Tuesday, October 27, 2020
Home अर्थ माछाखोला जलविद्युत आयोजनामा वाणिज्य बैंकले लगानी गर्ने

माछाखोला जलविद्युत आयोजनामा वाणिज्य बैंकले लगानी गर्ने


काठमाडौं । विकास हाइड्रोपावर कम्पनी द्वारा प्रवद्र्धित अप्पर माछाखोला जलविद्युत आयोजनामा राष्ट्रिय वाणिज्य बैंकले लगानी गर्ने भएको छ ।

विकास हाइड्रोपावर कम्पनी र बैंकबीच बिहीवार वित्तिय व्यवस्थापन सम्झौता सम्पन्न भएको छ । सम्झौता समारोहमा हाइड्रोपावरका प्रबन्ध निर्देशक कृष्ण घिमिरे, निर्देशक सरोज धिताल र सुनिल श्रेष्ठ तथा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठलगायत पदाधिकारीहरुको उपस्थितिमा लगानीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो ।

सम्झौता अनुसार कुल ८१ करोड ६५ लाखको लगानीमा निर्माण हुने आयोजनामा बैंकले ४९ करोड ऋण लगानी गर्नेछ । बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले यो आयोजनामा कुनै ‘रिस्क’ नदेखेकोले बैंकले लगानी गरेको बताए । ‘युवा साथीहरुको काम गर्ने उत्साह देखेर खुशी छौं । आयोजना समयमै निर्माण हुने र सबैले लाभ प्राप्त गर्नेमा पनि आशाबादी छौं’, श्रेष्ठले भने । श्रेष्ठले वाणिज्य बैंक सरकारी बैंक भएपनि नीजि बैंकहरुभन्दा अगाडि रहेर जलविद्युत आयोजनालाई प्राथमिकतामा राखेर लगानी गरिरहेको जानकारी दिए ।

गैरआवासीय नेपाली (एनआरएन) सहितको लगानीमा गोरखामा ४ दशमलव ५५ मेगावाटको हाइड्रोपावर निर्माण शुरु भइसकेको छ ।

कम्पनीका अध्यक्ष तथा गैरआवासीय नेपाली संघ (एनआरएनए) एशिया प्याशिफिक सहसंयोजक खगेन्द्र न्यौपानेले आयोजना २०७८ मै सक्ने गरि काम तीब्र रुपमा भइरहेको बताउँदै एनआरएनए र स्थानीयको लगानीमा आयोजना निर्माण भएको बताए । उनले आयोजनामा स्थानीयको पूर्ण सहयोग र समर्थन रहेकाले कम खर्चमा उत्कृष्ट आयोजना बन्ने बताए । आयोजनाको लाइन धादिङको बसेरीमा जोडन लागिएको उनको भनाई थियो ।

गैरआवासीय नेपाली (एनआरएन) सहितको लगानीमा गोरखामा ४ दशमलव ५५ मेगावाटको हाइड्रोपावर निर्माण शुरु भइसकेको छ । गोरखाको धार्चे गाउँपालिको माछाखोलामा अप्पर माछाखोला जलविद्युत आयोजनाका लागि काम भइरहेकोे न्यौपानेले बताए । लाप्राक र सिङ्लाको बीच भाग भएर बग्ने धार्चे ५ को माछाखोलाबाट विकास हाइड्रोपावर कम्पनीले ४ दशमलव ५५ मेगावाटको जलविद्युत उत्पादनका लागि माछाखोलामा निर्माणको काम अघि बढिसकेको न्यौपानेले बताए ।

निर्माणका लागि आबश्यक सबै प्रक्रिया सकी लाइसेन्स लिइसकेको र बाँध निर्माणका लागि जग्गा खरिद गरिसकेको उनको भनाई थियो । सबै ठेक्काको काम सकिसकेको जानकारी दिँदै न्यौपानेले बैंकिंङ एग्रिमेन्टको काम पनि सकिएको र आयोजनालाई चाहिने सम्पुर्ण मोटरबाटोको निर्माण कार्य सम्पन्न भएको जानकारी दिए । ट्रान्समिसन लाईन र बिधुत प्रशारण लाईनको सम्झौतासमेत सकिएर निर्माण कार्य शुरू भैरहेको उनको भनाई थियो ।

