चाडबाडमा बढ्ने जंक तथा फास्टफुड

जुन खानामा पौष्टिकता हँुदैन र नुन, चिनी वा वासना बढी हुन्छ त्यसलाई जंकफुड भनिन्छ । कतिपय फास्टफुड जंकफुड हुन सक्छन् तर सबै जंकफुड फास्टफुड हुन् । स्वादमा मिठो, पाक्नमा छिटो, राख्नमा सजिलो हुने हुँदा धेरैले मन पराउँछन् । केटाकेटी र वयस्क पनि यस्ता खानेकुरा खान पाए दाल, भात, तरकारी खानै मान्दैनन् । बाबुआमाले पनि स्कुले छोराछोरीलाई खाजाका रूपमा यिनै राखिदिन्छन् । हामी पनि होटल, रेस्टुरेन्ट जाँदा यस्तै खानेकुरा बढी खान्छांै । घरमा खाना बनाएर खान निकै झन्झट मान्ने वा समयको अभाव भएका व्यक्तिले तयारी वा अर्धतयारी खानामा निकै जोड दिने गरेको पाइन्छ । निकै आकर्षक बट्टामा पाइने, क्षणिक स्वादिलो र छिट्टै तयार गर्न सकिने खालका तयारी खानाले समयको बचत र मिठो स्वाद दिने भए तापनि पैसाको खर्च त छँदै छ । दीर्घकालीन रूपमा स्वास्थ्यका लागि घरमा तयार पारिएको ताजा खानाभन्दा निकै नकारात्मक असर पार्छ ।

नेपाल सरकारले दुई वर्ष अघिदेखि विद्यालयमा तयारी खाजामा बन्देज लगाएको छ । तर, सूचना र सञ्चारबाट वञ्चित गृहिणीमा थाहापत्तो नै छैन । सञ्चार माध्यमले पनि प्राथमिकता दिदैनन् र कार्यान्वयनमा आएको छैन । तयारी खानाको अत्यधिक प्रयोगले एकातिर बालबालिकाको स्वास्थ्य र आनीबानीमा नकारात्मक असर पारिरहेको छ भने अर्काेतिर अभिभावक विशेÈः गृहिणीलाई अल्छी बनाएको छ । तयारी खानाका बट्टाले वातावरण प्रदूÈण त बढाएको छ नै परम्परागत खानामा लाग्ने परिश्रम, सिर्जना, फाइदा, आर्थिक बचत तथा कम फोहोर उत्पादनमा कमी भएको छ ।

बेलायती खोजकर्ताहरूले खानेबानीमा देखिएको परिवर्तन महँगो साबित भएको बताएका छन् । चार वर्ष उमेका ४ हजार बढी बालबालिकामा भएको खोजले जंक फुडले बालबालिकामा मोटोपना वृद्धि मात्रै गर्दैन उनीहरूको मस्तिष्क वा आईक्यूको स्तरसमेत घटाउँछ । अमेरिकी एकेडेमी अफ पेडियाट्रिक्सका अनुसार ईनर्जी ड्रिकंसमा सफ्ट ड्रिकंसमा भन्दा धेरै बढी क्यालोरी र १४ प्रतिशत बढी कैफिन हुनेहुनाले शक्ति र स्पूmर्तिका नाममा धेरै बेफाइदा गर्छ । बाहिरबाट क्यालोरी थप्दा मोटोपनाको खतरा बढ्छ । दाँतसमेत बिग्रन्छ, मधुमेह र मुटुरोगको खतरा बढ्छ । बेलायतमा भएको खोजले जंकफुडको सेवनले मस्तिष्कलाई चिनी, बोसो र नुनको बढी मात्रामा भएको भोजन लिनलाई प्रेरित गर्छ र नशाको अम्मल जस्तै जंक फुडको अम्मलले च्याप्छ । बेलायतको लन्डन, स्विडेनको युमिआ विश्वविद्यालयमा गरिएको वैज्ञानिक अध्ययनमा जंकफुड बढी प्रयोग गर्ने महिलामा क्यान्सर हुने सम्भावना निकै गुणा बढी पाइएको छ ।

बिट्रिस जर्नलमा प्रकाशित लेखमा गर्भवती महिलाले जंकफुड सेवन गरे जन्मने बच्चामा पनि लत बस्ने, मोटोपना र मधुमेहको सम्भावना रहन्छ । जंकफुडले हिरोइन, कोकिनजस्तै लत बसाउँछ । जादुको छडीजस्तो देखिनेगरी चित्रित यस्ता प्याकेटका मन्द विष जंकफुडले हाम्रो स्वास्थ्य दिन प्रतिदिन बिगार्दै छ, मुटु, कलेजो, मिर्गौला रोग, उच्च रक्तचाप, मधुमेह, युरिक एसिड, कोलेस्टेरोल, हृदय तथा मस्तिष्क घात, क्यान्सरसम्मका अनगिन्ती नसर्ने रोग उत्पन्न भइरहेका र बढेको बढ्यै छ । त्यसैमा तयारी खानालाई धेरै समयसम्म जोगाइ राख्न पिर्जभेटिभ, आकर्षक बनाउन रंग तथा खानयोग्य बनाउन एडिटिभ, फ्लेबरिङ एजेन्टजस्ता विभिन्न प्रकारका रसायनिक तŒवको मिसावट हुने भएकाले डब्बा वा प्याकेटमा बन्द तयारी खानाले बेफाइदा गर्छ ।

