बिबाद मिल्यो प्रसाद २ को

काठमाडौं । निर्देशक र अभिनेता बीचको बिबादले एउटा फिल्म तीन महिना रोकियो भन्दा धेरैलाई अचम्म लाग्न सक्छ । चलचित्रको छायाँकनको पहिलो दिन निर्देशक सुदर्शन थापा र अभिनेता विपिन कार्कीबीच विवाद हुँदा गत असारको अन्तिमबाट चलचित्र चलचित्र ‘प्रसाद २’को छायाँकन रोकिएको छ ।

छायाँकन सुरु गर्ने क्रममा निर्देशक र अभिनेतासँगै निर्माता सुभाष थापासँग पनि त्रिकोणात्मक बिबाद भएको थियो । अब भने यो चलचित्रको छायाँकन सुरु हुने भएको छ । यतीबेला निर्माता थापासँगै निर्देशक सुदर्शन थापा र अभिनेता विपिन कार्कीबीच सहमति भएको छ ।

नेपाल चलचित्र निर्माता संघले यो चलचित्रको बिबाद मिलाएको हो । आफ्नो चलचित्र छायाँकनको माहौल मिलाउन निर्माता सुवास थापाले केही समय अघि चलचित्र निर्माता संघमा उजुरी हालेका थिए । निर्माता संघले सो उजुरी माथि छानविन गर्दै तीनै पक्षलाई बोलाएर बार्ता मिलाएको छ । अब आफुहरु छायाँकनमा जान तयार भएको उनीहरुले बताएका छन् । आफुहरुले यो चलचित्रको ७ मँसिरबाट छायाँकन थाल्ने भनेर तीनै पक्षले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सो सम्झौतामा निर्माता सुवास थापाले पनि आबस्यक लगानी लगाउने उल्लेख गरेका छन् ।

निर्माता संघका अध्यक्ष नवल खड्काले आफुहरुले उनीहरुबीच सम्झौता गराएकाले अब चलचित्रको छायाँकन हुने विश्वास व्यक्त गरेका छन्,‘हामीहरुसँग उहाँहरुले मिलेर काम गर्ने भन्दै सम्झौता गरेर जानु भएको छ । अब भने यो चलचित्र बन्ने मैले देखेको छु ।’ उनले राजधानीसँग भने ।

अभिनेता विपिन कार्कीले यो बीचमा भारत गएर बलिउड अभिनेता रणबीर कपुरसँग हिन्दी फिल्म एनिमलमा काम गर्ने छन् । त्यसपछि नेपाल आएर फिल्म प्रसाद २ काम गर्ने बताईएको छ ।

सुभाष थापा र केशव पाण्डे निर्माता रहेको फिल्ममा विपिनसँगै नम्रता श्रेष्ठ, राज कटुवाल, लोकमणी सापकोटा, प्रकाश घिमिरे, कमलमणी नेपाल, कुल्दिप अधिकारी, गीता अधिकारी, विशाल पहारी लगायतको पनि अभिनय रहनेछ ।

तपाइको प्रतिक्रिया
(Visited 158 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

'गणेशमानले पोष्ट गरेको भिडियोमा सत्यता छैन'

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
एमाले सचिव भट्टको निर्वाचन क्षेत्रमा बिरासत जोगाउन दबाब