राष्ट्रपति भण्डारी ‘डिस्चार्ज’

काठमाडौं । कोरोना उपचारपछि राष्ट्रपति विद्यादेवी भण्डारी अस्पतालबाट डिस्चार्ज भएकी छन् ।

कोरोना संक्रमण भई त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालमा उपचाररत उनको स्वास्थ्यमा सुधार आएपछि मंगलबार दिउँसो डिस्चार्ज भएको अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले जानकारी दिए । ‘उहाँको स्वास्थ्य अवस्थामा सुधार देखिएपछि घर फर्कनुभएको हो,’ उनले भने, ‘राष्ट्रपति भण्डारीको ज्वरोलगायत स्वास्थ्यका अन्य सूचकांक सामान्य छन् ।’

गत २२ असोजमा राष्ट्रपति भण्डारीलाई रुघाखोकी र ज्वरो आएपछि एनेक्स वार्ड ६०१ मा भर्ना गरिएको थियो । त्यस क्रममा पीसीआर परीक्षणमा कोरोना संक्रमण देखिएको थियो । उनको उपचारमा डा. निरज बम नेतृत्वको चिकित्सक टोली खटिएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 228 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

गठबन्धनमा कालो बादल मडारिएको हो ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
एकीकृत समाजवादीबाट पोखरामा धनराज र हेटाैंडामा मीना मेयरका उम्मेदवार