सुखमय बितोस् दसैं

यस वर्षको दसैं हाम्रो घर आँगनमा भित्रिसकेको छ । दसैंको सुरुवातसँगै चौतर्फी उत्साह उमंग छाएको छ । देशविदेशबाट दसैं मनाउन र आफ्ना मान्यजनसँग टीका ग्रहण गर्न मानिस आआफ्नो घर फर्कने क्रम जारी छ । सबैतिर दसैंको माहोलले ढपक्क ढाकिसकेको छ ।

विगतका केही वर्षका दसैंहरू कोरोना महामारीका कारण केही खल्लो हुन पुगेको थियो तर अहिले कोरोना धेरै हदसम्म नियन्त्रणमा रहेकाले यसपटकको दसैंमा सर्वसाधारणको सक्रियता र उत्साह एकैचोटि बढ्ने देखिन्छ । यद्यपि ढेंगु संक्रमणको डर भने यथावत् नै छ । ढेंगु हुन नपाओस् भनेर आवश्यक सावधानी अपनाउँदै दसैं मान्नुपर्ने भएको छ ।

यो वर्षको दसंै विगतभन्दा भिन्न रौनकका साथ मनाइँदै छ । यो नेपालीका लागि सर्वाधिक महŒवको चाड पनि भएकाले वातावरण केही सहज र सरल बनिदिँदा दसैं सुखमयका साथ मनाउन सकिने अवस्था सिर्जना हुनु निकै सुखद हो ।

यद्यपि, पर्वको मुखैमा आउँदा दुर्घटनाका कुरा पनि सुन्नमा आइरहेका छन् । आफू सतर्क र सचेत हुँदाहुँदै पनि बाह्य पक्षका कारण निम्तने संन्त्रास वा खतरा पनि उत्तिकै छ । जिउधनको सुरक्षाका कुरा पनि पर्वका बेलामा चुनौतीको विषय बनिरहेका हुन्छन् । आन्तरिक चुनौतीको सचेततापूर्वक व्यवस्थापन गर्न सकिन्छ पनि तर बाह्य चुनौती भने अत्यन्त संवेदनशील हुन्छ ।

तर, पनि सावधानीभन्दा अरू उपाय हामीसँग हुँदैन । यसका लागि व्यक्ति, परिवार, समाज र राज्य नै आआफ्नो ठाउँमा सजग, सतर्क र जवाफदेही बन्नैपर्छ । यी सबै कुरा बृहत्तर क्षेत्र घेराभित्र पर्छन् । तथापि, हरेक व्यक्तिमा हुने चनाखोपनले सबैभन्दा बढी प्रभावकारी काम गर्न सक्छ । योबेलामा व्यक्तिको पेसा, व्यवसाय, आर्थिक गतिविधि, व्यक्तिको व्यवहार र कार्यशैली तथा सामाजिक प्रतिष्ठा एवं दायित्वसमेतको आधारमा सुरक्षा चुनौती कमबेसी हुन सक्छ । सामान्य चुनौती भने सबैका लागि रहिरहन्छ । यसका साथै, खानपान, दसैं व्यवस्थापन, सामाजिक लोकलज्जा, देखासिकी तथा इष्र्या र डाहाले पनि यतिबेला समस्या निम्त्याउन सक्छ । रंगीबिरंगीका तयारी खाना, बजारीया खाना, अत्यधिक मासुको प्रयोग, फ्रिजमा राखिएका सामानको उपयोग, अनिद्रा, मदिरा तथा जुवातास आदिले संकट ल्याउन सक्छन् । यसबेला अनावश्यक खर्च, देखासिकी र अनावश्यक फूर्तिफार्तीले पनि संकटको सीमा बढाउन सक्छ । पर्वमा टाढाबाट घर फर्कने, आफन्तको लहर चल्ने, सवारी अत्यधिक प्रयोग हुने, सहयात्रीसँग व्यवहार बढी हुने, खाँदा बस्दा, सामानको हिफाजत नहुने हुनाले पनि जोखिम निम्तन सक्छ । यसतर्फ सबै जना विशेष चनासो र संवेदनशील हुन जरुरी छ । सकेसम्म समस्या आउन नदिनेगरी दसैंलाई समस्याविहीन रूपमा मनाउनुपर्छ सबै मिलेर ।

दसैं मनाउँदा सबैले आआफ्नो गच्छेअनुसार त्यसमा नै सन्तुष्ट भएर मनाउनुपर्छ । अरू कसैको पनि देखासिकी गर्नु मनासिब हँुदैन । महँगी अचाक्ली बढेको छ । यद्यपि, दसैंको यो समयमा आपूmलाई सहज हुनेगरी खुसीका सबै उपाय भने अपनाउन सक्नुपर्छ । आर्थिक मितव्ययितालाई ख्याल गरी दसैं सभ्य र भव्य रूपमा मनाउन सक्नुपर्छ । दसैं सबैको सुखमय र उल्लासमय बन्न सकोस्, यही शुभकामना ।

तपाइको प्रतिक्रिया
(Visited 168 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

'गणेशमानले पोष्ट गरेको भिडियोमा सत्यता छैन'

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कपिलवस्तुमा १३ जनाको उम्मेदवारी रद्द