सुनसरी । प्रतिनिधी सभा निर्वाचनमा सुनसरी क्षेत्र नम्बर ३ बाट एमाले उम्मेदवार बनेकी भगवती चौधरीलाई स्थानिय जनताले यसपाली चुनाव जितेर पठाउने आश्वासन दिएका छन् । जनताको समस्या बुझ्न स्थानियको घर आँगन पुगेकी चौधरीलाई स्थानियले सो आश्वासन दिएका हुन् ।
आज बिहान सुनसरीको बर्जु गाउँपालिका पुगेकी चौधरीले गाउँका समस्याका विषयमा चासो दिइन् । गाउँको दयनिय स्थिती देखेकी चौधरीले निर्वाचित भएपछि समस्या समाधान गर्ने बचन दिइन् ।

चौधरीलाई गाउँको समस्या सुनाउदै स्थानियले स्वच्छ खानेपानीको अभाभ भएको जानकारी गराउदै सौचालय नहुँदा अहिले पनि बाँसको झ्याङमा दिशा पिसाब गर्नु परेको गुनासो गरे ।
आफ्नो नाममा जग्गा जमिन नभएका सुकुम्बासीहरुले दैनिक गास बासकै समस्या भएको जानकारी गराउदै वर्षायाममा डुबानले हरेक वर्ष सताउने गरेको जानकारी गराए । ‘बालबालिका स्कुल जान पाएका छैनन् । सरकारी स्कुलको अवस्था एकदमै खराब छ ।’ सहभागी स्थानियले गुनासो गरे ।
नेपाली कांग्रेसका नेता बिजय कुमार गच्छेदारलाई पटक पटक चुनाव जिताएर पठाएपनि कहिल्यै गाउँ नफर्किएको स्थानियको गुनासो थियो ।
सहभागी मध्ये धेरैले विगतमा जितेर गएकाले गाउँ बिर्सिएको भन्दै यसपाली चौधरीलाई जिताउन खुलेर लाग्ने बताए ।