कोल्ड तथा इनर्जी ड्रिंक्स र जंकफुड नियन्त्रण गर्न नेपालमा कुनै नियम कानुन बनिसकेको छैन

अजिनोमोटोले वजन बढाउने, हडी गलाउने, टाउकाको, छातीको पीडा, मुटुरोग, दम, फुड एलर्जी, अपच, उत्तेजना, मस्तिष्क कोषको नोक्सान, लत बसाल्ने, सास लिन कठिन, घाँटी पछाडि र नाडीमा जलन, वाकवाकी, कमजोरी, हाड, मिर्गौला, कलेजोलाई क्षति, ओस्टियोपोरोसिसलगायतका अन्य समस्या ल्याउन सक्छ । खानेकुरालाई धेरै तताई वा सेकाई फास्टफुड बनाउँदा तिनको काब्र्राेहाइडे«ट, प्रोटिन, स्टार्चजस्ता पदार्थ नष्ट भई खानेकुरा पौष्टिकविहीन, अपाच्य, कार्सिनोजन बन्छ । बढी चिल्लो खाए, उच्च रक्तचाप, हृदयघातजस्ता रोग लाग्ने, एडिपोस तन्तुमा जम्मा भई बोसोको मात्रा बढ्न जान्छ । शरीर मोटो, थिलथिलो भई कुनै पनि रोगले च्याप्न सक्छ । बढी मसलादार, तारेको, भुटेको मासु, खाद्य पदार्थले पनि पेट र आन्द्राका लागि अहितकर एवं क्यान्सर वृद्धिमा सघाउ पु¥याउने गर्छ । आवश्यकताभन्दा बढी ऊर्जा प्राप्त भई जम्मा हुँदा मानिस बेचैन हुने, केही न केही गरिरहने, ध्यान एक ठाउँमा केन्द्रित गर्न नसक्ने तथा चिल्लो पदार्थ बढी भएको कारण राम्रोसँग पचाउन नसक्ने, बोसो लाग्ने, दिमागमा उग्र विचार प्रक्षेपण गर्ने, ध्वंसात्मक तथा तोडफोड काम गर्न रुचाउने हुन जान्छ । अत्यधिक ऊर्जा सेवनले शरीरका अंग अनावश्यक रूपमा मोटाउँदै गई उच्च रक्तचाप, मधुमेह, दम, मुटुसम्बन्धी रोग देखिने सम्भावना बढ्छ । अनियमित फास्टफुडले नियमित भोजनको पौष्टिक तŒवलाई समेत बिगार्छ ।

इनर्जी ड्रिंक
चिनी मध्यम मात्रामा सुरक्षित हुन्छ, एक वयष्कलाई दैनिक ३५ ग्राममा नबढाउने भनिए पनि शक्तिवर्धक पेयमा मात्रा बढी हुन्छ । चिया, कफी, कोकाकोला र चकलेटमा पाइने उत्तेजक रसायन क्यापिनले कम मात्रामा आनन्द, कम थकावट र ताजकिपन दिन्छ, स्नायुप्रणाली, मुटु, मांशपेसीको उत्तेजना बढाउँछ, शरीरको ग्लुकोज, बोसो मेटाबोलिज्म दर वृद्धि गरी शक्ति प्रवाह बढाउँछ । मात्रा बढी भए वाकवाकी, धडकन बढ्ने, टाउको दुख्ने, अनिद्रा, तनाव, चिडचिडाहट, काम्ने, फिज काड्ने, मतिभ्रम हुन्छ । तसर्थ बच्चा, गर्भवती, स्तनपान, मधुमेहीलाई निषेध गरिनुपर्छ । लगातार क्याफिनयुक्त पेयपदार्थको सेवनले लत लाग्ने र छिनछिनमा पिसाब लागी जल वियोजन हुने डर रहन्छ । भेनेजुएला र ब्राजिलको स्थानीय बेरी ग्वारानाको बिउको धुलो चियाका रूपमा प्रयोग गरिन्छ । जसमा कफीभन्दा दोब्बर क्याफिन हुन्छ । टोरिन नामक एमिनोएसिड क्याफिनको असर बढाउन तथा मांसपेसीको थकान कम गर्न प्रयोग गरिन्छ । शारीरिक र मानसिक ऊर्जा दिने विश्वास गरिएको चिनियाँ हर्बल जिनसेङ पनि मिसाइएको हुन्छ । जिनसेङको मात्रा बढेमा टाउको दुख्ने, मुटुको धडकन वृद्धि, अनिद्रा, तनाव, छाती दुख्ने, वाकवाकीजस्ता अनेकन लक्षण देखिन्छन् । तीतो सुन्तलामा पाइने सिनेफ्रिनले क्याफिन र ग्वारानासँग मिलेर स्नायुप्रणालीलाई उत्तेजित पार्छ । रक्तनली साँघुरो बनाई रक्तचाप, मुटुको धडकन बढाउँछ ।

