र अझै ५÷६ लाख यात्रु बाहिरिने उनको दाबी छ ।

ट्राफिक प्रहरीका अनुसार भने काठमाडौं उपत्यकाबाट बाहिरिने संख्या केही कमी छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार दसैं सुरु भएपछि घटस्थापनादेखि क्रमशः बाहिरिने यात्रु चाप भने बढिरहेको छ । घटस्थापनाका दिन ६० हजार यात्रुले उपत्यका छाडेका थिए ।

बिहीबार ७१ हजार ७ सय यात्रुले उपत्यका छाडेकामा शुक्रबार उपत्यका छाड्नेको संख्या ८४ हजार रहेको छ । शनिबार करिब २ लाखले उपत्यका छाडेका छन् ।

प्रहरीको अभिलेखभन्दा बाहिर रिजर्भ गरेर विभिन्न नाका हुँदै जाने र निजी सवारीमा जानेको संख्या यकिन नभएकाले उपत्यका छाड्ने संख्या दोब्बर हुन सक्ने अनुमान छ ।

बाहिरिने लामो जाम
काठमाडौं उपत्यकाबाट बाहिरिनेको संख्या बढेसँगै मुख्य नाका पृथ्वी राजमार्गअन्तर्गत नागढुंगा र बीपी राजमार्ग कोटेश्वरबाट विभिन्न ठाउँ सवारीको लामो जाम लाग्न थालेको छ ।

काठमाडौं नागढुंगामा सवारीसाधनको चाप बढेकाले त्यहाँबाट सुरु लाइन शनिबार बिहान र बेलुका थानकोटसम्म आइपुगेको थियो । बीपी राजमार्गका विभिन्न सडकमा पनि लामो लाइन लागेको छ ।

ट्राफिक प्रहरीलाई जाम खुलाउन हम्मे परेको पाइएको छ । लामो सवारी जामका कारण मुख्य नाकामा गरिने भनिएको अनुगमन तथा चेकजाँचसमेत प्रभावित रहेको पाइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 52 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

रुपन्देही १ बाट एमालेका छविलाल विश्वकर्मा निर्वाचित, घनश्याम भूसाल पराजित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९