निर्वाचनमार्फत् दल परीक्षण

अहिले राजनीतिक दलहरू मंसिर ४ गते हुन गइरहेको आवधिक निर्वाचनको चटारोले अस्तव्यस्त देखिन्छन् । सिद्धान्ततः आवधिक निर्वाचन भनेको निर्वाचनमार्फत दलहरू परीक्षण भई उम्मेदवार अनुमोदन हुने महŒवपूर्ण अवसर हो । यो यस्तो अवसर हो, जसबाट दलले आप्mनो खास सामथ्र्य पहिचान गर्ने मौका पाउँछन् । तर, विडम्बना केही दलले यो निर्वाचनमा आफ्नाे वास्तविक सामथ्र्यको परीक्षण गर्ने अवसर चुकाएका छन् । जनताका प्रतिनिधि छनोटको अधिकार खोसिएको छ । दल पहिचानका आधार केही पनि छैनन् । किनकि, राजनीतिक दलहरू आफ्नै बलबुतामा नभई एक अर्काको बुइ चढेर निर्वाचनको मैदानमा होमिएका देखिन्छन् ।

यस आधारमा गठबन्धनका दलहरू जनतामाझ आप्mनो सामथ्र्यको परीक्षण गराउनेतर्फ नभई केबल चुनाव जित्ने र सत्ता प्राप्ति गर्नेमा नै लक्षित रहेको भन्न सकिन्छ । यसैकारण, यस गठबन्धनले राजनीतिक आधार र औचित्य स्थापित गर्न सकेको अवस्था छैन । यस अवस्थाले गठबन्धनको संस्कृतिउपर अनगिन्ती प्रश्न उब्जाएको अवस्था छ । वास्तवमा चुनावी गठबन्धनको राजनीतिक र सैद्धान्तिक आधार के हो ? चुनावी साझा कार्यक्रम र कार्यनीति के हुन् ? कुन वैचारिक र राजनीतिक कार्यक्रमको धरातल टेकेर यी गठबन्धन बनेका हुन् भन्ने जस्ता सबै प्रश्न अनुत्तरित नै छन् । आउँदा चुनावी कार्यक्रममा यस्ता प्रश्नको जबाफ दलहरूसँग मतदाताले खोज्ने छन् भन्ने कुरामा दुुईमत नहोला ।

तर, आजका दिनसम्म भने गठबन्धनले चित्तबुभ्mदो जबाफ दिन सकिरहेको अवस्था छैन । दलहरूका यस्ता संकीर्ण स्वार्थ जनताले बुझेका हुनाले जनतालाई यस चुनावले खासै आशा, उल्लास जगाउन सकेको देखिँदैन । केबल सत्ताबजारनजिक रहेका नेता कार्यकर्ताबीच मात्र चहलपहल बढेको देखिन्छ । अन्य आमसर्वसाधारणमा चुनावी रौनक र उल्लास आएको देखिँदैन । लोकतन्त्रको सौन्दर्य मानिने राजनीतिक महोत्सवकै रूपमा चिनिने निर्वाचन चहलपहल उल्लास जाँगर नआउनुका कारणमा दलहरूले अपनाएका गठबन्धनको संस्कृति, उम्मेदवारको चयन, समानुपातिक उम्मेदवारका मापदण्ड र राष्ट्र राष्ट्रियता जनजीविका सेवा सुशासनका क्षेत्रमा सरकारले देखाएका गलत प्रवृत्ति नै हुन् ।

संकीर्ण स्वार्थ जनताले बुझेका हुनाले जनतालाई यस चुनावले खासै आशा, उल्लास जगाउन सकेको देखिँदैन

