२७ वर्ष अघि नै सामान्य मान्छेलाई उद्यमी हुन सिकाएकी थिइन् भगबती चौधरीले

सुनसरी । फरवार्ड माइक्रोफाइनान्स अहिले मुलुकको अग्रणी माइक्रोफाइनान्सको रुपमा चिनिन्छ । जुन संस्थाको अहिले तीन लाख बढी सदस्य छन् भने ४० जिल्लामा विस्तार भएको छ । फरवार्डसँगै जोडिएर कयौंले भविष्य उजिल्याएका छन् । कतिपय भविष्य बनाउने योजनामा छन् । कुनै बेला एक सय नहुनेहरु अहिले सोही संस्थासँग जोडिएर करोडपति भएका छन्, उद्यम गरेका छन्, समुदायलाई सचेत गराएका छन् ।

सुन्दा अचम्म लाग्ला यो संस्था प्रतिनिधी सभा निर्वाचनमा सुनसरी क्षेत्र नम्बर ३ मा एमालेबाट उम्मेदवार बनेकी भगबती चौधरीको नेतृत्वमा स्थापना भएको थियो भने प्रारम्भमा जम्मा ११ जना थिए ।

आयआर्जनमा महिलाको पहुँच स्थापित नभएसम्म समाज परिवर्तन सम्भव छैन भन्ने मान्यता राख्ने चौधरीले महिलालाई आय आर्जनमा सहभागी गराउनकै लागि संस्था स्थापना गरेकी थिइन् ।

संस्था स्थापनाका लागि पहिलो पटक आज भन्दा २७ वर्ष अघि अर्थात ०५१ साल पुसमा कांग्रेस नेता बीर नारायण चौधरीकी श्रीमती इश्वरवती चौधरीको डेरामा पहिलो बैठक बसेको थियो । पहिलो दिन बैठक बस्दा १५ जना जति महिला थिए । बोर्ड सदस्य ११ जना थिए । सुरुमा ११ जना बोर्ड सदस्यले तीन तीन सय रुपैयाँ जम्मा गरेका थिए । स्थानियहरु भन्छन्–‘भगबतीले उही बेला सर्वसाधारणलाई करोडपति हुने तरिका व्यवहारिक रुपमा सिकाएकी थिइन् ।’

त्यती बेला पैसा कमाउने भन्दा पनि आम मान्छेलाई जागरुक बनाउने, जम्मा गर्न सिकाउने भगबती चौधरीको उद्देश्य थियो ।
संस्थाले प्रारम्भमा गाउँका महिलाहरुलाई स्वास्थ्य सम्बन्धी तालिम दिएको थियो । चौधरीले प्रशासनिक काम गर्थिन भने उनका श्रीमान दिनेश चौधरी (जसको सडक दुर्घटनामा मृत्यु भयो) ले गाउँगाउँ गएर महिलाहरुलाई तालिम दिन्थे ।

सुरु सुरुमा गाउँगाउँ गएर तालिम दिएका उनीहरुले पछि फरवार्डको कार्यालय स्थापना गरेर तालिम दिन थाले । प्रारम्भमा चौधरीले आफ्नै घरमा कार्यालय राखेकी थिइन् ।

मधेशमा सौचालय

मधेशमा सबै भन्दा ठूलो समस्या शौचालयको थियो । कसैको घरमा पनि शौचालय थिएन । युनिसेफले शौचालय बनाउने कार्यक्रम दियो चार वर्षका लागि । पहिला शौचालय चाहिन्छ भनेर जनतालाई मनाउनु पर्ने थियो । कति समुदायलाई त कुरा बुझाउन सा¥है गा¥हो भो । मधेसी समुदायमा बन्द कोठामा सौच गर्नैहुन्न भन्ने मान्यता थियो । कुरा बुझाउन निकै गा¥हो प¥यो । ‘मेरै माइती गाउँ औराबनीमा पनि बनाउन सकिएन । घरमा जोडेर बनाऔं भन्दा त मान्दै नमान्ने । घर अगाडी बनाऔं भन्यौं ।’ भगबतीले भनिन् ।

घरकै अन्नबाट बच्चाको स्याहार

बच्चाहरुमा कुपोषण तराईमा एकदमै ठूलो समस्या थियो । पैसा नहुने तर, धेरै बच्चा जन्माउने परिवारमा यो समस्या झन ब्यापक । भगवतीले सोचिन ‘यो समस्याको समाधान जसरी पनि गर्नुपर्छ ।’

बच्चा कुपोषण हुनुको अर्को पनि कारण थियो । आमाहरुले नै गतिलो चिज खान पाएका थिएनन् । आम्दानी पनि नहुने तर, आमा र बच्चा दुवैलाई स्वस्थ बनाउनु पर्ने । भगबतीले उपाय सिकाइन् ‘घरमै उपलब्ध हुने अन्नहरु गहुँ, मकै, चामल, गेडागुडी पिसेर सातु बनाउने ।’ सातु बनाउन जानेपछि धेरै आमाहरुले आफ्ना सन्तानलाई कुपोषण हुनबाट जोगाए । त्यसपछि थारु र मुस्लिम समुदायको स्वास्थ्य र परिवारमा राम्रै परिवर्तन आयो । उनीहरुको आफ्नै घरमा दाल, चामल, गहुँ हुन्थ्यो । घरमै भएको खाद्यान्ह पिँधेर सातु बनाउँथे । पोषण खानाका लागि खर्चै भएन ।

