थाइल्यान्डमा गोली चल्दा कम्तीमा ३१ जनाको मृत्यु एजेन्सी

बैंकक । थाइल्याण्डको उत्तरपूर्वी प्रान्तमा रहेको बालबालिकाको दिवा हेरचाह केन्द्रमा बिहीबार भएको गोलीकाण्डमा कम्तीमा ३१ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

पीडितहरूमा बालबालिका र वयस्क दुवै रहेको प्रहरीले एक विज्ञप्तिमा भनेको छ । बन्दुकधारी एक पूर्वपुलिस अधिकारी रहेको र उनको खोजी भइरहेको जनाइएको छ । प्रधानमन्त्रीले सबै निकायलाई कारबाही गर्न र दोषीलाई पक्राउ गर्न सचेत गराएको सरकारी प्रवक्ताले बताए ।

थाइल्यान्डमा सामूहिक गोलीबारीका घटना यदाकदा हुने गरेका छन् । सन् २०२० मा एक क्रुद्ध सिपाहीले गोली चलाउँदा कम्तिमा २९ जनाको मृत्यु भएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 302 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

नागरिक उन्मुक्ति पार्टीको महाधिवेसन पुस २६-२८मा

कुरी-कुरी

Kuri Kuri – Ashoj-8 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
Kuri Kuri – Ashoj-8 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
भरतपुरमा गठबन्धनका उम्मेदवार जीत नजिक