किनकि, उम्मेदवार चयनका विधि र पद्धतिमा योग्यता क्षमता सामथ्र्य र योगदानको मापन नभई पहँुच, पैसा, परिवारवाद नातागोता चाकडी चाप्लुसीको वर्चस्व रह्यो । वास्तवमा दोस्रो जनआन्दोलनको सफलताले समावेशी प्रतिनिधित्व दिन नसकेपछि राजनीतिक निर्णय प्रक्रियामा छुटेका, सीमान्तकृत र किनारामा पारिएका समुदाय वर्ग विज्ञताको प्रतिनिधित्वको सुनिश्चित गर्ने उद्देश्य राखेर मिश्रित चुनाव प्रणाली रोजिएको तथ्य सबैलाई थाहा भएकै कुरा हो । तर, दुर्भाग्य, यही समानुपातिक उम्मेदवार चयन गर्ने क्रममा नै गलत विकृत रूप देखापर्न गयो । जसले गर्दा योग्य र क्षमता भएका विज्ञ छुटिरहे पहँुच र पैसा हुनेले बारम्बार पाइरहे । यसलाई एक हिसाबले भन्नुपर्दा निर्वाचन प्रणालीको जुन मर्म र उद्देश्य हो, त्यसको चिरहरण गरियो । दलहरूको यस्तै गलत रवैयाले गर्दा जनतामा निराशा छाएको छ, जनताको मन धमिलिएको छ ।

यही अवस्था दलहरूले बुझेका कारण जनताको मन जित्न सकिने कुरामा नेतालाई शंका छ । यसैले गर्दा जनतामाझ चुनावी मुद्दा के लिएर जाने भन्ने पहिचान हुन सकिरहेको छैन । जनताले सजिलै विश्वास गरिहाल्ने अवस्था पनि अहिले छैन । झनै गठबन्धनका दलका त साझा चुनावी मुद्दाको पहिचान हुन नसकिरहेको वर्तमान अवस्थामा कुन पार्टीका कुन चुनावी मुद्दा भन्ने सन्दर्भमा नै अन्योल छ । आगामी सरकार कसको नेतृत्वमा भन्ने पनि स्पष्ट छैन । यस मामिलामा अरू दलभन्दा नेकपा एमाले अगाडि देखिन्छ । सत्ता गठबन्धनतर्फ भने बारम्बार बालुवाटारमा सरकारी खर्चमा बैठक बसिरहन्छ तर पनि साझा चुनावी मुद्दा र आगामी सरकारको नेतृत्व’bout ठोस निर्णय लिन सकिरहेको अवस्था छैन ।

यदि, चुनावी मुद्दाले जनतामा आशा उल्लास र भरोसा जगाउन सकेन भने भोलि नसोचेको परिणाम आउन सक्ने पनि देखिन्छ । चुनावी बजारमा चुनावी मुद्दा कसले पढ्छ र भोट दिन्छ भन्ने पनि गर्छन् । जसले पैसा खर्च गर्न सक्यो, उसैले जित्छ भन्ने सामाजिक मनोविज्ञान पनि पाइन्छ । तर, यथार्थमा त्यसो होइन । जनताले सबै दलका गतिविधि र नेताहरूका क्रियाकलाप नजिकबाट नियालिरहेका छन् । सामाजिक सञ्जाललगायत विभिन्न सूचनामार्फत आपूmलाई योग्य मतदाताका रूपमा परिभाषित गर्न सक्ने बनाइसकेका छन् । सत्ताको निहित स्वार्थमा वशिभूत पात्रलाई छानी छानी दण्डित गर्न सक्षम भइसकेका छन् । अब नागरिक निष्क्रिय रैती मात्र नभई विचार दृष्टिकोण स्पष्ट रूपमा राख्न सक्ने सामथ्र्यमा पुगिसकेका छन् । अब संसद्जस्ता नागरिक सर्वाेच्च संस्था समाजका सबै वर्ग जाति संस्कृतिको साझा स्थल बन्नु पर्छ ।

नीति निर्माण गर्ने थलोमा प्रभावकारी प्रतिनिधित्व गराउन हरेक दलको राम्रोसँग परीक्षण गरौँ र असल उम्मेदवार छानौँ