सरकारले दुई वर्षदेखि विद्यालयमा जंकफुडमा बन्देज लगाए पनि सूचना र सञ्चारबाट वञ्चित गृहिणीलाई थाहापत्तो छैन

अमेरिकी खाद्य तथा औषधि प्रशासनले दैनिक एक जना वयष्कले ४ सय मिग्रा क्याफिनसम्मलाई सुरक्षित मानेको छ । जुन ५ कप कफीमा पाइने क्याफिन बराबर हो । शक्तिवद्र्धक पेयको क्याफिनले मदिराको प्रभाव कम गर्ने भएकाले साथै पिउँदा बढी पिइने र स्वास्थ्यमा जोखिम बढाउँछ ।

कोल्ड ड्रिंक्स
कोल्ड ड्रिंक्समा धेरै चिनी र अम्ल हुन्छ तर भिटामिन, खनिज र फाइबर तथा पोषकतŒव हँुदैनभन्दा हुन्छ । त्यसैले यस्ता खानेकुरा प्रायः उमेर समूहका लागि हानिकारक हुन्छन् । जस्बाट अम्ल, दाँत खिइने, कुपोषण, मोटोपना, क्यान्सर, मुटुरोग, मधुमेह, दीर्घकालीन स्वासप्रश्वास समस्या र तिनका जटिलता निम्त्याउँछ ।

आवश्यकताभन्दा बढी उर्जा प्राप्त भई जम्मा हुँदा मानिस बेचैन हुने, केही न केही गरिरहने, ध्यान एक ठाउँमा केन्द्रित गर्न नसक्ने तथा चिल्लो पदार्थ बढी भएको कारण राम्रोसँग पचाउन नसक्ने, बोसो लाग्ने, दिमागमा उग्र विचार प्रक्षेपण गर्ने, ध्वंसात्मक तथा तोडफोड काम गर्न रुचाउने हुन जाने तथ्य अनुसन्धानबाट देखिएको छ । अत्यधिक ऊर्जा सेवनले शरीरका अंग अनावश्यक रूपमा मोटाउँदै गई उच्च रक्तचाप, मधुमेह, दम, मुटुसम्बन्धी रोग देखिने सम्भावना बढ्छ । फास्टफुडले नियमित भोजनको पौष्टिकतŒवलाई समेत बिगार्ने गरेको तथ्य खोजले देखाएका छन् । हाम्रो स्वास्थ्य दिन प्रतिदिन बिँग्रदै छ, मुटु, कलेजो, मिर्गौला रोग, उच्च रक्तचाप, मधुमेह, हृदय तथा मस्तिष्क घात, दा“त तथा मुखमा संक्रमण, असामान्यता, क्यान्सरजस्ता नसर्ने रोगहरू उत्पन्न भइरहेका र बढेको बढ्यै छ ।

अन्तमा, कोल्ड तथा इनर्जी डिकंस र जंक फुड नियन्त्रण गर्न नेपालमा कुनै नियम कानुन बनिसकेको छैन । अन्य मुलुकमा झंै हामी कहाँ पनि फास्टफुड फास्ट डेथ भन्न ढिला नगरी ऐन कानन बनाउन तदारुकता देखाउनैपर्छ । नेपालमा हुने कुल मृत्यृको ७० प्रतिशत हिस्सा नसर्ने रोगले ओगटेको छ । नसर्ने रोगका रोकथामका लागि यस्ता खानेकुरा नियन्त्रण हुनैपर्छ । दूध, दुग्धजन्य पदार्थ, धेरै प्रकार र रंगका ताजा हरियो सागपात, रेसादार तरकारी र फलपूmल सन्तुलित भोजनका रूपमा अनिवार्य रूपमा दैनिक खाने र स्वास्थ्यमैत्री आदतबानी र जीवनशैली अपनाउन र बसाल्नुपर्छ ।
डा. बुढाथोकी नेपाल चिकित्सक संघका केन्द्रीय कोषाध्यक्ष हुनुहुन्छ ।

तपाइको प्रतिक्रिया
(Visited 64 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

रुपन्देहीमा सत्ता गठबन्धनको क्लिन स्विप, गृहमन्त्रीलाई बोहराले हराए

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९