घुँघरीको साग

खेतीपाती गर्नेहरुले त खेती गरेर केही अन्न उत्पादन गर्थे । घरमा धान, चामल, दाल हुन्थ्यो । मुसहर टोलमा अर्को समस्या थियो । घरमा अन्न थिएन । भनेकै बेलामा काम पाइने ग्यारेन्टी थिएन । तिनलाई पनि पोषणयुक्त खानेकुरा ’bout भगबती चौधरीले नै जानकारी दिइन् ।
तराईमा खोला नदीको किनारमा एकखाले साग पाइन्छ घुँघरी । त्यो साग जसको खेतमा पनि पाइन्छ । जसको खेतमा पनि टिप्न पाइन्छ । त्यो सागमा अत्याधिक आइरन हुन्छ । मुसहर टोलमा बस्नेलाई भगबतीले सिकाइन् ‘तपाईहरुले केही पाउनु भएन भने घुँघरी टिपेर ल्याउनुस् र राम्ररी पखालेर खानुस् ।’ घुँघरी साग खान थालेपछि उनीहरुको पनि स्वास्थ्यमा सुधार भयो ।

सबैलाई थाहा थियो खाद्यान्हका लागि पैसा नभई हुन्थेन । तलिमकै क्रममा दिनेशजीलाई एकदिन भगबतीलाई भनिन् ‘हामीले तालिम दिएर मात्रै हुन्न । तालिमसँगै पैसा कमाउने तरिका पनि सिकाउनुपर्छ ।’ त्यसपछि नै सुरु भएको हो फरवार्ड ।

सिलाई कटाइले ल्याएको परिवर्तन

माइक्रोफाइनान्स हुनुअघि संस्था सामाजिक कार्यमै सक्रिय थियो । विभिन्न संघ संस्थाबाट पैसा लिने र समुदायलाई सिकाउने काम जारी थियो । सिलाई कटाई तालिमबाट महिलाको जीवनस्तरमा आएको परिवर्तन वास्तवमै उत्साह जनक छ ।

समाज कल्याण परिषदबाट सिलाई कटाईका लागि संस्थाले ५० हजार रुपैंया पायो । त्यहि पैसाले तालिम दिनुपर्ने, मेसिन किन्नुपर्ने सम्भव थिएन । बेस भन्ने संस्थासँग पुरानो मेसिन मेसिन थियो । भगबतीले आफ्नै पहलमा मेसिन ल्याइन् र महिलालाई सिलाई कटाई तालिम दियो संस्थाले ।

औरावनीको भमरी भन्ने ठाउँमा संस्थाले सिलाई कटाई तालिम सुरु गरेको थियो । त्यहीका लिला यादबलाई सिलाई कटाई सम्बन्धि ज्ञान रहेछ । उनकै पहलमा तालिम सम्पन्न भयो । उक्त समयमा तालिम लिएका मध्ये ४÷५ जना महिला अहिले टेलरिङ सेन्टर खोलेर बसेका छन् । उनीहरुको जीवनस्तर निकै राम्रो छ ।

दुई रुपैया बचत

संस्थालाई युएसएडले ‘वोमन लिगल लिट्रेसी’ कार्यक्रम दिएको थियो एक वर्षका लागि । हरेक महिना मिटिङ हुन्थ्यो । लिगल लिट्रेसी कार्यक्रम सकिए लगत्तै संस्थाले बचत कसरी गर्ने ऋण कसरी दिने भनेर सिकायो । लेखा कसरी राख्ने लगायतका विषयमा छलफल भयो ।
जो तालिममा सहभागी थिए । उनीहरुलाई समुह समुहमा विभाजन गरेर बचत गर्न सिकाएको थियो । सुरुमा २ रुपैंयाबाट बचत गर्न सुरु भएको थियो ।

‘विभिन्न समुहहरु बनाएका थियौं । कति बचत गर्ने भन्ने सामुहिक निर्णय गर्थे । कुनै समुहले २ रुपैंया बचत गर्थे त कुनै समुहले पाँच रुपैंया, कुनै समुहले १० रुपैंया पनि बचत गर्थे ।’ चौधरी विगतका संघर्षका कुरा सम्झँदै भन्छिन् । बचत चलाउँदा पहिलो महिनामै २७ वटा समुह बनेको थियो । एउटा समुहमा २० देखी ५० जनासम्म थिए । हरेक महिना जम्मा भएको पैसा संस्थाले सोनापुरको राष्ट्रिय वाणिज्य बैंकमा लगेर राख्थ्यो ।

आज सुनसरीका मात्र हैन देशका ४० भन्दा जिल्लाहरुमा भगबती चौधरीले नेतृत्व गरेको फरवार्ड माइक्रोफाइनान्सका शाखा मार्फत करिब तीन लाख महिला आत्मनिर्भर भएका छन् । उद्यमशील भएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 344 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कांग्रेस निर्णयले तनावमा प्रधानमन्त्री दाहाल

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मकवानपुरमा उम्मेद्वार टुङ्ग्याउनै सकस