स्वतन्त्र उम्मेदवार जिताउन प्रभु साहले तोके ८ जिल्लाको कमाण्ड

काठमाडौँ । पूर्वमन्त्री प्रभु साहले स्वतन्त्र उम्मेदवार जिताउ अभियानको घोषणा गरेका छन् । दलिय प्रणाली र दलका नेताहरुको अनैतिक क्रियाकलापबाट लोकतन्त्र नै संकुचित भएको र देश अस्थिरताको भुमरीमा फस्दै गएको भन्दै उनले समयसापेक्ष सुधार गरी देशमा सुशासन, स्थिरता, विकास र समृद्धिका लागि आसन्न निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरुलाई जिताउन अभियान सञ्चालन गर्न लागेका हुन् । अभियानलाई तीव्रता दिनका लागि पूर्वमन्त्री साहले मधेश प्रदेशका ८ वटै जिल्लाको संयोजक (कमाण्ड) तोकेका छन् ।

आइतवार एक वक्तव्य जारी गर्दै अभियानका संयोजक प्रभु साहले ८ जिल्लाको संयोजक तोकेको जानकारी दिएका छन् । अभियानको जिल्ला संयोजकका रुपमा पर्सामा बाबुराम कौशिक, बारामा अशोक लामा, रौतहटमा त्रिभुवन साह ‘अमर’, सर्लाहीमा राजनन्दन चौधरी, महोत्तरीमा राधेश्याम साह, धनुषामा श्रीलाल महासेठ, सिरहामा सरोज यादव र सप्तरीमा बसन्त मण्डललाई जिम्मेवारी तोकिएको छ । अभियानलाई वडा तह देखि राष्ट्रियस्तरको संरचनामा खडा गर्ने संयोजक प्रभु साहले जानकारी दिए ।

एमालेले जसपासँग गठबन्धन गरेपछि त्यसको विरोध गर्दै पूर्वमन्त्री साहले एमालेको टिकट लत्याएर स्वतन्त्र प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दिएका थिए । उनले मधेशका विभिन्न निर्वाचन क्षेत्रमा स्वतन्त्र उम्मेदवार खडा गरेका थिए भने अब उनले देशैभर स्वतन्त्र उम्मेदवारहरुको प्यानल निर्माण गर्न लागेका हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 403 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
लोसपाले मेयर र उपमेयरको उम्मेद्वार टुंग्यायो