नवौं राष्ट्रिय खेलकुद भव्य बनाइँदै

पोखरा । पर्यटकीय नगरी पोखरामा शुक्रबारदेखि नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सुरु हुँदैछ । विगतमा कोरोना कहरबीच आठौंपछि अर्को संस्करण पर्खिएको गण्डकीको प्रतीक्षाको घडी समाप्त भएको छ ।

२८ असोजदेखि ३ कात्तिकसम्म हुने प्रतियोगिताको लागि आवश्यक तयारी पूरा भएको प्रचारप्रसार उपसमितिका संयोजक दीपेन्द्र विष्टले जानकारी दिए । पोखरा रंगशालामा शुक्रबार दिउँसो ४ बजे उपराष्ट्रपति नन्दबहादुर पुनले भव्य समारोहबीच उद्घाटन गर्ने कार्यक्रम छ । उद्घाटन समारोहलाई भव्य र सभ्य बनाउन सबै तयारी अन्तिमचरण पुगेको बिष्टले बताए । बिहीबार साँझ पोखरा रंगशालामा आयोजना गरेको पत्रकार सम्मेलनमा आवश्यक तयारी पूरा भएको सबै जना प्रतियोगिता सम्पन्न गर्न एकजुट हुन राखेपले आह्वान गरेको छ ।

प्रतियोगिता उद्घाटन समारोहमा सबै सहभागी टिमहरुले मस्कटसहित मार्चपास गर्ने छन् । सातै प्रदेशका सांस्कृतिक झाँकी, विद्यार्थीबाट ड्रिल प्रदर्शन, विभिन्न सांस्कृतिक कार्यक्रम, आतिशवाजी र मनोरञ्जनात्मक कार्यक्रमबीच उद्घाटनलाई भव्य बनाइन लागेको छ ।
सातौं दक्षिण एशियाली खेलकुद (साग) का स्वर्ण पदकधारी तथा ओलम्पियन टीकाबहादुर बोगटीले ओलम्पिक टर्च प्रज्व्लन गर्ने छन् । बिहीबार रातिसम्म पनि उद्घाटनका लागि पोखरा रंगशालामा विभिन्न अभ्यास भइरहेको छ ।

२०३८ सालमा काठमाडौंमा पहिलो राष्ट्रिय खेलकुद प्ररम्भ भएको थियो भने २०४० सालमा पोखरामा दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगिता भएको थियो । प्रतियोगितामा सातवटा प्रदेशसहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी तीन विभागीय र एक गैर आवासीय नेपाली सङ्घ(एनआरएन) गरी कुल ११ टोलीबीच प्रतिस्पर्धा हुनेछ ।

कुल ६ हजार १ सय ५७ खेलाडीको खेलाडीले ३६ खेलका लागि प्रतिस्पर्धा गर्नेछन् र विजयी खेलाडी र खेलाडीका टीमले ४ सय ४ स्वर्ण र सोही अनुरुपमै रजत र कास्य पदक हात पार्ने छन् । यति धेरै पदक र पुरस्कार भएको यो नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता खेलाडी एवं खेलप्रेमीका लागि कुम्भमेला हो ।

प्रतियोगितालाई प्रदेशका सबै ११ जिल्लामा आयोजना गर्ने भनिए पनि मनाङ, मुस्ताङ र लमजुङमा सम्भव भएन । अन्य जिल्लामा भने कुनै न कुनै प्रतियोगिता हुने भएको छ । आयोजकका अनुसार म्याग्दीमा महिला भलिबल र तेक्वान्दो, बागलुङमा आइटिएफ तेक्वान्दो, गोरखामा बुद्धिचाल, तनहुँमा बास्केटबल, स्याङ्जामा महिला फुटबल, पर्वतमा कराते र नवलपरासीमा कुस्ती, सापाटाक्रो प्रतियोगिता हुने भएको छ । अन्य खेलको प्रतियोगितामा पोखरामा नै हुनेछ । केही खेलको नतिजा पनि आउने क्रम जारी छ । सबैभन्दा पहिले असोज २३ देखि महिला क्रिकेट सुरु भएको हो ।

यसैबीच, नवौं राष्ट्रिय खेलकुदमा आवश्यक भौतिक पूर्वाधार बन्नुपर्ने माग उठे पनि यहाँ कुनै पनि भौतिक पूर्वाधार थपिएनन् । १३ औं सागमा जे जति पूर्वाधार बन्न सकेका थिए, त्यसैको आधारमा खेलाउन लागिएको गुनासो खेलकुदकर्मीले गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 254 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बाजुरा सदरमुकाम मार्तडीमा स्कारपियो दुर्घटना, १ को मृत्यु,४ घाईते

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
महोत्तरी कांग्रेसबाट ३२ जना निष्कासित