‘हामी झोलामा खोला बोकेर हिड्दैनौं । काम धमाधम भइरहेको छ निर्धारित समयभन्दा छिट्टो प्रोजेक्ट सक्छौ ।’ बाँधस्थलबाट तीन किलोमिटर पानी ल्याउने र २१० मिटर उचाइबाट पानी खसालेर विद्युत उत्पादन गर्ने न्यौपानेले बताए । न्यौपानेले आफुहरुले पिपिए गर्दा दुई बर्षमा निर्माण सम्पन्न गर्ने भनिए पनि त्यो भन्दा छिटो निर्माण सम्पन्न हुने दाबी गरे ।

आयोजनाबाट उत्पादित विद्युत नेपाल विद्युत प्राधिकरणले खरीद गर्ने गरी विद्युत खरीद सम्झौता(पिपिए) सम्पन्न भइसकेको समेत अध्यक्ष न्यौपानेले जानकारी दिए । आयोजनासँग प्रधिकरणले हिउँदमा प्रतियुनिट ८ रुपैयाँ ४० पैसा र बर्षामा प्रतियुनिट ४ रुपैयाँ ८० पैसामा खरिद गर्ने गरि गत कात्तिकमा नै पिपिए भएको छ ।

आयोजनाको लागत ८१ करोड ६५ लाख रहेको छ । जसमध्ये ६० प्रतिशत लगानी बैंकले गरेको र बाँकी ४० प्रतिशत लगानी स्थानीय लगानीकर्ता र संचालक समितिले गर्ने भएका छन् ।

विकास हाइड्रोपावरमा एनआरएनएन एशिया प्याशिफिक सहसंयोजक अध्यक्ष खगेन्द्र न्यौपानेसँगै नेपाल बिज्ञापन संघका सचिब कृष्ण घिमिरे, सरोज धिताल, सुनिलबाबु श्रेष्ठ र इन्द्र ढकाल सञ्चालक समितिमा रहेका छन् । विकास हाइड्रोपावर कम्पनीले नै ४ दशमलव ५५ मेगावाटको अप्पर माछाखोला जलविधुत आयोजनासंगै अन्य जलविधुत आयोजना निर्माणको पनि प्रक्रिया शुरु गरेको छ ।

विकास हाइड्रोपावर कम्पनी प्रालिका प्रबन्ध निर्देशक एंव स्थानीय घिमिरेले कम्पनीले सञ्चालन गर्ने आयोजनाहरूमा स्थानीय जनताको नै अधिकतम सहभागिता र स्थानीयकै धेरै शेयर लगानी रहेको बताए । सञ्चालक घिमिरेले स्थानीयसँगको सहकार्यबाटै कम्पनीले निर्माण गर्न लागेको अप्पर माछा खोला हाईड्रोपावर आयोजना समयमै सम्पन्न गर्ने समेत बताए । घिमिरेले विकास हाइड्रोका लगानीकर्ता गोर्खाली नै भएकाले काम गर्न सजिलो भएको र कम्पनीले स्थानीयसँग सहकार्य गर्दै अगाडि बढने प्रतिबद्धतासमेत व्यक्त गरे ।

(Visited 112 times, 1 visits today)
Loading comments...

आजको समाचार

मर्यादपुरमा प्रतिगामी षड्यन्त्र, नागरिकद्वारा प्रतिकार

गौर। मौलापुर नगरपालिकाको मर्यादपुरमा आयोजित शुभकामना आदानप्रदान प्रदान तथा जनचेतना कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । सोमबार नेकपा नेता तथा सांसद प्रभु साहद्वारा आयोजित...

कोरोनाले चौपट सप्तरीको शिक्षा : विद्यालय जान सरकारले दिएको साईकल घरमै थन्कियो

राजविराज । सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका स्थित बभनगामा कट्टीकी संगीताकुमारी मण्डललाई विद्यालय जान सहयोग पुगोस् भन्दै गत फागुनमा साईकल प्रदान गरियो । बभनगामा कट्टीस्थित...

बिहेबाट फर्किएका बिककाे अपरिचित व्यक्तिले खुट्टा काटिदिए

तुलसीपुर । गएराति अज्ञात समूहले खुट्टा काटिदिएपछि एक व्यक्ति गम्भिर घाईते भएका छन् । घाइते हुनेमा दाङको तुलसीपुर उपमहानगरपालिका–११ नवलपुर निबासी ४५ बर्षका कुमार...

कोलकतालाई पञ्जावको धक्का

युएइ । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा किंग्स इलेभन पञ्जाव विजयी भयो । पञ्जावसँग कोलकता नाइट राइडरलाई ८ विकेटले पराजित मात्र...

