कोरोना संक्रमण फैलिन नदिन तामेमा हेल्थ डेस्क

दैलेख । विश्वभरि फैलिएको कोरोना भाइरस ‘कोभिड १९’ को संक्रमण हुन नदिन दैलेखको उत्तरी नौमुले गाउँपालिकाले वडानं –१ तामेमा ‘हेल्थडेस्क’ स्थापना गरेको छ । शुक्रबा र नारायण नगरपालिका –४ नाका तामेमा हेल्थडेस्क स्थापना गरिएको हो ।

हेल्थडेस्क स्थापना सँगै गाउँपालिकाले नौमूले वासीलाई कोरोनाबाट बच्ने चेतनामुलक सुचना जारी गर्दै ‘कोभिड १९’ बाट बच्न अनुरोध गरेको छ । कोरोनाको लक्ष्ण र कसरी सुरक्षित रहने भन्ने वारेमा गाउँ गाउँमा जनचेता अभियान सञ्चालन गरिेन गाउँपालिकाको स्वाथ्य शाखा प्रमुख भुपेन्द्रबहादुर शाही बताए । ‘हामीले कोरोना भाइरसको संक्रमण फैलिन नदिन तथा सचेतनाका लागि गाउँपालिका स्तरिय समन्वय समिति समेत गठन गरेका छौं । गाउँपालिकाका अध्यक्ष भदे बुढाको संयोजकमा २१ सदस्यीय समन्वय समिति गठन गरिएको छ’, उनले भने ।

गाउँपालिका उपाध्यक्ष गाउँ कार्यपालिका सदस्य, वडाअध्यक्ष प्रमुख प्रशासकिय अधिकृत, इप्रका प्रतिनिधि लगाएतको समन्वय समितिले विभिन्न स्थानहरुमा सचेतना तथा कोरोना भाइरसवाट वच्नका लागि जानकारी गराउनेलगायतका क्रियाकलाप गरिने गाउँपालिकाका अध्यक्ष भदे वुढाले जानकारी दिए । ‘कोरोना भाइरसबाट बच्नका लागि गाउँपालिकाले सवै सरकारी कार्यालयमा टुटीसहितको वाल्टी र सावुन व्यवस्था गरिने छ’, अध्यक्ष बुढाले भने ।

समन्वय समितिको सक्रियतामा सवै वडाहरुमा कोरोना भाइरसवाट वच्ने उपायवारे व्यापक प्रचार प्रसार गर्ने, विशेष कामकाज वाहेकका कार्यहरुमा वाहिर नजान नौमूले गाउँपालिका वासीमा आग्रह गर्ने निर्णय गारिएको नौमूले गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेशप्रसाद कोइरालाले बताए । ‘हामीले कोरोनाबाट बच्न चेतनामुलक सुचना स्थानीय एमएम र पत्रपत्रिकाबाट प्रकाशित र प्रस्तुत गर्न लगाएका छौं । कसैले रेडियो सुनेर वा कसैले पत्रपत्रिका पढेर जानुन भन्ने नै हो’, कोइरालाले भने ।

त्यसैगरी गएको बुधवार कोरोना चेकजाँच गर्न दैलेखको दक्षिण पर्ने नाका गुराँस र पश्चिम नाका आठविसमा समेत हेल्थ डेस्क स्थापना गरी सञ्चालन भएको जिल्ला स्वास्थ्य कार्याले दैलेखले जनाएको छ । ती नाकाबाट कोरोना फैलिन सक्ने सम्भावना भएकोले नाका लक गर्न हेल्थडेस्क स्थापना गरिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डाक्टर निराञ्जन पन्तले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 175 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

१८ महिनापछि प्रतिनिधि सभाबाट भन्सार विधेयक पारित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मादी गाउँपालिकामा कांग्रेसका देवीजंग निर्वाचित