जनताको प्रतिनिधित्व भनेको केवल कानुनी र औपचारिक प्रक्रिया मात्र नभई परिणामसम्म पु-याउने सारवान सहभागिताको सशक्त मार्ग बन्नु पर्छ । त्यसैले, प्रतिनिधित्व प्रभावकारी हुन सक्नु पर्छ । प्रतिनिधित्व गर्ने व्यक्तिले प्रतिनिधित्व गरिने वर्गका निम्ति गरिने कार्यसम्पादन प्रभावकारी हुन त्यस जनप्रतिनिधिप्रति रहेको जनविश्वास, सामाजिक पुँजी र सक्षमताले महŒवपूर्ण भूमिका खेल्छ । जनविश्वासका सूचक इमान्दारिता भरोसापूर्ण कार्य र स्वच्छता हो भने सामाजिक पँुुजीलाई निर्वाचनको भावना र अपेक्षाबाट मापन गर्न सकिन्छ । क्षमता र दक्षतालाई भने प्रतिनिधिले गर्ने काम र त्यसका उपलब्धि देखाउन सक्ने खुबीमार्फत मूल्यांकन गर्न सकिन्छ । कतिपय अध्ययनले देखाएको तथ्यअनुसार बेल्जियम नेदरल्यान्ड्स र इटालीलगायतका युरोपेली मुलुकका नागरिक संस्थाहरू विश्वका अन्य मुलुकका नागरिक संस्थाभन्दा विश्वासिला देखिएका छन्् ।

आजभोलि कुनै पनि निर्वाचनमा प्रतिनिधित्वका लागि उम्मेदवार हुनुअघि जनताले उसको परीक्षण गर्ने चलन पनि विकसित लोकतन्त्रमा हुन थालेको छ । जसले उम्मेदवारको क्षमता इमानदारिता र नैतिक चरित्रजस्ता पक्षको परीक्षा हुने मौका पाउँछ र प्रतिनिधि र निर्वाचकबिच विश्वास बढाउन सहयोग मिल्छ । प्रतिनिधित्व जति प्रभावकारी भयो, त्यसैको सापेक्षतामा राज्य प्रणाली (लोकतन्त्र) पनि प्रभावकारी हुन्छ । निर्वाचनलाई मिनि जनमत पनि भनिन्छ । लोकतन्त्र र निर्वाचन परिपूरकका रूपमा लिइने लोकतान्त्रिक प्रणालीको मान्यता हो । आधुनिक समाजमा नागरिकहरू सार्वभौम भए पनि उनीहरू हरेक समयमा हरेक विषयमा सहभागिता जाहेर गर्न नसक्ने भएकाले प्रतिनिधिमार्फत नागरिकहरूले आप्mनो सार्वभौम सत्ताको प्र्रयोग गर्ने अभ्यास परम्परा रहेको हो र त्यही जनतामा निहित सार्वभौम सत्ताको प्रतिनिधित्व गराउन निर्वाचन प्रणालीको जन्म भएको हो ।

अनि, तिनै निर्वाचित जन प्रतिनिधिमार्फत जनताको राज्य क्रियाकलापमा वैधता र जनविश्वास स्थापित हुने हो । राज्य प्रणालीको वैधता स्थापित गर्न राज्य इच्छाको निर्माण तथा कार्यान्वयनमा नागरिक भावना समेटिएको महसुस गराउनु प्रतिनिधिको प्रमुख दायित्व हो । त्यसैले, प्रतिनिधित्व लोकतन्त्रको मुटु हो । प्रभावकारी प्रतिनिधित्व नहुँदा कतिपय शासनसत्ता टिक्न नसकेको इतिहास पनि छ भने प्रतिनिधित्व प्रभावकारी हँुदा लोकतन्त्र सार्थक ठहरिन पुगेको पनि देखिन्छ ।

तसर्थ, प्रभावकारी प्रतिनिधित्व गराउन हरेक दलको राम्रोसँग परीक्षण गरौँ र असल उम्मेदवार छानौँ ।

तपाइको प्रतिक्रिया
(Visited 71 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

रुपन्देहीमा सत्ता गठबन्धनको क्लिन स्विप, गृहमन्त्रीलाई बोहराले हराए

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९