बसन्तको ‘डाँफे चरी’मा पल र रियासाको प्रेम

कात्तिक । गायक बसन्त लम्सालको नयाँ गीत ‘डाँफे चरी’ सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको गीतमा बसन्त सँगै शान्ति श्रीसार्वज परियारको स्वर रहेको छ ।...

साताका लोकप्रिय समाचार

नेकपा नेता भन्छन्, सरकार दायित्वबाट भाग्न मिल्दैन

काठमाडौंं । कोरोना भाइरस संक्रमित विरामीको उपचार निःशुल्क नगर्ने सरकारको निर्णयसंगै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रबाटै विरोध सुरु भएको छ । सत्तारुढ नेकपाका शीर्षनेताले कोरोना...

दश वर्षमा पनि बनेन पुल : आउजाउ गर्न डुंगाकै भर

उदयपुर । त्रियुगा नदिमा दश वर्षमा पनि पुल निर्माण हुन नसक्दा स्थानीयबासी नगरपालिकाको केन्द्र आउजाउ गर्न पनि डुंगामा जोखिम पुर्ण यात्रा गर्न बाध्य छन्...

सरकारी अस्पतालमा परीक्षण निःशुल्क गर

अब सरकारले सबै सरकारी अस्पतालमा कोरोना संक्रमण परीक्षण निःशुल्क गर्नुपर्छ । यो जनसेवासँग सम्बन्धित गम्भीर विषय त हुँदै हो, सरकार हुनुको दायित्व पनि हो...

कक्षा १२ को परिक्षा मंसिर ९ गतेदेखि

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) का कारण स्थगित कक्षा १२ को परीक्षा मंसिर ९ गतेदेखि सञ्चालन हुने भएको छ । परीक्षा तालिका र कार्यविधि तयार...

दशै मनाउन हस्तनाको परिवारलाई खाद्यान्न र नगद सहयोग

दैलेख । दैलेख आठविस नगरपालिका –५ कि हस्तना विकलाई दशै मनाउनको लागि आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । जिल्ला स्थित विभिन्न सामाजिक संघ संस्था...

ट्रेन्डिङ

राजपा र समाजवादी विच छिट्टै एकता

सप्तरी । मधेश आन्दोलनमा बलिदान दिएका शहिदहरुको सपना साकार पुर्‍याउन समाजवादी पार्टी र राजपा एकाकार हुनु आवश्यक रहेकोमा शुक्रबार यहाँ आयोजित कार्यक्रमका वक्ताहरुले जोड...

प्रकोपविरुद्धको सङ्घर्ष कमजोर हुनुहुँदैनः प्रचण्ड

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रकोपविरुद्धको सङ्घर्ष एक जुट भएर गर्नुपर्ने बताएका छन् । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकलाई...

गर्भवती महिलाको हत्या गरेको आरोपमा पति र सासु पक्राउ

सिरहा । गर्भवती महिलाको हत्या गरेको आरोपमा सिरहा प्रहरीले पति र सासूलाई पक्राउ गरेको हो । सिरहाको सिरहा नगरपालिका वडा नम्बर –१६ निवासी १९...

सहकर्मीको हत्या गर्ने ११ वर्षपछि पक्राउ

काठमाडौँ । आफ्नै सहकर्मीको हत्या गरी फरार एक अभियुक्तलाई प्रहरीले ११ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर भीमफेदीका भीमसेन घागा मगर र...

निजामती विधेयक : अझै संशोधनका विकल्प

काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले संघीय निजामती सेवा विधेयक बहुमतका अधारमा पारित गरेपछि कर्मचारी आन्दोलित भएका छन् । संघीय कर्मचारीको सेवासम्बन्धी...

गुल्मीमा चट्याङ लागेर एकको मृत्यु

गुल्मी । गुल्मीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको सत्यवती गाउँपालिका वडा नम्बर ३ ठुलोलुम्पेककी ३७ बर्षीया होमकला श्रीसको...

भारतीय असफल कूटनीति

भारतले नेपालको अतिक्रमित भूभाग लिम्पियाधुरा, कालापानी र लिपुलेक आफ्नो भूमितिर पार्दै भारत–चीन मानसरोवर तीर्थयात्राको मार्ग निर्माणका नाममा नेपालमाथि उसले फेरि हेपाहा प्रवृत्ति र ज्यादती...

कलाकार गोपाल राउतको निधन

काठमाडौं । पछिल्लो समय अमेरिकाको क्यालिफोर्नियामा बस्दै आएका कलाकार गोपाल राउतको निधन भएको छ । उनको हृदयाघातका कारण मृत्यु भएको हो । उनका एक श्रीमती,...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

कोरोनाले चौपट सप्तरीको शिक्षा : विद्यालय जान सरकारले दिएको साईकल घरमै थन्कियो

राजविराज । सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका स्थित बभनगामा कट्टीकी संगीताकुमारी मण्डललाई विद्यालय जान सहयोग पुगोस् भन्दै गत फागुनमा साईकल प्रदान गरियो । बभनगामा कट्टीस्थित...

रावणको संहार गर्नु अघि भगवान रामले नीलकण्ठ चराको दर्शन गरेका थिए

जनकपुरधाम । तपाई दर्शन गर्नु भयो ? विहानैदेखि जनकपुरधाममा एकअर्कालाई सोध्ने गरिएको देखियो । प्रसिद्ध धार्मिक पिठ राजदेवी मन्दिर वा दुर्गा माताको दर्शनको कुरा...

त्यसपछि हस्तनाको घरमा दसैं आयो

दैलेख । दैलेख आठविस नगरपालिका –५ कि हस्तना विक दसैं कसरी मान्ने होला भनेर चिन्तामा थिइन् । केही दिन अगाडी ६ सन्तानकी एक्ली आमा...

दशैँको मुख्य दिन विजयादशमी, उत्तम साइत १०ः१९ बजे

काठमाडौँ । दुर्गापक्षको मुख्य दिन आज विजयादशमी मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ ।...

भर्खरै

आज दशैंको दोस्रो दिन, टीका र आर्शिवाद थाप्ने क्रम जारी

काठमाडौं । आज दशैंको दोस्रो दिन हो । टीका र आर्शिवाद थाप्ने शुभसाइत सोमबार नै सकिए पनि टीका लगाउने र मान्यजनबाट आर्शिवाद थाप्ने क्रम...

ह्यारी र सनको तालमेल

लन्डन । इङ्गलिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा टोटनह्याम हट्सपरले बर्नलेलाई १ –० गोल अन्तरले पराजित गरेको छ । टोटनह्यामको जितमा ह्यारी...

कोरोनाले चौपट सप्तरीको शिक्षा : विद्यालय जान सरकारले दिएको साईकल घरमै थन्कियो

राजविराज । सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका स्थित बभनगामा कट्टीकी संगीताकुमारी मण्डललाई विद्यालय जान सहयोग पुगोस् भन्दै गत फागुनमा साईकल प्रदान गरियो । बभनगामा कट्टीस्थित...

कोलकतालाई पञ्जावको धक्का

युएइ । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा किंग्स इलेभन पञ्जाव विजयी भयो । पञ्जावसँग कोलकता नाइट राइडरलाई ८ विकेटले पराजित मात्र...

धेरै पढिएका

सामाजिक दूरी कायम गरी दशैँ मनाउन राष्ट्रपतिको आग्रह

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सामाजिक तथा भौतिक दूरी कायम गरी मौलिक चाडपर्वको संरक्षण एवं सम्बद्र्वन गर्न आह्वान गर्नुभएको छ । राष्ट्रपति भण्डारीले बडादशैँ, २०७७...

रावणको संहार गर्नु अघि भगवान रामले नीलकण्ठ चराको दर्शन गरेका थिए

जनकपुरधाम । तपाई दर्शन गर्नु भयो ? विहानैदेखि जनकपुरधाममा एकअर्कालाई सोध्ने गरिएको देखियो । प्रसिद्ध धार्मिक पिठ राजदेवी मन्दिर वा दुर्गा माताको दर्शनको कुरा...

कर छल्न गोर्खा ब्रुअरीद्वारा अदालतमा मुद्दै मुद्दा

काठमाडौं । नेपालको बजारमा बढी हिस्सा जमाउँदै आएको खेतान गु्रपद्वारा सञ्चालित बहुराष्ट्रिय कम्पनी गोर्खा ब्रुअरीले कर छल्न विभिन्न अदालतमा मुद्दा दर्ता गर्दै आएको पाइएको...

मिथिलाञ्चलमा झिझिया नृत्यको रौनक

जनकपुरधाम । मिथिलाञ्चलका गाउँगाउँमा दसैंमा झिझिया नाचिन्छ । पूर्ण तान्त्रिक विधिअनुसार गरिने यो नृत्यको मिथिलामा आफ्नै महत्व छ । दसैंमा देवी स्तुतिका रूपमा झिझिया नृत्य...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 85 times, 1 visits today)